पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:     पोखरा उद्योग वाणिज्य संघको ७० औं  अधिवेशन तथा ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ ।  ३५ औं महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।   संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशनमा अध्यक्षका पत्यासी अर्जुन पोखरेलले आफ्नो प्यानलबाट पदाधिकारीको नामसहित उमेदवारी घोषणा गरे ।  पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कर्माचार्य, उपाध्यक्ष (उद्योग)मा दिनेश चन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य)मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, उपमहासचिवमा बालकृष्ण कोइराला र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहेका छन् । 

पोखरा:  लेखनाथमा क्रियाशिल आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ दोहोरिएका छन् ।   २७ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनबाट पदम अध्यक्षमा निर्वाचित भएका हुन् ।   सो समितिको उपाध्यक्षमा ओम प्रकाश गुरुङ चुनिए । यस्तै सचिवमा सन्तोष गुरुङ, सहसचिवमा उद्दव गिरी र कोषाध्यक्षमा विष्णु हमाल निर्वाचित भए ।   यसैगरी कार्यसमिति सदस्यहरुमा  कर्ण बहादुर गुरुङ, राजिव भण्डारी, ओम प्रकाश कुमाल, कृष्ण कुमाल, विनोद गुरुङ र सञ्जय पौडेल चयन भएका छन् ।   सो समितिले विविध कारणले रोकिएको आदर्श कप फुटबल प्रतियोगिता को २५ औं संस्करणको प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको नवनिर्वाचित अध्यक्ष पदम गुरुले जानकारी दिए ।   यस्तै उक्त समितिले सामाजिक दायित्वलाई गम्भीरतापूर्वक बहन गर्दै सामाजिक, संस्कृतिक, जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।   भण्डारढिकमा त्रियाशिल रहेको उक्त क्लब विगत लामो समयदेखि खेलकुदसँगै सामाजिक क्षेत्रमा सक्रिय रहदैं आएको छ ।

पोखरा:     नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ ।  पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो ।    प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् ।   मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै  अन्य क्यान्सरको परीक्षण  र होलबडी परीक्षणको प्याकेजसमेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए  ।  रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस÷इन्सेफ्लाइर्टस प्यानललगायतका परीक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । ‘हामीले गुणस्तरमा पनि उत्तिकै जोड दिएका छौं’, जोशीले भने ।  २०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले पोखरासहित देशका नौै सहरमा शाखा विस्तार गरेको छ ।  काठमाडांै, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् ।  जसमध्ये काठमाडौं र बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बि’ ग्रेड मा सूचिकृत छ ।   संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने ।  पोखरामा नेशनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धि परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नमुना परीक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्की बताउछन् ।  प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निशुल्क जाँचको व्यवस्था मिलाइएकोे  पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए ।  ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए ।  नेशनल प्याथ ल्याबले काठमाडौंमा ८ सय बढी इनहाउस परीक्षण सेवा दिदैं आइरहेको छ । नमुना परीक्षण, कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो प्रयोगशाला हो ।  पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएका छन् । शुभारम्भको अवसरमा होल बडी चेकअपका लागि दुई हजार रुपैैयाँको अफर ल्याएको ल्याबले प्याकेजमा विशेष छुट दिएको छ ।  

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।  स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा आगामी भदौ ६ देखि १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो । महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी विशाल शिवजीको मूर्ति, बुद्धमूर्ति, ज्योतिलिङ्गसहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र गरिने योजना रहेको महायज्ञका संरक्षक एवं माछापुच्छ्रे–२ का वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।   “यस क्षेत्रको धार्मिक पर्यटन वृद्धिका लागि यहाँका बासिन्दाले आस्था राख्नुहुने अन्य धार्मिक क्षेत्रलाई पनि जोड्ने र प्रवर्द्धनको उद्देश्य महायज्ञको छ । माछापुच्छ«े हिमालको सुन्दर पृष्ठभूमिमा सुन्दरमूर्ति निर्माण हुनेछन्”, उहाँले भन्नुभयो ।   भराभरीको ढुङ्गाखानी, खारपानीको तातोपानी, खैमराङको महादेव मन्दिर तथा भुर्जुङखोलामा अवस्थित शिवालय मन्दिर र ट्रेकिङ जानेहरूका लागि प्रसिद्ध गन्तव्य तारा हिलटप यस क्षेत्रका स्थानीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रूपमा रहेका छन् ।   आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले महायज्ञबाट रु चारदेखि पाँच करोडसम्म रकम सङ्कलन हुने अपेक्षा गरिएको बताउनुभयो । शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका–२ वडा कार्यालय रहेको छ ।   श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ ।  महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण सङ्घसंस्था, आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागिपरेको बताइन्छ ।   माछापुच्छ«े माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले समग्र कास्की जिल्लावासीकै अर्को आकर्षणको केन्द्र बनाई पोखरा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको बसाइ अवधि लम्ब्याउन धार्मिक क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल)ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो ।  उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा विश्वस्त छु।’ कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो । मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको, स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी तालिमका साथै बाल सुधार गृह र कारगार निरिक्षण, कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । प्रदेश न्याय सेवा आयोग गठन र प्रदेश कानुन निर्माण भएपछि स्थानीय अदालत गठन हुने विषय संविधानले उल्लेख गरेको जनाउँदै उहाँले संघीयता खर्चिलो भएको भनिरहँदा स्थानीय स्तरमा अदालत पुग्दा झनै खर्चभार बढाउनेतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशलाई सशक्त बनाउनुपर्ने तर देशको व्ययभार घटाउन मुख्य न्यायाधिवक्ताहरुको भेलाबाट सरकारलाई सुझाव प्रदान गरिएको पनि बताउनुभयो । नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ । कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

