तनहुँ: तनहुँमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आले रहेका छन् । उनले आफ्नै घरबाट लागुऔषध विक्री गर्ने सुचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आलेलाई ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान पक्राउ गरेको हो । उनलाई लागुऔषधसम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं: टी– विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टी– विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे) खेल सुरु हुनेछ । विश्व कपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका आएको थियो । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसबीचमा नेपालले वेस्ट इन्डिजामा पनि ३ अभ्यास खेल खेलेको थियो । वेस्ट इन्डिजामा विनवार्डस् भोल्क्यानोजसँगको ३ खेल नेपालले २–१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग दुवै खेल जितेको थियो । चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीनै खेल गुमाएका थिए भने क्यानाडासँगको खेल पनि गुमाउने सम्भावना रहेको छ । दोस्रो वार्म अप खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ । जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।
चितवन: गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । जेठ १३ गतेको नगरपालिकास्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । खोप अभियान स्थगित अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए । अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुनेछ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल र युरोपियन युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा महत्वपूर्ण छलफल भयो । भेटका क्रममा मुख्यमन्त्री अधिकारीले युरोपिन युनियन नेपालको आर्थिक विकासमा निकै महत्वपूर्ण साझेदार भएको बताउनुभयो । ‘गण्डकी प्रदेश प्राकृतिक र साँस्कृतिक रुपमा धनी प्रदेश हो, हाम्रा प्राथमिकतामा पर्यटन, विद्युत, पशुपालन, कृषि वनमा आधारित र सुगन्धित वनस्पति साथै चिया कफीको प्रवद्र्धन समावेश छन्’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यी क्षेत्रमा व्यापार र लगानी बढाउन सहकार्य गर्न गण्डकी प्रदेश सरकार इच्छुक रहेको उहाँले खुलाउनुभयो । गण्डकी प्रदेशको मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, गोरखा र लमजुङका पहाडी क्षेत्रहरुमा बाख्रा पालनको प्रचुर सम्भावना रहेको र त्यसबाट गुणस्तरीय पश्मिनाको उत्पादनको लागि उन उपलब्ध गराउन सकिने मुख्यमन्त्री अधिकारीको भनाई थियो । युरोपियन युनियन र नेपालले यो बर्ष ‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ कुटनीतिक सम्बन्धको ५० औं बर्षगाँठ मनाइरहेका बेला भएको भेटमा राजुदुत लोरेन्जोले जलवायु परिवर्तनले पारेको असर तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा चासो व्यक्त गर्नुभयो । जलवायु परिवर्तन तथा वातावरण प्रदुषणका कारण पोखरा आउँदा हिमाल हेर्न नपाएकोमा राजदुत लोरेन्जोले चिन्ता व्यक्त गर्नुभयो । ‘मेरो श्रीमान् दूईपटक पोखरा आउनुभयो, उहाँले दुवैपटक हिमाल हेर्न पाउनुभएन’ लोरेन्जोले गुनासो गर्नुभयो । प्रदुषणका कारण पोखराको सौन्र्दयतामा आएको ह्रासले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने सक्ने आशंका उहाँको थियो । ईयूले गर्दै आएको सहयोग र सहकार्य निरन्तर गर्दै जाने उहाँले बताउनुभयो । भेटका क्रममा राजदुत लोरेन्जोले गर्नुभएको प्रतिवद्धता र देखाउनुभएको चासोप्रति मुख्यमन्त्री अधिकारीले आभार व्यक्त गर्नुभयो । युरोपियन युनियन र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो । युरोपियन युनियनको सहयोगमा नेपालमा विभिन्न परियोजना संचालनमा छन् ।
