चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

धनगढी:  आफूलाई बैङ्क तथा वित्तीय संस्थाको हाकिम बताउँदै कैलाली, कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।  दार्चुलाको लेकम गाउँपालिका–१ का  भट्टलाई वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरेको हो।  सशस्त्र प्रहरीका भगौडासमेत रहेका उनले डर, त्रास देखाएर ठगी गर्दै आएका थिए। यसैगरी, विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलाको अश्लील भिडियो बनाउने र उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनी यसअघि पनि विभिन्न अपराधमा कारागार बसिसकेका व्यक्ति हुन्।  नटवरलाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँले भट्टबाट ठगिएका पीडितलाई प्रमाणसहित जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउनसमेत अनुरोध गर्नु भएको छ। 

ढल्केवर:   जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताउनुभयो ।  घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । 

बागलुङः   बागलुङ निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्ती माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर गर्दै आज बागलुङ जिल्ला अदालतका न्यायाधिस डा. दिवाकर भट्टको इजलाशले तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले जानकारी दिए ।  निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्ती माथी लागेको लागूऔषध गाँजा÷चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर गरेपछि आज कैद तोक्न आदेश दिइएको थियो । आदेश अनुसार आज न्यायधिस भट्टले कैद र जरिवाना फैसला गरेका हुन् ।  जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालिन अबस्थामै घरबाटै पक्राउ गरेको थियो ।  बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजारचरेसरनियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

बारा:  सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण मोतिहारी–१६ घर बताउने ४० वर्षीय चन्दन कुमार रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले एउटा पेस्तोल र त्यसमा प्रयोग गरिने ७ राउण्ड गोलीसहित चन्दनलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका कुमारलाई पचरौता नगरपालिका–४ गुलरिया सीमा नजिकै शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो समान बरामद भएको हो । कुमारको साथमा मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोलमा तीन राउण्ड गोली लोड, एउटा म्याग्जिन र चार राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अम्बर बहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै, ११ हजार २७० भारतीय रुपियाँ, तीन वटा भारतीय आधार कार्ड र एउटा मोवाइल सेटसमेत बरामद भएको छ । पेस्तौलसहित पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै पुस ८ गते मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले भारत घर भएका ५० वर्षीय शिवपुजनप्रसाद यादवलाई गोली हानी फरार भएका थिए । सो घटनामा एक जना पक्राउ परेका छन् भने सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरेको बारा प्रहरीले जनाएको छ ।

काठमाडौं:  रौतहट बोलेरो गाडीबाट ९१ किलो गाँजा बरामद भएको छ।  आइतबार बिहान ११ बजे राजपुर नगरपालिका–१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट ९१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।  रोकेर राखेको बोलेरो गाडीमा गाँजा छ भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले चेक गर्दा बोलेरो गाडीमा गाँजा फेला पारेको हो।  गाडीमा १३ वटा पोकामा ९१ किलो गाँजा बरामद भएको हो। प्रहरीले गाँजासँगै गाडी पनि नियन्त्रणमा लिएको छ। यस्तै गाडी नजिकै एउटा बेवारिसे मोटरसाइकल समेत फेला परेको थियो।  उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ।  घटनाको थप अनुसन्‍धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कञ्चनपुर:  कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियारसहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।  पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।”   पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

काठमाडौंः  अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले राजेश थापालाई प्रकाउ गरेको छ ।    ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो । थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट प्रतिव्यक्ति २५ लाख रकम रकम ठगी गरेको प्रहरीको आरोप छ ।   प्रकाउ परेका राजेशलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद दफा २४९(१) र (२) बमोजिमको कसुरमा कानुनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।   

काठमाडौंः   इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

पोखराः   सामाजिक सञ्जालमा मार्फत महिलो चरित्र हत्या गर्ने सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर कुराकानीको क्रममा पीडित महिलालाई अश्लिलता प्रर्दशन गर्न लगाउने, नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित महिला लगायत नजिकको आफन्त, साथीहरुले प्रयोग गर्ने फेसबुक म्यासेन्जरमा उक्त अश्लि तस्वीर पठाएर मानसिक यातना दिने भक्तपुर नगरपालिका ९ का सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका सुमनलाई जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको छ ।