नेपाली युवतीलाई टिकटकमा ‘नेकेड डान्स’ गर्न लगाउने चाइनिज लेकसाइडबाट पक्राउ
पाेखरा | साउन ७, २०८०

पाेखरा: वडा प्रहरी कार्यालय बैदामले शनिबार राती लेकसाइडबाट एक चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरुले नेपाली युवतीलाई टिकटकमा लाइभ बसेर नाच्न लगाएको आरोपमा पक्राउ गरेको बैदाम प्रहरीले बताएको छ । मुख्यत: चिनियाँ नागरिकले युवतीहरुलाई टिकटक लाइभमा राख्ने र नाच्न लगाउने गर्दै आएका थिए ।
लाइभमा नाच्नेक्रममा चिनियाँले युवतीहरुलाई बिस्तारै नाँगिन लगाउथे । स्रोतका अनुसार करिब ८ जना युवती लाइभमा बस्ने र उनीहरुलाई चिनियाँहहरुले नै हेर्ने गर्दथे । त्यस्तै, चिनियाँले उसकै भाषामासमेत लाइभबारे बेलिबिस्तार लगाउँथे ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिकले ‘जानकारी नभएको’ बताएका छन् । यद्यपि, बैदाम प्रहरी प्रमुख वेद जोशीले भने यसको पुष्टि गरे ।
‘हामीले २ जनालाई पक्राउ गरेका छौं’ डिएसपी जोशीले भने ‘जसमध्ये एक चिनियाँ र अर्का नेपाली छन् ।’ टिकटक लाइभमा बस्ने ७ युवतीलाई भने आज प्रहरी कार्यालय बोलाइएको उनले जनाए ।
युवतिहरु माध्यममात्र भएको र उनीहरु टिकटक लाइभमा बस्दा के, कसरी कार्वाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको जोशी बताउँछन् । ‘युवतिहरुले सांस्कृतिक नृत्य देखाउने र भ्युअर्सकाआधारमा चिनियाँले पैसा दिने गरेको पाइएको छ’ जोशीले भने ।
यता, हाम्रो स्रोतका अनुसार युवतिहरुले नेपाली नृत्य नभई नग्न नृत्य देखाउने गरेका थिए । युवतीहरुले टिकटकमा पाएको गिफ्ट अनुसार चिनियाँले पैसा दिन्थे ।
त्यस्तै, प्रहरीले पैसा बरामद गरे/नगरेको प्रष्ट नपारेपनि करिब ९ लाख रुपैयाँसहित २ लाई पक्राउ गरिएको स्रोत बताउँछ । पक्राउ परेका नेपाली लेकसाइडमै होटल सञ्चालन गर्छन्, जहाँबाट टिकटक लाइभ हुने गरेको थियो ।
जानकारका अनुसार पोखरामा चिनियाँले नेपाली युवतीलाई टिकटकमा लाइभ बस्न लगाएर नाँच्न लगाउने गिरोह नै सक्रिय छ । यस्ता टिकटक लाइभका भ्युअर्स चिनियाँ नागरिक नै छन् ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...