फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् ।   बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो ।   घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनु भएको छ ।   भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।   जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताउनुभएको छ ।   उहाँहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ ।   यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुख: व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखद: घटना घट्न पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

काठमाडौं:   पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ ।   दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।   पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदकतालिकामा चीनलाई पछि पारेको हो ।   रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७-६६ ले पराजित गरेको थियो ।   अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।   अमेरिकाले ४० स्वर्ण  ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो ।   यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।   अ​र्को एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो ।   अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।   पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

बङ्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधान न्यायाधीशको राजिनामापछि नियुक्त भएका नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।   विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेको अघिल्लो सत्तासँग जोडिएको ठानिएको पुरानो पहरेदारलाई प्रतिस्थापन गर्ने नयाँ नियुक्तिको यो पछिल्लो शृंखला हो ।   राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उच्च अदालतका वरिष्ठतम न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपतिका प्रेस सचिव शिप्लु जमानले जानकारी दिनुभयो ।   जमानले भन्नुभयो, “उहाँ बङ्गलादेशको २५ औं प्रधान न्यायाधीश बन्नुभएको छ ।”   अहमदले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको टफ्ट्स विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो ।   ढाकाको सडकमा प्रदर्शनकारीको सहभागिता बढेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट छिमेकी मुलुक भारत तर्फ भाग्नुभएको थियो ।   हसिनाको सरकारमाथि १५ वर्षको शासनकालमा उहाँका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

काठमाडौं:     जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन । यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

काठमाडौं:     बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उहाँले केही बताउनुभएको छैन ।  बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ ।  आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । 

काठमाडौं:    बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् ।  ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर राख्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको थियो । ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।  उहाँ कहाँ जानुभएको हो भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उहाँ ढाकाबाट हेलिकप्टर चढेर ‘अन्यत्र’ जानुभएको छ । बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ ।  “म गणभवन दरबारभित्र छु,” बङ्गलादेशी पत्रकार येसिर अराफातले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “दरबारभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने शिशाहरू तोडफोड गरिरहेका छन् । हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “छहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्कनुभएको छ । उहाँले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।”  स्रोतले भन्यो, “उहाँको सुरक्षा टोलीले उनलाई तत्काल कार्यालय छोड्न भन्यो, तयारीका लागि समय मिलेन । “उहाँ पहिले आफ्नो गन्तव्य नबताइकन मोटरबाट प्रधानमन्त्री कार्यालयबाहिर निस्कनुभएको थियो तर पछि उहाँलाई हेलिकप्टरबाट ‘अन्यत्र’ जाने व्यवस्था गरिएको थियो ।”

काठमाडौं:     रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार संस्था ९तास० ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।    प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।    युक्रेनको सीमाबाट करिब १५० किलोमिटर  टाढाको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन् ।  हेलिकप्टरको दुर्घटना प्राविधिक कारणले भएको वा आक्रमणका कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । 

काठमाडौं:     ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ भने पहिरोसमेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको छ ।       आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । यसबाट फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन् ।       ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द  भएका छन् र नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ ।       ताइवान नियमित रूपमा आँधीहरूको चपेटामा पर्ने गर्छ । आँधीले उसको आफ्नो चेतावनी प्रणालीलाई बढाएको छ । यद्यपि ताइवानको स्थलाकृति, उच्च जनसङ्ख्या घनत्व र उच्च प्रविधिको अर्थतन्त्रका कारण यस्ता आँधी आउँदा हुने क्षतिबाट बच्न कठिन हुन्छ ।       राजधानी ताइपेई असामान्य रूपमा शान्त थियो, हल्का वर्षा भइरहेको थियो र कहिलेकाहीँ तीव्र हावा चलिरहेको थियो ।       फिलिपिन्समा डुबेर र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ । प्रहरीका अनुसार कम्तीमा तीन जना बेपत्ता भएका छन् ।       बिहीबार बिहानै बाटन प्रान्तको लिमेय सहरमा १४ लाख लिटर औद्योगिक इन्धन तेलले भरिएको ट्याङ्कर डुबेको र उद्धारकर्ताहरूले १६ मध्ये १५ जना चालक दलका सदस्यको उद्धार गरेको फिलिपिन तट रक्षकले बताएको छ ।       ट्याङ्कर डुब्नुको सम्बन्ध खराब मौसम र अशान्त समुद्र थियो वा थिएन भन्ने तत्काल स्पष्ट भएको छैन तर यातायात सचिव जेमी बाउटिस्टाले सामुद्रिक अवस्थाका कारण सम्भावित तेल चुहावटलाई रोक्न तट रक्षककर्मी तत्काल उक्त क्षेत्रमा पुग्न नसेकेको बताउनुभयो ।       आँधीका कारण ताइवानको पूर्वी तटमा वायु सेनाको अभ्यास रद्द गर्नुपरेको छ ।       फिलिपिन्समा क्यारिना भनिने गेमीले फिलिपिन्समा भूस्खलन निम्त्याएको छैन तर मौसमी मनसुनी वर्षालाई बढाएको छ ।       फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोस जुनियरले अधिकारीहरूलाई पृथक भएका गाउँहरूमा खाद्यान्न र अन्य सहायता पुर्याउने प्रयासलाई तीव्र बनाउन आदेश दिनुभएको छ । “त्यहाँका जनताले धेरै दिनसम्म खाना नखाएका हुनसक्छन्”, टेलिभिजनमा प्रसारित आपत्कालीन बैठकमा उहाँले भन्नुभयो ।       फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसङ्ख्या भएका क्षेत्रहरूमा वर्षाका कारण धेरै स्थानमा बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन निलम्बन गरिएको छ ।       आँधी उत्तरपश्चिमी दिशामा मुख्य भूमि चीनतर्फ बढेकाले यसको प्रभाव शुक्रबारसम्म जारी रहने अपेक्षा गरिएको छ । चीनको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको पूर्वी तटमा रहेको फुजियान प्रान्तमा बुधबार फेरी मार्गहरू बन्द गरिएको थियो र सबै रेल सेवा बिहीबारसम्म रोकिएको छ । 

काठमाडौं:     इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।      सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।      गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।      डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो ।       दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो ।       किबुत्ज निर ओजले भन्नुभयो, “हिजो राति सेनाको उद्धार कार्यमा दिवङ्गत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।” उहाँले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताउनुभयो ।       पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताउनुभयो । “आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवङ्गत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए ।”