पोखरा: सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कास्की प्रहरीले पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरेको छ । प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागी वडा प्रहरी कार्यालय बैदामको आयोजनामा आज ४० जना पाइलटहरुको मापस जाँच गरिएको गरिएको हो । प्रहरीले सडकमा सवारी चालकमात्रै होइन, तालहरुमा डुंगा चालकलाई पनि मापसे जाँच गरेको थियो । आज विहीबार पोखरा महानगरपालिका वडा नं. २३ पामे स्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरेरनगरेको सम्बन्धमा चेक जाँच गरिएकोमा कसैले मापसे। गरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ । सो अवसरमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र पाइलटहरुबीच सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।
पोखरा: पोखरामा पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते प्रतियोगितामा ४ वटा इभेन्ट हुने आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए । प्रतियोगिता ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा तय छ । पोखराको सेरोफेरोका पहाडका थुम्का हेर्दै दौडिने गरी रुट तय गरिएको श्रेष्ठले सुनाए । अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको उनले प्रष्ट पारे । दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लोक्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिन्छ । यस्तै, ५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ । यो प्रतियोगिता शान्ति स्तूप, भञ्ज्याङ, नागडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपैदीमै आएर सकिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेदी आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा आएर सकिनेछ । प्रतियोगिताका विजेता महिला र पुरुषले थाइल्यान्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने अवसर पाउने छन् । दोस्रो हुने महिला, पुरुषले १५ हजार र तेस्रो हुनेले ७ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा धावक हरि रोकायालाई नगदसहित सम्मान गरिनेछ । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । प्रदान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए ।
पोखरा: पोखरामा लागूऔषधसहित स्याङ्जाका दुई युवा प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई लागूऔषधसहित प्रकाउ गरेको हो । स्याङ्जाको वालिङ नगरपालिका ५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङ पोखरा ७ माछापुच्छ«े मार्गबाट २ हजार ३ सय ४० चक्की लागूऔषध नाईट्रोभ्याटसहित प्रकाउ परेका हुन् । गुरुङको कोठा खानतलासी गर्दा प्रहरीले लागूऔषध बरामद गरेको हो । । प्रहरीले बरामद गरेको लागूऔषध नाईट्रोभ्याट यस्तै स्याङ्जाको आधिखोला गाउँपालिका ५ स्थायी घर भएका २४ वर्षीय सुनिल पौडेललाई पोखरा १७ बरालफिटबाट लागूऔषधसहित प्रकाउ गरेको हो । प्रहरीले पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा नाईट्रोभ्याट ५३ चक्की लागूऔषध बरामद गरेको हो । प्रकाउ परेका दुवै युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । पोखराबाट पुम्दीभुम्दीस्थित शान्तिस्टुपा जाँदै गरेको नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घैयाखेतमा आज दुर्घटना भएको हो । बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटना हुँदा घाइते भएका सात जना मध्य उत्तम बहादुर गुरुङ, रिमा कार्की र बुद्धिराज सुवेदीको अवस्था गम्भिर रहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार यात्रुको नामावलीसहित अनिता थापा, बिनिता न्यौपाने, सीता शर्मा, उत्तम बहादुर गुरुङ, सुस्मिता तिवारी, बिशाल न्यौपाने, अजय त्रिपाठी, सुसान पौडेल, सीता शेर्पा, रेखा बस्नेत, समर बस्नेत, बिनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, तारा पराजुली, सुरक्षा रिमाल, चन्द्र प्रसाद पराजुली, गीता गुरुङ, राधिका थापा, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, बुद्धिराज सुवेदी, रेवती कार्की, ग्रीस थापा, कल्पना सिग्देल, बिबेक शर्मा, रोशनी बस्नेत, सीता गुरुङ, सृष्टी गुरुङ, सुवाश गुरुङ रहेका छन् ।

