नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

मोरङ:   नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।” उहाँले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्नुभयो । गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राख्नुभयो ।

हेटौडा:   बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ।  आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।   यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।   दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो।  नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन भएको हो।  अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए। 

हेटौंडा:   बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा “विभिन्न कारणले आफूले जिम्मेवारी निरन्तर बहन गर्न नसक्ने अवस्था रहेको” जनाइएको छ । खड्काले आफूले जिम्मेवारी सम्हाल्दै आएको अवधिमा सधैं निष्ठापूर्वक काम गर्न प्रयास गरेको उल्लेख गरेका छन् ।  पदबाट राजीनामा दिएर सांसद खड्काले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् ।  यस अघि बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए। संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिएको राजिनामा मुख्यमन्त्री लामाले स्वीकृत नगरि पदबाट बर्खास्त गरेका थिए । 

संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।   शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय  विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।   सो विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।   यो विधेयक आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित छ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।  भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।   सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।  त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा.तोषिमा कार्कीलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।   त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।  दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले भेट गरेको छ ।  महासङ्घका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो ।  उनीहरूले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताए ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”

पोखरा: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम्  विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्धारा आज पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित  श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोकोमा जोड थियो ।       नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै समाजको गुणात्मक परिवर्तनका लागि आप्mनो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गर्नु हुने उहाँ पारिवारिक सहादलको इतिहासमा नेपाली लेनिन भएको बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी संगठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकवान नेता पुष्पलालले देख्नु भएका सपना पुरा गर्नु आजको आवश्यकता भएकोमा नेता अधिकारीको जोड थियो ।      उहाँले भन्नुभयो, मुलुकको अवस्थामा परिवर्तन भइसकेको छ र अवको आवश्यकता भनेको जनताको गणतन्त्र नेपालको सुदृढीकरण तथा बैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिष्टहरुलाई मात्र नभई लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्न सके मात्र पुष्पलाल प्रति सच्चा श्रद्धाञ्जी हुने छ ।      नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले यो मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले वाहेक अरुले गर्न नसक्ने वताउनुभयो । सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकवद्ध एवम् संगठित भएर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो ।      एमाले पोखरा महानगरपालिकाका अध्यक्ष जिवन आचार्यले विकट स्थानमा जन्मेर पनि पुष्पलाले नेपालको कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकाप्रति  चर्चा गर्नुभएको थियो । कार्यक्रममा महानगर उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना र सचिव शुशिल वस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिकाका सम्वन्धमा प्रकाश पार्नुभएको थियो ।      सो अवसरमा अध्ययन केन्द्रको अग्रभावमा रहेको पुष्पलाल र कास्कीका कम्युनिष्ट आन्दोलनका धरोहर वलराम उपाध्यायको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तह र तप्कामा रहनु हुने नेतागण, कार्यकर्ता एवम् सर्वसाधारणको सहभागिता रहेको थियो । त्रिदिवसीय कार्यक्रम अन्तर्गत पाँच गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल  स्मृति पार्कको सरसफाई र राष्ट्रिय युवा संघद्धारा सातगते विहान पृथ्वीचोकमा खुल्ला रक्तदान र पार्टी उपमहासचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा साईमनमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।              

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए । उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको जिकिर गरे । सार्वजनिक विवादमा आएका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए । अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने भन्दै उनले राजनीतिक तहमा नै छानबिन हुनुपर्ने माग गरे । उनले सदनमा निरन्तर छानबिन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अव सडकबाट दबाब दिने चेतावनी दिए । आफ्ना माग पुरा नभएको भन्दै राप्रपा सांसदहरूले समेत सदन बहिष्कार गरेका छन् ।