काठमाडौं:  संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्...

कैलाली:     जंगली हात्तीको आक्रमणमा परेर आज टीकापुरमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. १५ की जसुदा बटाला रहेकी छन ।  उनलाई जंगली हात्तीको बथानले टीकापुर नगरपालिका वडा नं.२ स्थित भुराखानी सामुदायिक वन भित्र आक्रमण गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।  मृतक बटाला स्थानीय महिलासँगै भुराखानी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएकी बताईएको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।  यस क्षेत्रमा बेलाबेलामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको आक्रमणमा परेर सर्वसाधारणले ज्यान गुमाउने गरेका  छन ।

स्याङजा:      स्याङजाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।  गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिए ।  मङगलवार बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए । झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

काठमाडौं:      राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

काठमाडौं:     राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभयो । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिनुभयो । उहाँले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उहाँले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिनुभयो । उहाँले जनताको मन छुने खालका ऐन, कानुन बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।

काठमाडौं:     भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ । भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।  

स्याङजाः   स्याङजाको आँधिखोलामा पौडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन ।   गल्याङ नगरपालिका–२ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता रहेको  प्रहरीले जनाएको छ । मंगलवार बिहान अन्य ६ जना साथिहरु सहित पौडि खेल्न गएका राना खोलामा बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।   बेपत्ता रानाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पोखरा:     बागलुङको ताराखोला गाउँपालिका १ र २ नम्बरको सिमानामा ४ दिन अगाडिदेखि लागेको डढेलो बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ ।  गाउँपालिकाको १ र २ नम्बरको वडाको सिमानामा ४ दिन अगाडि लागेको डढेलो गुराँसेको बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।  ‘ताराखोला गाउँपालिका १ र २ जोड्ने सिमानाको धुरीमा ४ दिन अगाडि आगो लागेको देखिएको थियो’, वडाध्यक्ष घर्तीले भने, ‘४ दिन अगाडि लागेको आगो बस्तीतीर आउने देखिएपछि हिजो र आज बस्ती जोगाउन स्थानीयसहित लागि परेका थियौं, दिउँसो खाना खाने समयमा बस्तीमा आगो पस्दा क्षति पुग्यो ।’ ताराखोला गाउँपालिका २ का वडाध्यक्ष घर्तीका अनुसार जंगलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि बस्तो जोगाउन नसकिएको सुनगाभा न्यूजसँग बताए ।  ‘बस्ती जोगाउन हामी स्थानीयहरुसँग लागि परेका थियौं, आज बिहान अग्नि रेखा बनाएर बस्ती जोगाउने प्रयास गरेका थियौं’, उनले भने, ‘ बस्ती जंगलको बीचमा छ, बस्ती तल र माथी झाडी र खडेरीका कारण सुकेका स्याउला घाँसमा डढेलो बढ्दा नियन्त्रण गर्न सकेनौं ।’   स्थानीय नर बहादुर परियार खरको घर गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको  घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलो जले नष्ट भएको हो ।  डढेलोका कारण घर जलेर नष्ट भएपछि उनीहरुलाई दाजुभाई घरमा राखिएको वडा कार्यालयले जनाएको छ ।  उनका अनुसार २ घरसहित ५ वटा गोठ जलेर नष्ट हुँदा ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो जलेर मृत्यु भएको छ । भने, आगोले २ वटा भैसीको केही भाग समेत जलेको छ ।  आगोले जलेका २ वटा भैसीको गाउँपालिकाबाट भेटेनरी डाक्टरले उपचार गरिरहेको वडाध्यक्ष घर्तीले बताए ।  ४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने भएको छैन् । 

काठमाडौं:    सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।