ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
दैलेख | जेठ ३२, २०८०

दैलेख: दैलेखमा आज बिहीवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो ।
दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।
घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...