नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः मन्त्री महत
काठमाडाैं | साउन ८, २०८०
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्।
सोमबार बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज हुने बताएका हुन्।आर्थिक वृद्धि सुनिश्चित गर्ने र मूल्यलाई एउटा तहमा राख्ने वित्त नीती र मौद्रिक नीतिको लक्ष्य रहेको मन्त्री महतले जानकारी दिएका छन्।
‘त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर पनि कम भएर जान्छ,’ उनले भने।समग्रमा हेर्दा मूल्यवृद्धि पनि कम भएको मन्त्री महतको दाबी छ। ‘कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ,’ उनले भने।
मन्त्री महतले विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा सरकार अघि बढेको बताए।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा ...
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...

