पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

गण्डकी:    कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किनुभयो । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाउनुभयो । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ बाटलगायत कविता सुनाउनुभयो । तीर्थले ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गर्नुभयो । सरुभक्तले तीर्थको कविता ‘आमा’ वाचन गर्नुभयो । तीर्थले सुरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ सुनाउनुभयो । कविता पाठसँगै दुवैले सिर्जन–कर्मका अन्तरकुन्तर पनि खोल्नुभयो । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ पोखराका साहित्यिक दौँतरी हुनुहुन्छ । विसं २०१२ सरुभक्त र २०१६ तीर्थको जन्म वर्ष हो । उहाँहरुको मित्रता भने ४५ वर्ष लामो छ । विसं २०३५ देखि तीर्थ र आफूबीच सङ्गत सुरु भएको सरुभक्तले बताउनुभयो । ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अथ्र्याउनुभयो । सरभक्तले पनि तीर्थको उक्त कवितालाई आफूहरुबीचको मित्रताको निशानीका रुपमा लिनुभयो । सरुभक्तसँगै विसं २०५५ तिर पञ्चासे–भञ्ज्याङ पुगेर फर्केपछि तीर्थले उक्त कविता लेख्नुभएको थियो ।  “पञ्चासेबाट फर्किँदा हिउँले बाटो सेताम्मे भएको थियो, गाउँलेले टेक्न दिएको लौरोले हिउँमा सुरुभक्तको नाम लेखेँ”, तीर्थले भन्नुभयो, “त्यो यात्राले कविता जन्मायो, कविता लेख्नै मलाई छ महिना लाग्यो ।” कवि तीर्थको उक्त कवितालाई छोटो तर शक्तिशाली मानिन्छ । साहित्यिक मञ्चमा उहाँले सुनाइरहने कवितामा पर्छ- ‘हिउँमा लेखिएका नामहरु’ । हिउँमा रमाउँदै पञ्चासेबाट फर्कँदाको तस्बिर अझै पनि आफूसँग सुरक्षित रहेको सुरुभक्तले बताउनुभयो । संरक्षण कविता आन्दोलनताका आफूसँगै तीर्थ, विक्रम गुरुङ र अनिल रञ्चितकार पञ्चासे पुगेको उहाँले सम्झनुभयो । सुरुभक्तले तीर्थसँगको मित्रताबारे पोखराबाहिर पनि चर्चा हुने गरेको बताउनुभयो । “कुनै विषयमा सहमति–असहमति हुनु बेग्लै कुरा भयो, नत्र हामीबीच जहिल्यै निःस्वार्थ र हार्दिक सम्बन्ध छ”, उहाँले भन्नुभयो । कवि तीर्थले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताउनुभयो । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उहाँले उल्लेख गर्नुभयो । पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ पर्यायवाची जस्तै हुनुहुन्छ । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुनुहुन्छ । दुई घण्टा बढी चलेको कार्यक्रमको सहजीकरण सङ्घका अध्यक्ष डा ईश्वरमणि अधिकारीले गर्नुभएको थियो ।  ‘दौँतरी’ शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध कविबाट गर्न पाउँदा गौरवको अनुभूति भएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘दौँतरी’को आउँदो भागमा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी छ । “वर्षमा दुई वटा शृङ्खला चलाउने सोचिरहेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।  RSS

काठमाडौं:  भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् ।   महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।   पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।   फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् ।   आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।   महिलातर्फ आलिया शीर्षस्थानमा   आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् ।   दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् ।   अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् ।   कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् ।   कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।

 नयाँ दिल्ली : सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ ।   निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । 'नाटु-नातु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो।   गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।'   यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।   ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।

