पोखरा महानगरले खाेल्याे २१ घाटको टेण्डर, न्यूनतम २२ करोड उठाउने लक्ष्य

पाेखरा | साउन ८, २०८०

पोखरा महानगरले खाेल्याे २१ घाटको टेण्डर, न्यूनतम २२ करोड उठाउने लक्ष्य

पोखरा:   पोखरा महानगरपालिकाले नदीजन्य समाग्री (गिट्टी, बालुवा, दहत्तर –बहत्तर) विक्री वितरणका लागि बोलपत्र आह्वान  गरेको छ ।

 

सेती नदीको महानरपालिका भित्र पर्ने विभिन्न घाटको नदीजन्य समाग्री उत्खननका लागि आज (सोमबार) बोलपत्र आह्वान गरेको हो ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले न्यूनतम २२ करोड ६१ लाख २६ हजार ३ सय २० रुपैयाँ उठाउने लक्ष्यसहित टेण्डर खुला गरिएको बताए । ‘२१ वटा घाटको टेण्डर खुला भएको छ, भारतीले भने, न्यूनतम २२ लाख उठाउने महानरले लक्ष्य राखेको छ ।’

 

उनका अनुसार आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर व्यवसायी टेण्डरमा सहभागि हुन पाउनेछन् । 

 

उनले २१ वटा घाटमध्ये सबैभन्दा कम रकम १२ लाख ३० हजार पुरुन्चौर नयाँ घाटको रहेको बताए । प्रशासकीय अधिकृतका भारतीका अनुसार सर्वाधिक रकम रामघाटको रहेको छ । जसको ६ करोड ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

 

टेण्डर खुला भएको अन्य घाटहरुमा दशखेत, तुलसीतारा, रुद्रमहादेव, ढाव घाट, गोस्ते लामाचौर तल्लो गोस्ते बायाँ गजरेघाट (रु.२ करोड २३ लाख ६७ हजार ९ सय ६०), याम्दी, लालटिन बजार, पुरुन्चौर ढोडेनी, नारायणस्थान, पशुपति घाट बायाँ, पशुपति घुमाउरोघाट (रु.१ करोड २० लाख ६८ हजार ८ सय) रहेका छन् ।

 

यस्तै  द्वारा कस्यार गाउँखर्क ओखलढुंगाभेडिफारम (रु.२ करोड ९ लाख ५५ हजार १ सय), रातोपहिरो खोली बायाँ (रु.१ करोड, ८५ लाख ३ हजार ३ सय), तल्लो खेत बीच भाग, सिसौघारी, लामगादी (रु.१ करोड ३१ लाख २० हजार), सुइखेत खोला, काहुँखोला र विजयपुर खोलाको बोलपत्र आह्वान गरिएको छ ।

 

सूचना:-

 


 

पोखरा:  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...

थप पढ्नुहोस्

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्