खोलामा तटबन्ध बनाउने क्रममा दाजुभाइको ज्यान गयो

काठमाडाैं | असार २४, २०८०

खोलामा तटबन्ध बनाउने क्रममा दाजुभाइको ज्यान गयो

सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ ।

 

स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो ।

 

हिजो दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति  घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।  

 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्