पोखरा: कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् ।  विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्...

पोखरा:     इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो । विशेषतस् गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिम्मा पनि मेरै हातमा परेको र यसलाई कति न्याय गर्न सकें त्यो दर्शकले मूल्याङ्कन गर्नुहुनेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु  मैले नै निर्देशन गर्ने मौका पाएका पनि जनाउदै पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ९आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो । लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो । कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो र नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो ।    उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो  । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण  रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो । नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । नाटकको सह निर्देशक लक्ष्मण डुम्रे हुनुहुन्छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।

काठमाडौं:  भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।   यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गर्नुभएको हो । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ ।  म्यूजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।    बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो ।  भिडियो ‘डी मिङसो म्यूजिक’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । 

काठमाडौं:  पहिलोपटक मिस नेपाल प्रतियोगिता काठमाडौंबाहिर हुने भएको छ । द हिडन ट्रेजरले यस वर्षको संस्करणका सबटाइटल प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा गर्दैछ । संस्थाका निर्देशक प्रमोद कंसाकारले सब-टाइटल इभेन्ट पोखरामा गर्दा निकट भविष्यमा ग्राण्ड फिनाले समेत गर्न सजिलो हुने बताए ।   तीन दिनसम्म हुने सबटाइटल प्रतिस्पर्धामा २४ जना फाइनलिस्टले सहभागिता जनाउनेछन् । पोखरामा यस्तो कार्यक्रम गर्न हिडन ट्रेजरले आफ्ना प्रायोजक र विभिन्न निकायसँग छलफल चलाइरहेको छ । मिस नेपाल २०२३ को आवेदन खुला गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले पोखरामा कार्यक्रम गर्नेबारे संकेत दिएको थियो ।   पोखरामा कार्यक्रम गर्दा रिफ्रेस पनि हुने र त्यहाँको जैविक विविधताबारे पनि अध्ययन गर्न सकिने निर्देशक कंसाकारले बताए । यस वर्षको मिस नेपाल प्रतियोगिता जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । यसका लागि चैत १ गतेसम्म आवेदन खुला गरिएको छ ।   आवेदनको समय सकिएपछि सातै प्रदेशमा अडिसन आयोजना गरिएको छ । काठमाडौंको अडिसन मार्च १८ मा हुनेछ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

काठमाडौंँ:  अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा छनौट भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो ।  प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।   प्रियंका दर्जनौं फिल्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् भने इन्द्रलाल माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक हुन् । उनले फिल्मको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।   आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना हुने नेपाल फिल्म एण्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।  

काठमाडौँ:   बालबालिकामा निहित अभिनयलगायत विविध क्षमता प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने लक्ष्यले फागुन १ देखि ७ सम्म राष्ट्रिय बालनाटक मेला आयोजना गरिने भएको छ।  नाट्यकर्मी महासङ्घद्वारा आयोजना गरिने यस मेलामा सहभागी भएर उत्कृष्ट अभिनयलगायत विविध विधामा एक लाख रुपियाँ र अन्य २० विधामा पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ।  नाटक मेलामा सहभागिताका लागि देशभरबाट नाटक आह्वान गरिएको छ। मेलामा सहभागिताका लागि प्राप्त नाटकबाट अन्तिम प्रतिस्पर्धाका लागि २० वटा नाटक छनोट गरी मञ्चन गरिनेछ।  

