विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

काठमाडाैं | असार २४, २०८०

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना  बिरामी भएका छन् ।

 

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । 

 

च्याउ खाँदा १८ वर्षीय अनमोल डुरा, ६० वर्षीया गङ्गा डुरा, १४ वर्षीया एलिजा डुरा, ३९ वर्षीय बासु बोगटी, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षीया सकुन्तला खड्का बिरामी भएका छन् । १२ वर्षीया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका हुन् ।

 

यसअघि हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् ।

 

विषालु च्याउ खाँदा गएको १५  गते ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको थियो । हरेक वर्ष विषालु च्याउ खाँदा झण्डै ३० जनाको ज्यान जान गरेको सरकारी तथ्याङ्क छ ।

 

स्वास्थ्य मन्त्रालय र विज्ञले जङ्गलमा पाइने च्याउ नखान आग्रह गरेका छन् ।  जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्