काठमाडौं: नर्थ क्यारोलाइना, अमेरिका । कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समाएको थियो । सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको जनाइएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।
काठमाडौं: बुटवलको बेलबासमा एक जनाको हत्या भएको छ। स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल बुटवल–१३ जितगढी नागरिक टोलका हुन्। केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिँदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दुई छोराहरू दिवस र दिपेश घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा शुक्रबार साँझ यमप्रसादको घर गई ५र७ जनाको समूहले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका यमप्रसादको बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको हो। घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरी दिएका र घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले शुक्रबार छलफल गर्ने भन्दै घरमा पुगेको ५र७ जनाको समूह एक्कासि कुटपिटमा उत्रिएपछि घटना भएको बताए। उक्त समूहको आक्रमणबाट बेहोस भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्याइएको थियो। लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो। प्रहरी नायब उपरीक्षक थापाले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी भइरहेको जानकारी दिए।
सिन्धुपाल्चोक: नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । बाह्रबिसे नगरपालिका–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे नपा–४ का २३ वर्षीय वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जनलाई अमेरिकी डलर देखाएर ठगी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ठगीमा संलग्न एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ रुपियाँ अमेरिकी डलर, ६ हजार २१० नेपाली रुपियाँ, ८ बन्डल कागजको नक्कली नोट, पाँच थान मोबाइल, ३ थान गुलेली बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धित कसुर मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ ।
पोखराः पोखरा महानगरपालिका वडा २४ का अध्यक्ष भरतबहादुर अधिकारीले सदस्य मैयाँ नेपालीलाई अपमानपूर्ण व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ । वडाध्यक्ष अधिकारीले गत १८ गते लक्षित वर्गलाई वडाबाट छुट्याइएको बजेट छलफलमा अपशब्द बोलेका थिए । उनले सदस्य नेपालीलाई हैसियत सोध्दै ‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भनेका थिए । त्यस्तै, अधिकारीले ‘तँ तलबभत्ता खान आएकी होस्, घरमै बसे खा’ जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक बेइज्जती गरेको नेपालीको आरोप छ । वडाध्यक्षले होच्याएर अपमानपूर्ण व्यवहार गरेपछि नेपालीले पार्टीको वडा कमिटीमा जानकारी गराएकी थिइन् । त्यसपश्चात् पार्टीको भातृ संगठन मुक्ति समाजकोे निर्णयअनुसार प्रहरीमा वडाध्यक्ष अधिकारीविरुद्ध शुक्रबार जाहेरी दिइएको छ । जाहेरीबारे जानकारी दिँदै समाजका केन्द्रिय सचिव धनबहादुर नेपालीले कानूनी उपचारमा जानेक्रममा प्रहरीसमक्ष जाहेरी दिएको जनाए । नेपालीका अनुसार पीडक वडाध्यक्षमाथि थप ५० प्रतिशत बढी सजाय हुनुपर्नेछ । ‘जातीय विभेद र लाञ्छनालाई कानूनले अपराध मानेको छ’ सचिव नेपालीले भने ‘त्यसमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको जातीय दूव्र्यवहार र भेदभावविरुद्ध कानूनतः ५० प्रतिशत बढी सजाय हुने उल्लेख छ ।’ जाहेरीपछि कानूनले तोकेबमोजिम पीडकलाई कारवाही हुनेमा विश्वस्त रहेको बताउँदै उन्मुक्ति दिने प्रयास गरे संघर्षमा उत्रने नेपाली र दलित अगुवाहरुको भनाई छ । नेपाली भन्छन् ‘जिम्मेवार जनप्रतिनिधिका हिसाबले वडाध्यक्षको भनाई गैरजिम्मेवार र समाजिक सद्भावविरुद्ध छ, जाहेरीपछि माफी माग्ने वा पाउने अवस्था टरिसकेको छ ।’ वडा सदस्य नेपाली नेकपा एमालेबाट र वडाध्यक्ष अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.२३ घाटछिना बस्ने ३२ वर्षीया याम बहादुर गुरुङलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो । गुरुङको साथबाट डाईजापाम १६ एम्पुल, फेनेरागन १६ एम्पुल र नर्फिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । गुरुङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहित ६ जनालाई अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिनुभयो । शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका ६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।
सुर्खेत: कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्। विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्। बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए। यसबारे अनुसन्धान भइरहे छ ।
चितवन: भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरीले अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका तनहुँ भानु नगरपालिका २ घर भई चितवनको भरतपुर १ बस्ने वर्ष ३७ को सञ्जीवबहादुर रायमाझीको नाडीमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । गत आइतबार नारायणगढ मुग्लिन सडक खण्डको भरतपुुर २९ केराबारी नजिकै ना ५६ ख ३३१२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका बा।०३–००३ प ६५७४ नम्बरको मोटरसाइकल चालक रायमाझी घाइते भई भरतपुर अस्पतालमा उपचाररत थिए । रायमाझीको उपचारको क्रममा मृत्यु भएको र मृत्युपश्चात् शवगृहमा रहेको लाशमा उनको हातको ब्रास्लेट नदेखेपछि खोजी शुरु भएको थियो । पक्राउ परेका सुरक्षा गार्ड खोटाङ ऐंसेलुखर्क गाउँपालिका ६ घर भई हाल भरतपुर ७ बस्दै आएका थिए । पक्राउ परेका निजलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका(९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवले ती बालिकालाई सोही नगरपालिका(९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।