एसईई बास्केटबल प्रतियोगिताको उपाधि क्लस्टर र इन्साइट भिजन स्कुललाई

काठमाडाैं | जेठ ३१, २०८०

एसईई बास्केटबल प्रतियोगिताको उपाधि क्लस्टर र इन्साइट भिजन स्कुललाई

काठमाडौं:   काठमाडौंको सुकेधारास्थित बुकलिन कलेजले आयोजना गरेको एसईई बास्केटबलको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेको छ । 


एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेका हुन् । 


छात्रतर्फ क्लस्टर प्रथम, रिलाइन्स कोएड दोस्रो भएको छ भने, छात्रातर्फ इन्साइट भिजन स्कुल प्रथम, हिमशिला र दिक्षान्त मिम्स समूह दोस्रो भएका छन् । एसईई बास्केटबल प्रतियोगिता २०८० मा छात्रतर्फ १६ र छात्रतर्फ ६ समूहको सहभागिता रहेको थियो । 


उपाधि विजेता टिमलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको बुकलिन कलेजको अनुशासन तथा अतिरिक्त क्रियाकलापका इन्चार्ज रन्जीत क्षेत्रीले जानकारी दिए । 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्