मगर कथानक चलचित्र ‘उखान’, पोखरामा चैत २५ गते प्रदर्शन हुने

पाेखरा | फागुन २६, २०७९

मगर कथानक चलचित्र ‘उखान’, पोखरामा चैत २५ गते प्रदर्शन हुने

पोखरा:   नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ । 


मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको ‘उखान’ चलचित्र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने मिति तय भएको जानकारी दिएको हो । 


मगर कथानक चलचित्र ‘उखान’का कार्यकारी निर्माता मेक बहादुर आलेले हराउँदै गएको मगर समुदायको भाषा र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए । 


‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जर्गेना स्वरुप चलचित्र निर्माण गरेका छौं, निर्माता आलेले भने, ‘ काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’ 


उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्ने समेत जानकारी गराए ।‘देशको विभिन्न जिल्लाहरुमा चलचित्र प्रदर्शन गर्ने तयारी अनुसार पोखरामा आएका छौं, चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छौं ।’ उनले भने । 


निर्माता आलेका अनुसारमा पोखरामा चैत २५ गते पोखरा १० भामरकोट पार्टी प्यालेसमा मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शन हुँदै छ । यस्तै चलचित्र निर्माण समूहले काठमाडौंमा भने चैत १८ गते प्रदर्शन हुने जनाएको छ । 


यस्तै चलचित्र ‘उखान’का निर्देशक प्रकाश कुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुवात भएको बताए । 


‘मगर कथानक चलचित्र ‘उखान’, चलचित्र मगर भाषामा मात्र छैन, नेपाली र मगर भाषामा चलचित्र तयार भएको छ, दर्लामीले भने, ‘चलचित्र शहर केन्द्रित मात्र नभएर ग्रामीण क्षेत्रमा समेत चलचित्र प्रदर्शन गर्दै छौं ।’


एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’  प्रकाश कुमार दर्लामीको लेखन निर्देशन, कार्यकारी निर्माता मेकबहादर आले, सहनिर्देशक न्यूसन दर्लामी मगर, टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको निर्माता, निर्मला थापा मगर र सुनिता आले मगर सह–निर्माता र दिनेस परियार र प्रकाश कुमार दर्लामीको संगीतमा चलचित्र तयार भएको छ । 


चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), कविता आले, प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ, सुर्य बहादुर थापा, प्रबिन राई, ध्वज मगर, नन्द कुमारी एस्माली, उषा अर्मजा, आर्यन लामा, रुपक योगी र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्