चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

पोखरा:  वडा प्रहरी कार्यालय रामबजारले पोखराको पसलमा चोरी गर्ने दुई युवालाई प्रकाउ गरेको छ ।    पोखरा महानगरपालिका १० शिवचोक र अमरसिंहचोकस्थित कल्पना किराना स्टोर्स र एप्पल केयर एसोसरिज मोबाइल पसलबाट गत २६ गते मंगलबार राती चोरी गरेको आरोपमा पोखरा १० नागिनटोल बस्ने विश्वाश कुमाल र दिनेश परियारलाई पक्राउ गरेको हो ।   शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई खानतलासी गर्ने क्रममा चोरीको सामान फेला परेपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएकाे छ  कास्की प्रहरीलका अनुसार उनीहरुले मिलनटोल नजिकै खाली जग्गाको झाडीमा जेब्रा झोलामा चोरीका सामान लुकाएर राखेका थिए ।   किराना पसलबाट के के चोरी गरेका थिए ?   उनका अनुसार उनीहरुको साथबाट विभिन्न पाउडर २९ वटा, आधा लिटरको कोक ९ वटा, साढे १ लिटरको कोक ३ वटा, आधा लिटरको स्प्राइट १ वटा, साढे १ लिटरको स्प्राइट २ वटा १६ वटा रेडबुल, ७ वटा चिप्स, चिजबल्स १३ वटा, पाण्डा खाजा १ प्याक, करेन्ट चाउचाउ ७ वटा, फ्रुटी ११ वटा, टुथ ब्रस १२ वटा, विभिन्न रंगका मास्क ४ पोका, चोकोपाई ४ वटा , कपालमा लगाउने तेल ६ वटा, ब्यान्डेज १ बट्टा, सन्सिल्क ८८ पत्ता, हजमोला १ बट्टा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पट्टा र विभिन्न खालका मिठाई १ पोका बरामद गरिएको छ ।    मोबाइल पसलबाट के के चोरी गरेका थिए ?     एप्पल केयर एसोसरिज मोबाइल पसलबाट सामसुङ कम्पनीको हेडफोन १ थान, विभिन्न कम्पनीको ब्लुटुथ ३ थान, पावरबैंक १ थान, १६ जिबीको पेन ड्राइभ १ थान, औलामा लगाउने पञ्जा ३ थान, ८ जिबीको मेमोरी कार्ड २ थान, १६ जिबीको  मेमोरी १ थान, मोवाईल स्ट्याण्ड ( रिङ) १ थान, चार्जर १ थान, सामसुङको चार्जर १ थान, पेन हुक्का १ थान, सामसुङ कम्पनीको मोबाइल १ थान भिभो कम्पनीको यो १ मोडल भएको मोबाईल १ थान र कार्ड लेखेको डिभाईज १ थान बरामत गरेको कास्की प्रहरीले जनाएको छ ।     

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।   उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने गरी यही असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि यही असोज २० गतेदेखि आजसम्मका लागि म्याद दिइएको थियो ।    प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा माग गरेकामा  न्यायाधीश सूर्यबहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई बुझाउन र मुद्दा चाँडै दायर गर्न निर्देशन दिनुभएको अधिवक्ता सुवास पाठकले जानकारी दिनुभयो । यसअघि पहिलो पटक म्याद दिँदा अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएकीले नाबालिका नभएको समेत न्यायाधीशसमक्ष जिकिर गर्नुभएको थियो । नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते उहाँलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।  