चितवन: चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ(मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हाम्रा चितवन सम्वाददाता राजेन्द्र आचार्यले जनाएका छन् । काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६÷१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित एक रेष्टुरेन्टमा महिला र होटल सञ्चालकसहित कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङका ३ जनालाई पक्राउ गरेको छ । पोखरा घर भई घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई जवरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङ ३ जना युवालाई जेठ ११ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घान्द्रुकस्थित अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरन्टमा झैझगडा भएको सूचनाका आधारमा प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीको टोलिले बागलुङको जैमिनि नगरपालिका घर भएका २८ वर्षीय भीम थापा, ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षीय तेज हमाललाई पक्राउ गरेको हो । घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई ईच्छा विपरित नाच्न लाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीहरुले सम्झाउँदा उल्टै बियरका बोत्तल तथा लाठ्ठी प्रहार समेत गरेर उनीहरुले घाइते बनाइएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सार्वजनिक, हित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्र्तगत अभद्र व्यवहार सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आईतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’ विषयक परिसंवाद कार्यक्रममा महामन्त्री लामिछानेले प्रेस कसरी गलत सावित गर्न सकिन्छ भनेर केही पक्ष लागिरहेको बताएका हुन् । ‘कहीँ न कहीँबाट हस्तक्षेप भइरहेको छ । कुनै न कुनै माध्यमबाट कुनै न कुनै शक्तिले प्रेस जगतलाई कसरी गलत सावित गर्न सकिन्छ भनेर लागि रहेको छ,’ उनले भने, ‘प्रेस माथि अहिलेको परिस्थितीमा यहीँ नै सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको छ । प्रेस स्वतन्त्र हुनुपर्नेमा उनको जोड थियो । ‘प्रेस स्वतन्त्रता रहेन भने प्रजातन्त्र पनि रहदैन र प्रजातन्त्र रहेन भने हामीले स्वतन्त्र प्रेसको कुरा पनि गर्न सक्दैनौ,’ उनले भने, ‘त्यसैले हामी सजग हुनु जरुरी छ ।’ अहिलेको अवस्थामा भाषागत त्रुटी, पत्रकारितको मर्यादा विपरितको काम, समाजिक सञ्जाल, मिथ्या सूचना, पूर्वाग्राही भएर समाचार लेखिनु पछिल्ला समयको प्रेस माथिको चूनौती रहेको उनले सुनाए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पत्रकार र पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको बताइन् । यो अवस्थामा उनले पत्रकारलाई यो क्षेत्रमा टिकाइराख्ने खालका योजना तथा कार्यक्रम बनाएर प्रेस युनियन अघि बढ्नुपर्ने सुझाव दिइन् । नेपाली कांग्रेस पार्टी र शुभेक्छुक संस्था प्रेस युनियनबिच छलफल र सहमतिको आवश्यक रहेको उनले सुनाइन् । नेपाली कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले पत्रकारिता क्षेत्रमा पत्रकारलाई टिकाउनै समस्या रहेको बताइन् । सबै क्षेत्रबाट प्रेस जगत चपेटामा परिरहेको अवस्थामा सिर्जनात्मक काम गर्दै अघि बढ्न उनको सुझाव थियो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपाल पत्रकार महासंघको निर्वाचनाका लागि प्रेस युनियनका सदस्य एकजुट भएर तयारी लाग्नुपर्ने बताए । केन्द्रले शुद्धिकरणका विषयमा गरेका निर्णयमा चनाखो भएर निर्णय लिनुपर्नेमा उनको जोड थियो । पत्रकारिता क्षेत्रमा देखिएका चूनौति सामना गर्न प्रेस युनियन तयार रहेको र आफ्ना सदस्यको पेशागत सूरक्षाका विषयमा जानकार रहेको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस प्रचार प्रसार विभागका केन्द्रीय सदस्य गंगाधर पराजुली र राजबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकीका सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, नेपाल प्रेस युनियनका सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी रविन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, उपाध्यक्ष माधव रेग्मी, महासचिव प्रकाश ढकाल, सदस्य सुभाष पौडेल, राष्ट्रिय समाचार समिति गण्डकी प्रमुख बासुदेव पौडेल, प्रेस युनियन कास्की अध्यक्ष बासुदेव मिश्र, उपाध्यक्ष ज्योती हमाललगायतले प्रेस माथिको चूनौति सामाना गर्न प्रेस युनियन तयार हुनुपर्नेमा जोड दिएका थिए । नेपाल प्रेस युनियनका देशभरका शाखाले आईतबार स्थापना दिवस मनाएका छन् । २०४८ साल जेठ १३ गते तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको दिनलाई नेपाल प्रेस युनियनले स्थापना दिवसका रुपमा मनाइरहेको छ ।
