पोखरा:    पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।  पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित...

काठमाडौं:     मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।       राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

काठमाडौं:   शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।   नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको थियो ।   त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कामय भएको छ ।   आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।   राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ ।  आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।   मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ नौ पैसा कायम भएको छ ।  स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको छ ।   आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८० पैसा रहेको छ ।   राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।

धादिङ:   बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ ।  पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौँ पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् । आज दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौँ पुर्‍याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छँदैछ सुक्खा पहिराले छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकाले महँगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो । राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साबिकभन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौँ पुर्‍याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डा मधुकर दाहालले बताउनुभयो ।  “जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौँ लैजान सुझाव दियौँ, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्त बाध्य हुनुभयो”, डा दाहालले भन्नुभयो । धादिङबेँसीबाट काठमाडौँ कलङ्कीसम्म पुग्न सामान्यतय लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्न सकिँदैन ।  एम्बुलेन्सलाई धादिङबेँसीबाट काठमाडौँ पुग्न वा  काठमाडौँबाट धादिङबेँसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । बर्खाको बेला पानी र पहिराले सडक अवरुद्ध भयो । कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन । राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले चार घण्टाभन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाइ छ ।  वर्षौदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्नुहुन्छ, “सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङवेसी–काठमाडौँ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।” धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौँ भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिँड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने गरेको छ । राजमार्गको दुरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरी यो बर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।      हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।      आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।      आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।      आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।   स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।   सेफ्टी टङ्कीभित्र तीन जना बेहोस भई लडी रहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।   मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।   घटनाको बारेमा थप अनुसन्धान भई रहेको जनाइएको छ ।

भक्तपुर:    राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको छ । आज बिहान ११ बजे प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुग्नुभएका उहाँले त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताउनुभयो ।       प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको आज भक्तपुरबाट सुरुआत गर्दै उहाँले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरब क्षेत्रलगायतको अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेले जानकारी दिनुभयो ।       राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला सङ्ग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरब मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभयो । साथै उहाँले तलेजुको प्रसाद पनि ग्रहण गर्नुभयो । उहाँले आकाश भैरब मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो ।       राष्ट्रपति पौडेललाई भक्तपुरकामा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले राष्ट्रपति पौडेललाई स्वागत गर्नुभयो । साथै भक्तपुर नगरपालिकाका पर्यटन शहाखाका प्रमुख गौतमप्रसाद लासिवाले यहाँका सम्पदा क्षेत्रबारे विस्तुत जानकारी गराउनुभएको थियो ।       त्यसअवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सांसद दूर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेताहरु बिनोद कायस्थ, अष्टकुमार कवेँ, हरिदास प्रजापतिलगायतको पनि सहभागिता थियो ।       राष्ट्रपतिले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्दै जनताको गुनासा सुन्नु भएको थियो । भक्तपुर दरबार स्क्वायर परिसरमा उहाँले विद्यार्थीसँग पनि कुराकानी गर्नुभएको थियो । त्यस अवसरमा उद्धव खड्काले २०७२ सालको भूकम्पले जीर्ण भइ टेकोका भरमा रहेको कला सङ्ग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुनःनिर्माण गर्न पहल गरिदिन आग्रह गर्नुभएको थियो । 

काठमाडौं:     संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग आज छलफल गरेको छ ।      समितिले  बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गरिएको हो ।      प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेकामा समितिले छ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न अनुमति दिएको हो । उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गर्नुभयो ।      प्रस्तावित व्यक्तिका सम्बन्धमा उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्यता स्पष्ट पार्न लगाउने तथा प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्नेलगायतका काम गरी सुनुवाई प्रक्रियाभित्र पर्छ ।      समितिले यसअघि नै सरकारलाई राजदूत नियुक्तिमा संविधानले व्यवस्था गरेअनुसारको समावेशिता कायम गर्न भनेकामा त्यो कार्यान्वयन हुन नसकेको विषयले पनि बैठकमा प्रवेश पाएको थियो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।      सरकारले चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मा, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ ।      त्यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस हुनुभएको छ ।

काठमाडौं:    भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने भएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९  लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो। सरकारका तर्फबाट गरिएको ५ बर्षे हदम्यादको प्रस्ताव हटाउने निर्णय गृहमन्त्री रमेश लेखकले समितिको बैठकमा जानकारी गराउनुभएको थियो । ५ बर्षे हदम्याद हटाउने निर्णयलाई समितिले पास गरेको हाम्रा प्रतिनिधि सुरेन्द्र आचार्यले जानकारी गराएका छन।

काभ्रेपलाञ्चोक:   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय ९केयू०मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गर्नुभएको छ ।       विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कारको समेत उद्घाटन गर्नुभयो । उहाँ सोही कार चढेर दीक्षान्त समारोहस्थल जानुभएको थियो ।       सोअवसरमा उहाँले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताउनुभयो । “काठमाडौँ विश्वविद्यालयमा मात्र होइन, यस प्रकारको नवीनतम काम अन्य स्थानमा पनि सञ्चालन हुनुपर्छ”, कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।       प्रधानमन्त्री ओलीले आफू यसअघि प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्रोजन तथा हावाबाट बिजुली उत्पादनबारे छलफल एवं अध्ययनको सुरुआत गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले राम्रो कामको सुरुआत भएको छ, यसलाई अन्यत्र बिस्तार गर्दै जानुपर्छ, विशेषगरी पहिलो प्राथमिकता सवारी साधनलाई दिनुपर्छ ।”       विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिनुभयो । विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन फ्युल उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो ।       विश्वविद्यालयलाई हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट सवारी साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको थियो । निगमकै सहयोगमा गत कात्तिकमा दक्षिण कोरियाबाट हुण्डाइ कम्पनीको कार भित्र्याइएको थियो । साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको जनाइएको छ ।       यसका लागि निगमले विश्वविद्यालयलाई रु पाँच करोड उपलब्ध गराएको थियो । उक्त सहयोगबाट विश्वविद्यालयले ३३ हजार अमेरिकी डलरमा कार, रु एक करोड ३० लाखको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ ।       सहप्राध्यापक थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरमा प्रशोधित पानीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनलाई सुक्खा बनाउन, शुद्धीकरण गर्ने र लो प्रेसर ट्याङ्कीमा भण्डार गर्ने र त्यासमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्याङ्कीमार्फत कारमा रिफिल गरिन्छ ।           अध्ययन तथा अनुसन्धान ९परीक्षण०का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन हुने विश्वविद्यालयले जनाएको छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खपत हुन्छ ।       विश्वविद्यालयमा ल्याइएको हुण्डाइको कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र पूर्ण क्षमतामा छ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने जनाइएको छ ।       विश्वविद्यालयले ३० देखि ३५ वटासम्म हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने लक्ष्यसमेत राखेको छ । यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको जनाइएको छ ।