पे–पार्किङ असफल भएपछि महानगरले व्यक्तिलाई बुझायो क्षतिपुर्ति
पाेखरा | असार २६, २०८०
पोखराः गत माघदेखि पोखरा महानगरले न्यूरोडमा सुरु गरेको पे–पार्किङ असफल भएपछि पार्किङ सञ्चालकलाई महानगरले क्षतिपुर्ति थमाएको छ ।
महानगरले अघि सारेको योजना असफल भएपछि क्षतिपुर्ति बुझाएको यो पहिलो पटक हो ।
महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेको थियो । उक्त पार्कि«ङ सञ्चालन गर्ने जिम्मा स्थानीय एक युवाले लिएका थिए । त्यसबखत उनले महानगरको योजनालाई सघाउन तयार रहेको बताएका थिए ।
सोही अनुरुप उनले फिल्महलको खाली जमिनमा लगानी गरी पार्किङयोग्य पनि बनाए । तर पार्किङ नचलेपछि लगानी डुबेको भन्दै उनले असारको पहिलो साता क्षतिपुर्ति दाबी गर्दै महानगरमा निवेदन दिएका थिए ।
करिब ४ लाख रुपैयाँ लगानी गरेको बताएका उनले हाल क्षतिपुर्तिवापत महानगरबाट २ लाख ७० हजार रुपैयाँ पाएका छन् ।
व्यक्तिलाई क्षतिपुर्ति तिरेको विषयमा जानकारी लिन खोज्दा महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै बुझेर खबर गर्ने बताएका छन् ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

