पोखरा महानगर १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण
पाेखरा | जेठ २६, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ भित्र सञ्चालित संस्थागत विद्यालयले छात्रावृत्तिको विवरण बुझाएका छन् ।
पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुले संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाएका हुन् । विद्यालयले छात्रावृत्तिलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् ।
वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
बरालले वडाभित्रका विपन्न समुदायका विद्यार्थीलाई निरन्तर छात्रावृत्रि उपलब्ध गराइदिन पनि अनुरोध गरे । उनले निवर्तमान वडा अध्यक्ष दर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरण गर्दै भौतिका पूर्वाधारसँगै शिक्षा क्षेत्रको विकास पनि आवश्यक रहेको बताए ।
छात्रावृत्ति उपलब्ध गराउने बालकल्याण हाइ स्कलु, अक्सफोर्ड स्कुल, इडेन्स एकेडेमी, ताराकुञ्ज सेकेन्डरी स्कुल र चिल्डे«न एकेडेमीले १० प्रतिशत छात्रावृत्तिको विवरण वडा कार्यालयमा पेश गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सामुदायिक र निजी विद्यालयबिच आपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति पनि भएको छ । वडामा रहेका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार २ सय ६५ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

