चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

काठमाडौं:  वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्। काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमारलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो। उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ।  यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।  उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।

काठमाडौं:   १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना फक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेका छन् ।   उनलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले हिजो (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।       सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।      पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   लागू औषध नियन्त्रण ब्यूरोले पोखराबाट विदेशी नागरिकसहित २ जनालाई लागू औषधसहित प्रकाउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा पोखराबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका ६लेकसाइडबाट मोरङ बिराटनगरपालिका १२ घर भएका २६वर्षीय राज गौतम र विदेशी नागरिक ३२ वर्षीय मार्टिना क्रिनालाई लागू औषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  लेकसाइडमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा मोरङ घर भएका गौतम र विदेशी नागरिक मार्टिनाको साथबाट प्रहरीले लागूऔषध एलसिडी २६ पिस, एम्फेटामाईन (आईस जस्तो देखिने) ४ सय मिलिग्राम र मोबाईल २ थानसहित प्रकाउ गरेको हो ।  प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धि मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीले कैद र जरिवाना फैसला गरेर हाल सम्म फरार रहेका दुई प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।  उच्च अदालत पोखराले बैकिङ कसूर मुद्धामा १ महिना कैद र २० लाख जरिवाना सुनााइएका पोखरा महानगरपालिका ३१ नहरचोक बस्ने ३६वर्षीय हरी नेपालीलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।   यस्तै जिल्ला अदालत कास्कीले जुवातास मुद्धामा २४ दिन कैद र १ हजार ६सय जरिवाना भुक्तान गर्न बाँकी रहेका मुस्ताङको थासाङ गाउँपालिका ३ घर भइ पोखरा महानगर १२ चिसापानी बस्दै आएका ३३ वर्षीय नविन गौचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।     

पोखरा:  पोखरामा १४ वर्षीया नाबालिगलाई होटलमा लगि करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रानीपौवास्थित एक मन्टेश्वरीका २५ वर्षीय म्युजिक टिचर विवेक तामाङ रहेका छन् ।   पोखरा महानगरपालिका १० रामबजारकी १४ वर्षीया बालिकालाई लेकसाइडको होटलमा लगी जबरजस्ती करणी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको कास्की प्रहरी सुत्रले बताएको छ ।   प्रहरी सुत्रका अनुसार युवकले पीडित नाबालिगलाई ललाई फकाई लेकसाइडको होटलमा लगी करणी गरेका थिए ।   त्यसपछि पीडितको परिवारले आफ्नो छोरी हराएको थाहापाएपछि सोधपुछको क्रममा म्युजिक टिचरले प्रलोभनमा पारी होटल पुर्याएर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।   पक्राउ परेका लामामाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्तागरी अनुसन्धानका लागि एक साता दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:     अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारले ४० लाखसम्म लिएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन्।  पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो।  गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो। उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताउनुभयो।  उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ। केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताउनुभयो।  कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो। त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो।  उनीहरुले ७४  करोड कारोबार गरेको फेला परेको थियो। एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो। उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

काठमाडौं:   एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बाँनिया रहेका छन् ।   पक्राउ परेका बाँनियाको साथबाट १ थान पेस्तोल र , पेस्तोलमा लाग्ने २ वटा म्याग्जिन र ११ वटा गोली बरामत गरेको हो ।   बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँनिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक रहेको सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बाँनियाले बोकेको झोला सडकमा फाली फरार थिए ।   त्यसपश्चात उक्त झोलामा पेस्तोल फेला परेको थियो ।   त्यसपछि उनलाई भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट पक्राउ गरेको थियो ।  

पोखरा:   नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पोखरामा दुई युवा प्रकाउ परेका छन् ।  गएको जेठ ५ गते पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवालाई आज प्रकाउ गरेको हो ।  नक्कली सुन देखाएर ठगी गरेर फरार भएका सिन्धुली घर भएका ४४ वर्षीय बिमल तामा र मकवानपुर हेटौडा उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पोखरा २६ अघौंचोकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रकाउ गरेको हो ।  प्रकाउ परेका दुई युवाको साथबाट सुन जस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो धातु ३ थान, विभिन्न कम्पनीका मोबाईल ३ थान र ५ हजार ४ सय ३५ रुपैयाँसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका दुवैजनालाई ठगी,अपराधिक विश्वास घात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धि मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।   

दैलेख:  दैलेखमा आज बिहीवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।   आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो ।    दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।   घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।