निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिए
पाेखरा | असार ९, २०८०
पोखरा: पोखरामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका छन् ।
समानताको लागि आवाज भन्ने मूल नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा महानगरपालिका १४ विजय वस्ती चाउँथेमा शनिबार आयोजना गरेको नाक, कान र घाँटी निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका हुन् ।
पोखरा ईएनटी अस्पतालको सहकार्यमा आवाज नामक संस्थाले निशुल्क स्वास्थ्य शिविर पोखरा १४ विजयवस्तीमा सम्पन्न गरेको संस्थाका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा समस्या देखिएका बिरामीहरुलाई ‘आवाज संस्था’ले निशुल्क औषधि समेत वितरण गरेको छ ।
पोखरा ईएनटी अस्पताल तथा नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्र नेपाली र मेडिकल अफिसर अलिसा सुर्खेटीले स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका थिए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...
पोखरा: लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुर...

