हाइकिङ्ग गर्दै चपस कास्कीले मनायो स्थापना दिवस

पाेखरा | असार २३, २०८०

हाइकिङ्ग गर्दै चपस कास्कीले मनायो स्थापना दिवस

पोखरा:   चलचित्र पत्रकार संघ कास्कीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ । शुक्रबार पैदलयात्रा एवम अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरि संघले स्थापना दिवस मनाएको हो । पोखराको ड्यामसाइड देखि रानीवन हुँदै पुम्दिकोट सम्म पैदल यात्रा गरिएको थियो । सो अवसरमा सहभागी पत्रकारले आफ्नो अनुभव साटेका छन ।


संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघ स्थापना गर्दाको आरोह अवरोहका विषयमा सुनाए । तत्कालिन समयमा पोखरामा रहेर चलचित्र पत्रकारिता गर्न सकस भएको भनाइ उनको थियो । बीट पत्रकारितामा मात्रै लागेर बाच्न सक्ने आधार खडा नभएको उनले बताए । चलचित्र पत्रकारिता लाई बढ्वा दिन यहाँका नाम चलेका मिडियाले स्थान दिनुपर्ने विषयलाई उनले औंल्याएका छन ।


निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारिता हिजो भन्दा आज बढ्दै गएको बताए । हिजो सिमित स्रोत साधनका बीच पत्रकारिता गर्नुपर्ने बाध्यता थियो भने आज चलचित्रका विषयवस्तुको क्षेत्र समेत फराकिलो हुँदै गएको उनले सुनाए । पोखराको पर्यटनलाई चलचित्र पत्रकारिता माध्यम पनि बढवा दिन सकिने अभिव्यक्ती उनको थियो । गिरीले संघले चलचित्र पत्रकारहरुलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उल्लेख गरे । अझै पनि काठमाडौं बाहिरका शहरलाई मोफसल भन्ने गरिएको र यसलाई चिर्ने गरि काम गर्नुपर्ने अभिभारा हाम्रो कांधमा रहेको भनाई उनको छ ।


चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले अग्रजले स्थापना गरेको संघको शाख जोगाउने गरि वर्तमान कार्यसमितिले काम गरिरहेको जनाए । उनले विगतमा भएका कामहरुलाई निरन्तरता दिंदै थप रचनात्मक एवम प्रभावकारी कार्यक्रम संघले गर्ने बताए । पोखरामा चलचित्र पत्रकारितालाई अझ क्रियाशील बनाउन संघ प्रतिबद्ध रहेको धारणा उनको छ ।


कार्यक्रममा उपस्तिथ सबै पत्रकारले आफ्नो पत्रकारिता जीवनको अनुभव साटेका थिए । पैदलयात्रा पछिको अनुभव आदानप्रदान कार्यक्रम पोखरा २२ पुम्दिभुम्दी कोटको इको भिलेजमा भएको थियो ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्