चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

कैलाली:  कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो ।  बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा का दौल्याललाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले जानकारी दिनुभयो ।

पोखराः     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवालाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा लागूूऔषधसहित पर्वतका रामबहादुर सार्की र म्याग्दीका सुरेश थकालीलाई प्रकाउ गरेको हो ।  जिल्ला कार्यालय कास्कीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका हाल पोखरा महानगर २९ बस्ने सुरेश थकालीको साथबाट नुर्फिन ३४, डाईजाम ३४, फेनेरागन ३४ गरी १सय २ एम्पुल लागूऔषधसहित एक थान मोबाइल बरामत गरेको हो ।  पर्वतको कुश्मा नगरपालिका १२ घर भएका २६ वर्षीय रामबहादुर सार्कीको साथबाट नुर्फिन ४४, डाईजाम ४४, फेनरागन ४४ गरी १ सय ३२ एम्पुल लागूसहित एक थान मोबाइल बरामत गरेको कास्की प्रहरीले जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई जिल्ला अदातल कास्कीबाट लागूऔषध मुद्धामा १०/१० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।  

पोखराः   जिल्ला प्रहरी कार्यालय कास्की  आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् ।    अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले  नियन्त्रणमा लिएको हो ।    डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थिए। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।   गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।   केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई आउने तयारी थिए।

काठमाडौंः    विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कोइरालाले बताए ।

काठमाडौं:  सामाजिक सञ्जाल मार्फत महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।    फेसबुकमा साथी बनाई विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएको आरोपमा  ३१ वर्षीय विश्वनाथ कुर्मीलाई पक्राउ गरेको हो ।    रुपेन्देही शिद्वार्थनगर नगरपालिका वडा नं। ११ घर भई हाल वैदशिक रोजगारमा रहेका कुर्मीलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको साइबर व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।  विज्ञप्तिमा कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको ओदेशमा ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उल्लेख गरिएको छ ।

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । 

काठमाडौं:  नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । त्यहाँ पुर्याएपछि बिट क्वाइनमा इन्भेष्ट गराउनेलगायतका गैरकानुनी काम लगाउनुका साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकम लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको छ ।

गत शनिबार पोखराको लेकसाइडस्थित रोलिङ् स्टोन रक बारमा दुई पक्षबीच सामान्य निहुँमा झडप भएको छ ।    डान्सफ्लोरमा नाचिरहेकोबेला एकापसमा ठोक्किने क्रममा विवाद बढेपछि केही समय स्थिति असमान्य भएको रोलिङ् स्टोन स्रोतले बताएको छ । बिरौटाका एक युवा नयाँबजारको समूहसँग ठोक्किएपछि भनाभन भएको र पछि उनीमाथि कुटपिट भएको हो ।    बिरौटाका युवा ९ जनाको समूहमा रहेको र नयाँबजारको समूह ठूलो रहेको बताइएको छ । भनाभनकैबीच नयाँबजारको समूहले बियरको बोत्तलले प्रहार गर्दा बिरौटाका २ जना घाइते भएका छन् ।    स्थितिलाई नियन्त्रणमा लिन बारका बाउन्सरले एक समूहलाई बाहिर निकालेको थियो । झडपबाट बारमा कुनैपनि क्षति नभएको सञ्चालक रोशनजंग कार्कीले बताए ।    ‘खासै ठूलो घटना होइन, र हाम्रो भौतिक क्षति भएको छैन’ सञ्चालक कार्कीले भने ‘हामी हाम्रो ग्राहकको सुरक्षामा सचेत छौं ।’   बारबाट एक समूहलाई बाहिर निकालेको खबर प्रहरीमा पुगेपछि वडा प्रहरी कार्यालय बैदामले स्थिति नियन्त्रणमा लिएको थियो । यस विषयमा अहिले बैदामका डिएसपी युवराज भण्डारीको रोहबरमा छलफल भइरहेको छ ।    यस्तै, दुबै समूहले गल्ती स्वीकार्दै एकापसमा मेलमिलाप कायम गर्ने नीति अपनाउने जनाएका छन् । 

 काठमाडौं:  प्रहरीले ९० वर्षीया वृद्धाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ६ पुशलका ३९ वर्षीय नरेन्द्र शिवभक्ति रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।