खेलकुदको कार्यक्रममा खादा र दोसल्ला प्रदेश खेलकुद परिषद्ले निरुत्साहन गर्ने

पाेखरा | असार १८, २०८०

खेलकुदको कार्यक्रममा खादा र दोसल्ला प्रदेश खेलकुद परिषद्ले निरुत्साहन गर्ने

पोखरा:     प्रदेश खेलकुद परिषद् गण्डकीले ११ वटै जिल्लाका खेलकुुद विकास समितिलाई अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको छ । 


पोखरामा असार १६ गते बसेको परिषद्को बैठकले खेलकुदको कार्यकक्रममा खादा तथा दोसल्लाको प्रयोग निरुत्साहन गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको हो । 


गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवम् प्रदेश खेलकुद परिषद्का अध्यक्ष सुशिला सिंखण्डाको अध्यक्षतामा बसेको बैठकले परिषद् र जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा हुने प्रतियोगिताको प्रमुख अतिथि, अतिथि र पाहुनाहरुलाई स्वागत सम्मानमा खादा तथा दोसल्लाको प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको हो । 


प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघसंस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न समेत आग्रह गरेको छ । 

 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्