पोखरा:    नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकी छन् । उपाधि सगैँ उनले नगद ५० हजार रुपैँयाको साथमा एक थान मोबाइल र बिभिन्न गिफ्ट  प्राप्त गरिन ।  शुक्रबार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन।  उनी हाल पोखरा २ मा रहेको लाभिन रेसिडेन्सियल स्कुलमा कक्षा ३ मा अध्ययनरत रहेकी  छिन् । उक्त प्रतियोगिताको फ्ष्ट रनर अफमा युना पुन,सेकेन्ड रनर अफमा अप्सरा क्षेत्री, तेस्रोमा दिब्या गुरुङ,चौथो रनर अफमा आयुसा पोख्ररेल ,भिवर च्वाईसमा सुजाता थापामगर, बेष्ट प्रर्फमरको उपाधि सिमा बिकले हात पार्न सफल भइन ।  जस अन्तरर्गत फष्ट र सेकेन्ड  रनरअफले  एक थान मोबाइल सेटको साथमा नगद  १० हजार रुपैयाँ प्राप्त गरे । १० ओटा चरणमा पार गरि  डान्सको फाइनल कार्यक्रम भएको हो।  ग्रान्ड फिनाले प्रतियोगिताको जर्जको रुपमा नृत्य निर्देशक एब्म कोरियोग्राफर  महेश गोदार,धमेन्द्र पौडेल, रोशनी छिनाल रहेका थिए ।  यस अघिका चरणहरुमा जर्जको रुपमा नायक तथा नृत्य निर्देशक बिजय तामाङ,नृत्य निर्देशन मनिष सिङ,सृजना आले,रक्षा कुँवर , जिफानका पुर्ब अध्यक्ष एब्म गुरुङ चलचित्रकि नायिका जसु गुरुङ र कोरियोग्रफर कमल गुरुङ रहेका थिए ।  कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका नृत्य प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु  निरन्तर हुनु आवश्यक रहेको जनाए । कार्यक्रमको मुख्य प्रयोजकको रुपमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक कमलराज खनाल,ब्यवस्थापक रोहन गुरुङले गरेका थिए ।

पोखरा:   नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ ।  मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको ‘उखान’ चलचित्र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने मिति तय भएको जानकारी दिएको हो ।  मगर कथानक चलचित्र ‘उखान’का कार्यकारी निर्माता मेक बहादुर आलेले हराउँदै गएको मगर समुदायको भाषा र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए ।  ‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जर्गेना स्वरुप चलचित्र निर्माण गरेका छौं, निर्माता आलेले भने, ‘ काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’  उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्ने समेत जानकारी गराए ।‘देशको विभिन्न जिल्लाहरुमा चलचित्र प्रदर्शन गर्ने तयारी अनुसार पोखरामा आएका छौं, चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छौं ।’ उनले भने ।  निर्माता आलेका अनुसारमा पोखरामा चैत २५ गते पोखरा १० भामरकोट पार्टी प्यालेसमा मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शन हुँदै छ । यस्तै चलचित्र निर्माण समूहले काठमाडौंमा भने चैत १८ गते प्रदर्शन हुने जनाएको छ ।  यस्तै चलचित्र ‘उखान’का निर्देशक प्रकाश कुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुवात भएको बताए ।  ‘मगर कथानक चलचित्र ‘उखान’, चलचित्र मगर भाषामा मात्र छैन, नेपाली र मगर भाषामा चलचित्र तयार भएको छ, दर्लामीले भने, ‘चलचित्र शहर केन्द्रित मात्र नभएर ग्रामीण क्षेत्रमा समेत चलचित्र प्रदर्शन गर्दै छौं ।’ एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’  प्रकाश कुमार दर्लामीको लेखन निर्देशन, कार्यकारी निर्माता मेकबहादर आले, सहनिर्देशक न्यूसन दर्लामी मगर, टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको निर्माता, निर्मला थापा मगर र सुनिता आले मगर सह–निर्माता र दिनेस परियार र प्रकाश कुमार दर्लामीको संगीतमा चलचित्र तयार भएको छ ।  चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), कविता आले, प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ, सुर्य बहादुर थापा, प्रबिन राई, ध्वज मगर, नन्द कुमारी एस्माली, उषा अर्मजा, आर्यन लामा, रुपक योगी र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ । 

 अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो ।    जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् ।   तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’   पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् ।   दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ । 

बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ।   वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।    जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ।    हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ।   सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।   शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।

मुम्बई: अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङको क्रममा उनी घाइते भएका हुन् । जसको जानकारी उनले आफ्नो ब्लग मार्फत दिएका छन् ।   उनले लेखेका छन् ‘करङको मांसपेशी च्यातिएको छ । सुटिङ रोकिएको छ । आवतजावत गर्न कठिन छ । धेरै दुख्छ । श्वासप्रश्वासमा पनि समस्या छ । केही औषधि दिइएको छ । निको हुन केही समय लाग्छ ।’   आफू जलसामा आराम गरिरहेको बताएका बच्चनले अहिलेको अवस्थामा फ्यान भेट्न नसक्ने भन्दै फ्यानलाई जलसामा भेट्न नआउन अनुरोध समेत गरेका छन् ।   ‘प्रोजेक्ट के’ का निर्देशक प्रशान्त नील हुन् । ‘प्रोजेक्ट के’ मा अमिताभको अलावा  प्रभास, दीपिका पादुकोण र दीसा पटानी मुख्य भूमिकामा छन् । 

काठमाडौं:  जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ ।   विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्म आगमी चैत २४ गते रिलिज हुने तयारीमा छ ।   सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला हो । फिल्ममा महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।   राजेश श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्मा सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।