सडक भासिएर आएको पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु
हेटौंडा | साउन ८, २०८०
बैतडीमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय छोराको रिजन जाग्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार पहिरोले पुरिएर १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। उनलाई राति ३ बजे उद्धार गरिएको पुर्चौडी(२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जु र रिजनलाई भने मृत अवस्थामा बिहान ८ बजेतिर निकालिएको उनले बताए।
वडाध्यक्ष बमका अनुसार महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने उनले बताए। हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए।
उनको घरमाथीको सडक केही महिनाअघि मात्रै बनाइएको हो। सडक खनिएको माटो किनारमै रहेको र वर्षाले त्यहाँ थुपरिएको माटोसहित सडक नै भासिएर पहिरो आएपछि घर पुरिएको वडाध्यक्ष बमले बताए। रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए।
पहिरोमा परी दुईवटा गाई, दुईवटा भैँसी, दुइवटा गोरू र एउटा बाख्रा पनि मरेका छन्। नजिकै रहेको गौरी भण्डारीको घर पनि जोखिममा रहेकाले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बमले बताए।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा ...
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...

