बैंक तथा वित्तीय संस्थामा सरकारले सुरक्षा नदिए सबै सेवा बन्द हुन सक्ने चेतावनी

काठमाडाैं | असार १७, २०८०

बैंक तथा वित्तीय संस्थामा सरकारले सुरक्षा नदिए सबै सेवा बन्द हुन सक्ने चेतावनी

काठमाडौं:    बैंक तथा वित्तीय संस्थाहरुले आक्रमण र दुर्व्यवहारका घटना नरोकिएमा सेवा प्रवाह नै बन्द हुन सक्ने चेतावनी दिएका छन् ।


बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफन)ले एक विज्ञप्ति निकालेर कार्यालयका शाखा तथा कर्मचारीमाथि विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर रुपमा भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधि भइरहेको भन्दै सेवा नै बन्द गर्ने अवस्था आउन सक्ने चेतावनी दिएको हो ।


अहिले विभिन्न व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण तथा मानमर्दन लगायतका क्रियाकलाप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको सिबिफिनले जनाएको छ । 


सिबिफिनले बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सबैसँग आग्रह गरेको छ ।


सुरक्षाको प्रबन्ध नभएमा राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्दै गर्नुपर्ने अवस्था आउने र यसले अर्थतन्त्रमै अकल्पनीय संकट आउन सक्ने पनि सिबिफिनले चेतावनी दिएको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्