यू–१६ फुटबल: गण्डकी प्रदेशको छनौट पोखरामा, २ सय बढीको सहभागिता
पाेखरा | साउन ७, २०८०
Photo: Sudarshan Ranjit
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१६ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशाला आज (आइतबार) बाट सुरु भएको हो ।
एन्फा गण्डकीका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट अन्तिम नामावली भोलि (सोमबार) सार्वजनिक हुनेछ । ‘यति जना भन्ने छैन जे होस् राम्रो खेलाडीहरु छानिएर माथि जान्छन्,’ गुरुङले भने ।
एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष एवं छनौट प्रतियोगिताका संयोजक मिलन गुरुङले छनौट प्रतियोगितामा मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी, गोरखा, नवलपुर, बाग्लुङ र लम्जुङका गरी करिब २ सय खेलाडीहरुको सहभागिता रहेको बताए ।
‘लगभग सबै जिल्लाको खेलाडीहरुको सहभागिता छ, भोलि पनि गेम हुन्छ त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्छाै, उनले भने, ‘फाइनल सेलेक्सन काठमाडौंमै हुन्छ ।’

उनका अनुसार छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङको सिफारिसमा खेलाडी छनौट हुनेछन् ।
प्रदेशबाट छनौट भएका खेलाडी काठमाडौंमा साउन १६ देखि २० गतेसम्म हुने अन्तिम छनौटमा सहभागि हुनेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