पोखराः     पहिलो संस्करणमा नाटक समूह खोज्नु परेको नाटक महोत्सवमा तेस्रो नाटक महोत्सवमा भने अपेक्षा भन्दा नाटक समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ ।   पोखरा थिएटरमा जारी तेस्रो नाटक महोत्सवमा गण्डकी प्रदेशका २९ विद्यालयम मध्ये १९ छनोट हुँदै नाटक महोत्सवमा नाटक मञ्चन गरिरहेका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार’ भन्ने नारासहित माघ १४ देखि पोखरामा गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव पोखरा थिएटरमा सञ्चालन भईरहेको छ ।  नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले प्रत्येक दिन तीन विद्यालयले पोखरा थिएटरमा नाटक मञ्चन गरेका छन् । महोत्सवका पहिलो दिन प्रगति माध्यमिक विद्यालयले ‘करेसा कन्सर्ट’, व्यास दिव्यज्योति बोर्डिङ स्कुलले ‘गुलेली मास्टर’ नाटक मञ्चन गरेका थिए ।  यस्तै माघ १५ गते विन्ध्यवासिनी माविले ‘तुलसी’, बेनी सामुदायिक माविले ‘जल्न नसकेको लास’, नवदिप इ.बोर्डिङ स्कुलले ‘दूर देशको भिर गाथा’ नाटक मञ्चन गरे भने माघ १६ गते आज बाल मन्दिर माविले ‘आमाको माया’, विद्याज्योति माविले ‘मुक्ति’ र छोरेपाटन माविले ‘कन्यादान नाटक’ मञ्चन गरेको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।  भोलि माघ १७ गते १० बजे नेपाल नमुना माविले विदेश मोह, १ बजे रुद्रेपिपल माविले ‘जिम्मेवार’ र ३ः३० बजे हिल पोइन्ट स्कुलले ‘छुने नजर’ नाटक मञ्चन गर्ने निर्देशक परिवर्तनले बताए । नाटक महोत्सव माघ २१ गते सञ्चालन हुने भएपनि २३ गतेसम्म नाटक मञ्चन हुनेछ ।  नाटक महोत्सवका निर्देशक परिवर्तनले विद्यालय भनेको रङ्गमञ्चको मुख्य आधार भएको बताए । ‘अबको १० वर्षपछिको रङ्गमञ्च भनेको अहिलेको पुस्ता हुन जो अहिले विद्यालयमा अध्ययनरत छन्, परिवर्तनले भने, ‘रङ्गमञ्च धान्ने जनशक्ति उत्पादन गर्न सकेनौं भने यो उर्जाले काम गर्न सकिदैन, त्यसैले विद्यालय स्तरीय नाटक महोत्सव आयोजना गरेका छौं ।’ पाठ्यक्रममा समावेश नाटक विद्यार्थीले पठनीय विषयको रुपमा लिइरहेको उनले  बताए ।‘पाठ्यक्रममा समावेश गरिएको विषय विद्यार्थीले पठनीयको रुपमा लिएका छन्, उनले भने, ‘विद्यालयमा नाटक मञ्चन अध्ययन भइरहेको छ, उनीहरुलाई अध्ययनसँगै नाटक अभिनय गर्ने वातावरण प्रदान गर्ने उद्धेश्यले महोत्सव आयोजना गरेका हौं ।’ महोत्सवका निर्देशक परिवर्तनका अनुसार पहिलो संस्करणमा महानगरस्तरीय १० वटा नाटक मञ्चन गर्ने उद्धेश्य भएपनि ८ विद्यालयले मात्र सहभागिता रहेको जानकारी दिए ।  ‘पहिलो संस्करणको महानगरस्तरीय नाटक महोत्सवमा १० विद्यालयलाई छनोट गर्ने निर्णयका साथ अगाडी बढ्यौ तर ८ विद्यालयले मात्र सहभागिता जनायो, केही विद्यालयमा कक्षा नै सञ्चालन गरेर सहभागिता गराइयो भने, एक विद्यालयले स्वतः सहभागिता जनाएको थियो ।’ उनले भने । दोस्रो संस्करणमा भने महोत्सव गर्न विश्वभर फैलिएको कोरोना भाइरसका कारण थिएटरमा कार्यक्रम गर्न नमिले पनि भर्चुवल नाटकमा ४० विद्यालयले सहभागिता जनाएका थिए । तेस्रो संस्करणमा १२ वटा नाटक मञ्चन गर्ने उद्धेश्य लिएपनि २४ विद्यालयको सहभागिता भएपछि १२ विद्यालय छनोट गरेर नाटक मञ्चन गरेको उनले बताए ।  तेस्रो संस्करणमा गण्डकी प्रदेश, विद्यालय स्तरीय नाटक महोत्सवमा २९ नाटकबाट छनोट चरण पार्दै १९ विद्यालयको नाटक मञ्चन भइरहेको निर्देशक परिवर्तनले बताए । एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटकको रुपमा महोत्सवमा मञ्चन हुनेछ ।  वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले २९ बाट १९ नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले १० हजार पुरस्कारसहित नाटक मञ्चनको प्रमाणपत्र प्राप्त गर्नेछन् ।      

