सिमसार विवादमा स्थानीयको प्रश्न-हिलैहिलोमा कसरी खेती गर्ने ?

पाेखरा | जेठ २७, २०८०

सिमसार विवादमा स्थानीयको प्रश्न-हिलैहिलोमा कसरी खेती गर्ने ?

पोखरा:    फेवा किनारका सिमसार क्षेत्र पुरेको विवाद चुलिदा फेरी फेवा संरक्षणको चाँसो बढेको छ । 


पोखरा महानगरपालिकाको तत्कालिन मेयर मान बहादुर जिसीले ५५ औं कार्यपालिका बैठकमा फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने निर्णय गरेको थिए । तर सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो । 


त्यसयता फेवा संरक्षणको विषय साम्य भएको थियो । फेरि यतिबेला फेवा संरक्षणको सवाल तातिएको छ ।


केही दिन यता पोखरा महानगरपालिका २३ र २४ स्थित पामे ठाडो बाटो स्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरेको क्षेत्रलाई लिएर स्थानीय र पोखरा महानगरबीच विवाद भइरहेको छ । 


पामेस्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरिएको क्षेत्रमा अहिले व्यवसायी युवराज खतिवडाले ५ सय रोपनी जग्गा पुर्नका लागि माटोको थुप्रो नै बनाएपछि महानगर पुर्न नदिने पक्षमा छ  । त्यतिमात्र नभएर खतिवडाको टिप्पर र डोजर नै नियन्त्रयमा लिएको छ । 


यद्यपी पोखरा महानगरपालिकाले पहिले भने कृषि उपजका लागि जग्गा पुर्न दिने बताएको थियो र सोही अनुसार स्थानीयसँग मिलेर जग्गा पुरेको व्यवसायी खतिवडाको दाबी छ । 


स्थानीय कुलप्रसाद तिमिल्सिनाले वरिपरिका जग्गा पुर्दा आफ्नो जग्गा तल हुँदा आफुले पनि पुरेर खेती गर्नुपर्ने माग राखे ।


उनले सिमसार क्षेत्रमा कृषिजन्य खेती गर्न माटोले पुर्ने पर्ने उनले बताए । ‘यो क्षेत्रमा पुरै पुरै हिलैहिलो हुन्छ, माटो फिलिङ गरेर मात्रै खेतीयोग्न जमिन बन्छ । नत्र यस्तोमा कसरी खेती गर्न मिल्छ ?,’ उनको प्रश्न छ ।

‘यता पुरे उता पुरे यसलाई सिमसार क्षेत्र भन्दिने, पाखामा खेती गरौं खान पाइँदैन बादरले सक्छ,’ तिमिल्सिनाले भने, ‘तालको भाग भनेर योजना छ, ५ किलोमिटर माथि आएर पुर्न पाइँदैन, घर बनाउन पाइँदैन भन्ने छ यहाँ दुईथरी  कानून छन् । पुरेर खेती गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’


भाइअंश भएको र दुवै तर्फ माटोले पुर्दा आफ्नो जग्गा गहिराईमा परेको भन्दै पुरेर खेतीपाती गर्न पाउनुपर्ने उनको माग छ ।  


पोखरा महानगरपालिकाले नै सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकिदिएपछि जग्गा पुरेको स्थानीयको स्पष्टोक्ती छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्