अभिनेत्री करिश्माको कटाक्ष: जय बगान, जय बालेन

काठमाडाैं | साउन ३, २०८०

अभिनेत्री करिश्माको कटाक्ष:  जय बगान, जय बालेन Filed Photo

काठमाडौं:   काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन्।

 

जथाभावी पोस्टर टाँसेको भन्दै महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेको छ।

 

सोही विषयमा कटाक्ष गर्दै फिल्मको विशेष शोको तस्बिर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’

 

पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको थियो। करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् ।

 

महानगरले जरिवाना तिराएपछि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’

 

फिल्ममा एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।

 

शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका रहेको छ।

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...

थप पढ्नुहोस्