चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

झापा: झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो । आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टाको जिम्मा लगाएको छ ।

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो । काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उ हाँले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताउनुभयो । उहाँका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै थिए । बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ ।

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको प्रहरीले जनाएको छ । हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।