सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना

रुकुम पश्चिम | असार ९, २०८०

सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना

रुकुम पश्चिम:     कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएका छन्। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो। 


दुर्घटनामा खड्काको बायाँ खुट्टामा चोट लागेको उनका स्वकीय सचिव हुकुम बिसीले जानकारी दिए। दुर्घटनामा परेर चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरीसहित गाडीमा सवार नौ जना घाइते छन् प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरू सबैको अवस्था सामान्य रहेको छ। 


आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन त्यसतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि गाडी अनियन्त्रित भएर पल्टिएको चालक गिरीको प्रतिक्रिया छ। 


घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ पठाएको छ। 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...

थप पढ्नुहोस्

काठमाडौं:     क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलास...

थप पढ्नुहोस्

काठमाडौं:   जापानकी विदेशमन्त्री योको खामिखावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल आइपुगेकी हुन् ।   उनलाई त्रिभुवन...

थप पढ्नुहोस्