अर्कैका छाेराछाेरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ

काठमाडाैं | असार १८, २०८०

अर्कैका छाेराछाेरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ

रुपन्देही:  झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ । 

 

इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२ वर्यीया सीता कसौधनलाई आज साेमवार पक्राउ गरिएको हो । कसाैधन दम्पतीले आफूसँग नाता नै नरहेका एक जनालाई छोरा र दुई जनालाई छोरी भनेर झुटो विवरण पेस गरेका थिए ।

 

इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु ज्ञवालीले पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यायल बुटवलको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयाे । नागरिकताका लागि आवेदन दिन जाने व्यक्तिहरू रमेश र सीताका छोराछोरी हुन भनेर बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको बताइएको छ ।

 

पक्राउ परेका रमेशले २०६७ जेठ ३० गते सीतासँगकाे विवाह दर्ता र छोरा मनोज तथा सरिता र सन्ध्या भन्ने छोरीहरू हुन् भनेर जन्मदर्ता गराएको देखिन्छ । रमेशले २०७६ सालमा सीतालाई वैवाहिक अङ्गीकृत नागरिकतासमेत दिलाइसकेका थिए । 

 

प्राप्त र प्रमाणित कागजातका आधारमा नागरिकताका लागि सिफारिस गरेको बुटवल–१ का वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्