न्यूरोडको ‘न्यू लुक्स’ (तस्बिरहरु)
पाेखरा | असार २५, २०८०

पोखरा: पोखराको न्यूरोडको मुहार फेरिएको छ ।
सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि मुहार फेरिएको हो ।
भिडियाे:
आज (सोमबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरे ।
वृक्षारोपण पश्चात बोल्दै मेयर आचार्यले स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण इक्सोरा प्रजातिको बिरुवा लगाइएको धारणा राखे । उनका अनुसार डिभाइडर भरी करिब ८ सय बिरुवा लगाइने छ ।
बिरुवाको संरक्षणका लागि स्थानीयहरूसमेत जिम्मा दिएको बताए ।
‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइने छैन त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध छ ।’
उनले परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको बताउदै राम्रो रिजल्ट आएको खण्डमा अन्य स्थानमा पनि लगाइने बताए ।
पोखरामा उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
पोखराका अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।
थप तस्बिरहरु:
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...
पोखराः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...
काठमाडौं: काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...