पोखरा १३ का नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा
पाेखरा | असार ३१, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।
वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ ।’
यसअघि पनि उनले छात्रबृत्तिदेखि जेष्ठ नगारिक र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याएका थिए । एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक ४ देखि ५ लाख खर्च गर्ने बरालले सुनाए ।
‘एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उनले भने, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौं ।’ एम्बुलेन्स सेवाका लागि विरामी वा आफन्तले खवर गर्नुपर्छ ।

वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफु लागेको बरालले सुनाए । ‘वडाकै स्वास्थ्य संस्थालाई पनि कामयावी बनाउने योजना छ । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधी र डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘तैपनि सकेजति सुधार गर्दैछौं । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा निशुल्क एम्बुलेन्समा पठाउछौं ।’ महानगरभित्र तुलनात्मक रुपमा विकट वडा भएकोले त्यहाँका नागरिकहरु विरामी हुँदा एम्बुलेन्स वा निजी गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यतामा छन् ।
बरालले आफ्नो काममा टिप्पणी गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफुले प्रतिबद्धता जनाए अनुसार काम भए नभएको टिप्पणी गरिदिन आग्रह गरेका हुन् । ‘मैले सँधै आँफुलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ ?,’ उनले भने, ‘सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । गलत भएको ठाउँमा खवरदारी गरिदिनुहोला ।’ बरालले केही समयअघि आफु निर्वाचित भएको १ वर्षभित्र गरेका कामहरुबारे सार्वजनिक गरेका थिए ।
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