धनकुटाः    गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ। शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिनुभएको हो।  रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेका उपचारमा खर्च गर्ने जानकारी दिनुभयो। गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ।  घाइतेको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो। घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिनुभयो। 

काठमाडौँ:  बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् ।   हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् ।  शनिबार बिहान काठमाडौं आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएको बताइन्छ । कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन समेत गरेकी थिइन् । सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । फिल्म आइटम गीतमा उनको नृत्य समेत रहेको थियो ।

पोखराः   पोखरामा पुस २७ देखी अमरसिंह चौरमा सञ्चालन भएको ११ औं पोखरा महोत्सव सम्पन्न भएको छ । १४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागि नै महोत्सवको आयोजना गरेर अगाडि वढिरहदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी लाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद वहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि वढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो संधै साथ र सहयोग रहने बताए । महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक बिनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढिरहेको युनाइटेड क्लब संग आफ्नो संस्थाले  सामाजिक उत्तरदायित्व बहन गर्ने गरी सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । आर एस सी ट्रेडिङ प्रालिको बेटर होम एपलायन्सेस घरायसी सामाग्री उत्पादन संगै बिक्री गर्ने कम्पनी  रहेको वताउदै रौनियारले बेटर ब्राण्डबाट घरमा प्रयोग हुने राइसकुकर, प्रेसर कुकर, ग्यास चुलो, मिक्सचर ग्रयाण्डर, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, हिटरका साथै विभिन्न इलेक्ट्रोनिक्स आइटमहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको बताए । नेपालमै उत्पादन भएकोे आफुहरुको ब्राण्ड ग्राहकहरुको रोजाइमा पर्न सफल भएको वताउदै रौनियारले पोखराको आफ्नै स्थानिय कम्पनी भएको कारणले गर्दापनि पोखरेली जनताको साथ र सहयोग सधैझै उच्च स्तरमा रहने आशा समेत ब्यक्त गरे । व्यवसायीक संस्थालाई सामाजिक काम गर्ने संस्था युनाइटेड क्लब पोखरा संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्ता सामाजिक काममा आफ्नो  कम्पनीको साथ र सहयोग हुने समेत प्रतिवद्धता ब्यक्त गरे । जिल्ला डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको वताउदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको वताए । बन जैबिक विविधता मात्र नभएर शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लबको हरेक गतिबिधीमा आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो । अमरसिंह माबिका प्रधानाध्यापक तेजश्वी बरालले युनाइटेड क्लबले हाल सम्म लिएको उद्देश्यलाई प्राप्त गर्न सफल भएको र एघारौं पोखरा महोत्सव देखी पोखरा लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्य समेत पुरा हुनेमा आफु विश्वस्त रहेको बताए । अमरसिंह मावि हाल सम्म सवैको मनमा बस्न सफल विद्यालय बनेको वताउदै विद्यालयको  उन्नती र प्रगतीको लागि सवैको साथ र सहयोगको समेत अपेक्षा रहेको उनको भनाइ रहेको थियो । महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेभने लगभग १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । त्यसैगरी महोत्सव स्थलमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका थिएभने करिब १५ सय वालवालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए ।   महोत्सवमा लोकदोहोरी गायक संगै अन्तराष्ट्रिय ब्याण्डहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतले लोक दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुतीमा पोखरेली युवाहरुले भरपुर मनोरञ्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।