कोठामा थुनेर मुन्द्रा लुटेको आरोपमा दुई जना पक्राउ
दाङ | असार २५, २०८०
दाङ: दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुनको मुन्द्रा लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले तुलसीपुरको बसपार्कमा रहेको एउटा घरमा ती बालकलाई शनिवार दिनभरिभित्रै थुनेर डर देखाई कानमा लगाएको मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ ।
मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आज सोमवारमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

