लायन्स क्लब अफ ग्यालेक्सीको साप्ताहिक कार्यक्रम
पाेखरा | असार २४, २०८०
पोखरा: लायन्स क्लब अफ पोखरा ग्यालेक्सीले विभिन्न सेवामूलक कार्यसहित साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका नँया अध्यक्ष अम्बरबहादुर थापाको कार्यकाल र नँया लायन वर्षको शुभारम्भको अवसर पारेर क्लबले यही जुलाई १ देखि ७ तारिखसम्म सातवटा सेवामूलक कार्यक्रम गरेको हो ।
जसअन्तर्गत जुलाई १ तारिखका दिन वृक्षरोपण, २ मा पोखरा आरोग्य आश्रममा खाघ सामाग्री वितरण, ३ मा मृगौला पीडितलाई आर्थिक सहयोग, ४ मा मधुमेह सम्बन्धी सचेतना, ७ मा विद्यार्थीहरुका लागी ट्राफिक सचेतना, ६ मा भद्रकाली मन्दिर परिसरमा सरसफाई र ७ तारिखमा लायन सदस्यहरुका लागी क्षमता वृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको सहसचिव जिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