ताप्लेजुङः  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।   सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकस्थित कञ्चन आईएमई सेन्टरमा सोमबार बिहान चारजनाको लुटेरा समूहले लुटपाट मच्चाएका थिए ।   लुटपाटमा सम्लग्नमध्ये एकजनालाई सोही दिन दिउँसो फुङ्लिङ बजार नजिकैबाट लुटिएको नगद र गरगहानासहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।   प्रनाउ राईका अनुसार पक्राउ परेका व्यक्तिबाट करिव छ लाख रुपियाँ नगद र केही सुनका गरगहाना बरामद भएको छ ।    घटनामा सम्लग्न अन्यको खोजी कार्य तीब्र भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमई सेन्टरभित्र प्रवेश गरी चारजनाको सूमहले आईएमईका कर्मचारीलाई नियन्त्रणमा लिई नगद र गरगहाना लुटेका थिए ।   आईएमईमा रहेको करिव ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटिएको बताइएको छ ।    आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ हाल अस्ट्रेलिया भ्रमण रहनुभएको छ । यता, सदरमुकाम फुङ्लिङको मुख्य बजारमै दिनदहाडै यति ठूलो लुटपाट र चोरीको घटना पहिलोपटक भएको स्थानीय बताउँछन् ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पाेखरा: पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा निलकमल म्यानपावर सञ्चालन गरी दक्षिण कोरिया पठाउने नाममा ठगी गरेको आरोपमा सञ्चालक कृष्ण रोका पक्राउ परेका छन् ।      रोकालाई बिहीबार अन्तर्वार्ता लिने भन्दै ८० जना युवासँग जनही २ लाख रुपैयाँ उठाइरहेको सूचना प्राप्त भएपछि वैदेशिक रोजगार विभागको टोलीले ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको हो ।    युवाहरुलाई सिजनल भिसामार्फत कोरिया पठाउने भन्दै बखुण्डोलमा अन्तर्वार्ताकालागि बोलाइएको थियो । सोहीक्रममा रोकाले बिनाभौचर जनही २ लाख रुपैयाँ उठाइरहेका थिए । आफुले बुझाएको पैसाको प्रमाण नदिएपछि सहभागीले नै विभागमा खबर गरेका थिए ।    यसअघि म्यानपावरको पोखरा कार्यालयमा पनि कोरिया जाने प्रक्रियामा रहेका केहीले जिल्ला प्रहरी कार्यालयमा ठगिएको सूचना दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । तर त्यसको भोलीपल्टै रोकाले अन्तर्वार्ता लिने भन्दै उनीहरुलाई ललितपुर पु¥याउन सफल भएका थिए ।    सरकारले वैधता नदिएको सिजनल भिसामा कोरिया पठाउने भन्दै पोखरामा करिब २ महिनादेखि रोकाले मान्छे भेला गर्दै आएका थिए । म्यानपावर कम्पनीको बोर्डसमेत नराखि ठगीमा जुटेका उनले जनही १३ लाख रुपैयाँ लिने योजनामा रहेका थिए ।    रोकाको यस योजनामा माछापुच्छ्रे गाउँपालिकाका साजन र गुणराज अधिकारीको सहयोग रहेको बताइएको छ । अधिकारीद्वयले छोटो समयमै युवाहरुलाई लाखौ कमाउने प्रलोभन देखाउँदै उनीहरुलाई रोकाको जिम्मा लगाउने गरेको पाइएको छ ।    जसमध्ये साजन तरुण दल लाहाचोकका अध्यक्ष हुन् ।    कोरिया जाने तयारीमा रहेको एक युवाले उनीहरुसँग अहिले २ लाख दिनुपर्ने र पछि १० देखि १३ लाख रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो । सोही अनुसार बिहीबार ८० जनासँग १ करोड ६० लाख रुपैयाँ उठाउँदै गर्दा रोका विभागको फन्दामा परेका हुन् ।    नेपालको कानून अनुसार कुनैपनि देशमा सिजनल भिसामा कामदा पठाउनु अवैधानिक ठहर्छ । त्यस्तै, कोरिया पठाउन सकारलेनै इपिएस प्रणालीमार्फत आफै उक्त काम गर्दै आएको छ । तर रोकाले उनीहरुलाई सरकारमार्फत नै पठाउने झुठो आश्वासन दिएको पीडितले बताएका छन् ।    रोकाले यसअघि पोखरामा पनि रकम उठाएर श्रीमति राजकुमारी रोकाको बैंकखातामा राख्ने गरेको सूचना पाएको विभागले जनाएको छ ।    यस विषयमा विभागमा महानिर्देशक उमाकान्त आचार्यले बिनाआधार कोरिया पठाइदिन्छु भन्दै पैसा असुल्ने कामलाई ‘सरासर ठगी धन्दा’ भएको जनाएका छन् । आचार्यका अनुसार सरकारले अहिलेसम्म सिजनल भिसासम्बन्धी कुनै पनि नियम बनाइसेकेको छैन ।    हाल रोकालाई कस्टडीमा राखेको जानकारी गराउँदै थप पीडितहरुलाई सम्पर्कमा आउन आव्हान गरी अनुसन्धान सुरु गर्ने आचार्यले बताएका छन् ।   

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई सरकारी आयोजना अन्तर्गत ‘थाक खानेपानी आयोजना’ को पाइप चोरी आरोपमा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजङ गुरुङसहित अन्य ३ जना रहेका छन् । पक्राउ परेका वडा सदस्य खरजङ गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।    यसैगरि वडा सदस्य खरजङ गुरुङसँगै मादी ७ थाकका ३५ वर्षिय रमेश गुरुङ, सोही स्थानकै २६ वर्षिय निरज तामाङ, र लम्जुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षिय सुनिल परियार (रिदम) रहेका छन् ।   उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि  मादी गाउँपालिका ५ तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    उनका अनुसार हाल उनीहरुलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

चितवन  :  चितवन प्रहरीले लागुऔषध खैरो हेरोइनसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१५ सूर्यनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलीग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा रु पाँचको नोट, लाइटर चार थान,  १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।   उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर-१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा-१५ घर भई हाल भरतपुर-१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर-२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन् ।

कास्की:  पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एनएमबी बैकको एटिएम मेशिन तोडफोड गर्ने १ जनालाई कास्की  प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष २५ वर्षिय मनोज कुमाल रहेका छन् ।   पक्राउ परेका कुमालले आज बिहानै करिब ४ बजे खुकुरी प्रयोग गरी तोडफोड गरी नगद चोरी गर्न प्रयास गरेका थिए ।   सोही सुचनाको आधारमा कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए ।   उनका अनुसार पक्राउ परेका कुमालको साथबाट साढे १२ फिट लामो फलामको खुकुरी बरामद गरिएको छ । ‘हामीले नियन्त्रणमा लिएका छाैं । कुमालले साढे १२ फिटको खुकुरी प्रयोग गरिएको पाइएको छ,इन्सपेक्टर खड्काले भने, 'अहिले कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दा दर्ता गरि ७ दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’   यसअघि हिजो (सोमबार) मात्रै पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोड्न प्रयास गरेका पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।   यसैगरि सोही घटनामै संलग्न रहेका पोखरा १६ बस्ने १९ वर्षिय अनिश रानालाई भाग्ने क्रममा पक्राउ गरिएको थियो ।   उनीहरुलाई पनि  जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाण्डौं:  नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीय लामिछानेलाई निलम्बित गरेको छ ।   प्रेस विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघले काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीगरेको भन्दै निलम्बित गरेको हो ।  क्रिकेटर लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको थियो ।

  मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ ।