पोखरामा जीपको ठक्करबाट स्कुटर चालक गुरुङको मृत्यु, गिरी घाइते
पाेखरा | असार २१, २०८०
पोखरा: पोखरा महानगरपालिका १४ पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्करलाई दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक प्रञ्वल गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कुटरको पछाडि सवार विमल गिरीको अहिले उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
आज बिहान ४ः४५ को समयमा पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिदा गम्भिर घाइते भएको स्कुटर चालक ३४ वर्षीय गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान (५ः११)को समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
उनका अनुसार स्कुटरमा सवार २७ वर्षीय गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय रामबजारले दुर्घटनापछि जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