पोखरा:    लायन्स क्लब अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ ।  बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरियो । लायन्स क्लब ३२५ आई डिष्ट्रकका डिस्ट्रीक गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको बताए ।   फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त ठाउँमा घुम्न आउने पर्यटकलाई बिश्राम लिनका लागि सहज हुने र लायन्स क्लबले निकै मेहनतका साथ वृक्षारोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागि समेत बारको ब्यवस्था गरेकोमा खुसी ब्यक्त गरे । सो अवसरमा बोल्दै कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले चौतारा निर्माण संगै ब्यवस्थित रुपमा गुल्महरका विरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे । सुुर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियो भने विरुवाको संरक्षणको लागि समेत बांसको बार लगाइएको थियो ।  सो अवसरमा कोमागाने पार्क ब्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्ण कुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर प्रेम दाहाल, वातावरण प्रमुख डासिराम सापकोटा लगायतको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राबत तामाङ गोम्जाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए । 

पोखरा:   गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए ।  ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।  “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने ।  नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले गौरवपूर्ण अतीतले भरिएको उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको उनले बताए ।  मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको बताए । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण भएको भनाई उनको छ ।  भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले प्रशंसा गरेका छन् ।  ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ । 

पोखरा:   ‘पर्यटकीय राजधानी पोखरा’ हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब सञ्चालनमा आएको छ ।  बैशाख २८ गतेदेखि नै सञ्चालन आएको गामबेसी पोखरा रोधि क्लबको औपचारिक शुभारम्भ भने भदौ १ गतेदेखि गर्न लागेको सञ्चालक नरबहादुर थापाले बताए ।  ‘पोखरा पाकृतिक सौन्दर्यताका साथै कला र सस्कृतिले भरिपूर्ण शहर हो, पोखराको लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको रुपमा पर्दछ’, थापाले भने, ‘पोखरा लेकसाइडमा आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिन हामीले सामूहिक रुपमा हल्लचोकमा गामबेसी रोधि क्लब सञ्चालनमा ल्याएका छौं, भदौ १ गतेदेखि औपचारिक रुपमा शुभारम्भ समेत गर्दै छौं ।’   उनले औपचारिक शुभारम्भको अवसरमा भदौ १ देखि ८ गतेसम्म शुभारम्भ विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको बताए ।  शुभारम्भ विशेष सांगीतिक कार्यक्रममा भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निञ्चल दवाडी, बबिता बानिया जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा विसी, रेशम निर्दोष, बालचन्द्र बराल, ईश्वरसिंह, सुमन थापा, इन्द्र गुरुङ, सीता परियार, गगनसिंह गुरुङ र ज्योति लोहनीको प्रस्तुति रहने छ ।  यस्तै गामबेसी पोखरा रोधि क्लबका नियमित कलाकारहरुको समेत प्रस्तुति रहने छ । लोक तथा दोहोरी गीतको माध्यमबाट उपस्थिति दर्शकलाई मनोरञ्जन दिँदै देश विदेशसम्म चिनाउनका लागि साथै पोखरा लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि सहयोग पु¥याउने क्लबले जनाएको छ ।   

पोखरा:     पोखरामा २ दोहोरी साँझ र एक क्लबाट ७ जना बालिकाको उद्धार गरिएको छ ।  रात्रीकालिन व्यवसायमा बालिकालाई काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार मंगलबार राति पोखराको चिप्लेढुङ्गास्थित गाउँ शहर दोहारी साँझबाट २ जना, साईनो साँझबाट २ जना र पोखरा–९ स्थित क्लब डी बाट ३ जना बालिकाका उद्धार गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाभित्र सञ्चालित रात्रीकालिन व्यवसायमा अनुगमन गर्दा काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरेको हो ।