काठमाडौं: नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो । पुरुष भलिबल लिग यही वर्ष माघ–फागुन भित्रमा गर्ने तयारी रहेको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । पहिलो संस्करण काठमाडौंमा आयोजना गरिने र त्यसपछि होम एण्ड अवेका आधारमा देशका विभिन्न शहरमा आयोजना हुने संघले जनाएको छ । लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालिबीच आइतबारै सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ७ वर्षको रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसार पुरुष भलिबल फ्रेन्चाइज लिगको सम्पन्न गर्न लाग्ने खर्च केडिया ग्रुपले व्यहोर्ने छ । यस्तै केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्नेछ । नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।
काठमाडौं: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताका विषयमा भ्रम फैलाइएको भन्दै वास्तविकता सर्वजनिक गरेका छन् । सिरोहियालाई संकटकालको समयमा जसरी जेठ ९ गते कान्तिपु मिडिया ग्रुपको कार्यालयबाट कथित नागरिकता विषय नामक अभियोग लगाएर गिरफ्तार गरिएको थियो । सिरोहियालाई जेठ ११ गते धनुषा जिल्ला अदालतले थप तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो । ४ दिनसम्म थुनामा रहंदा सिरोहियाको स्वास्थ्यमा गम्भीर अवस्था देखिएका कारण ११ गते राती उनलाई अस्पताल भर्ना गरिएको छ । सिरोहियालाई पुनः भोलि सोमबार अदालतमा उपस्थित गराउने बताइएको छ । यस्तो छ, सिरोहियाले जारी गरेको वक्तव्य -कैलाश सिरोहियाको नागरिकतामाथि उठेको प्रश्न र वास्तविकता मेरा पिता २००९ देखिनै जनकपुर उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्थ्यो, निरन्तर २०३४ सम्म यो पदमा हुनु हुन्थ्यो। पिताजीले २०१८ सालमा नागरिकता प्राप्त गर्नु भएको हो । त्योबेला नागरिकताको प्रकार तोकिएका थिएनन्। म २०१९ मंसिर २९मा जन्मिएको हुँ । नागरिक बुबाको छोरा बंशजको नागरिक हुने नेपालकोकानुन हो । तर मेरा दाजुहरु पिताजीले नागरिकता प्राप्त गर्नु अघि जन्मिएकाले उनीहरुको नागरिकताको प्रकार फरक भएको हो। २०३३/३४मा नागरिकता वितरण टोलि आएको थियो, टोलीले बालिगलाई नागरिकता दियो भने नाबालिगको पनि बिवरण संकलन ग¥यो । अहिले मेरो नागरिकताको प्रमाणपत्रमा पनि २०३३÷३४को अभिलेख अनुसार भनेर लेखिएको छ । मैले २०३६ भदौ २५मा नागरिकता प्राप्त गरेको हुँ । नागरिकतामा ३९६९८८८६ नम्बरको नागरिकता लिएको हुँ । त्यही नम्बरको नागरिकता अरु कसैको नाममा जारी भएको छ भने त्यो सरकारी कार्यालयको कमजोरी हो। मैले २०५७ असोजमा नागरिताको प्रतिलिपि लिएको हुँ । आवश्यक विवरण फाँटवाला भर्ने कर्मचारीले पहिलेजस्तै उमेर १८ वर्ष लेखेका छन् । तर, नागरिकता प्रमाणित गर्ने अधिकारीले कोष्टभित्र (२०१९।८।२९) लेखेका छन् । थपिएको अक्षरमा हस्ताक्षरले बन्द गरेका छन् । हस्ताक्षर गर्ने तत्कालिन प्रशासकिय अधिकृतले उक्त हस्ताक्षर मेरो हो भनेर प्रष्ट पारि सक्नु भएको छ । गृह मन्त्रालयको अधिकारीको रुपमा भर्खरै अवकाश पाएका उनलको फोन नम्बर ९८५११९८३९६ हो । यसलाई किर्ते भनेर बदनाम गरिएकोछ, धरपकड गरिएकोछ । योप्रतिशोध हो। मेरो नागरिकताको अभिलेख सरकारी अभिलेख (ढड्डा) माभेटिएको छैन भनिए को छ । मैले २०३६ मा नागरिकता लिएपछि त्यसैका आधारमा राहदानी, राष्ट्रिय परिचयपत्र, मतादाता परिचयपत्र, चालक अनुमतिपत्र लगायतका प्रमाणपत्र प्राप्त गरेकाछु । अझ मैले राष्ट्रिय परिचयपत्र बनाउन राष्ट्रिय परिचयपत्रको कार्यालय काठमाडौंमा निवेदन दिएपछि सोकार्यालयलेमेरोनाम, जन्मस्थान, जन्म मिति, नागरिकता नम्बर, पारिवारिक विवरण लगायतका अभिलेखबारे जानकारी लिन सात बुँदे जानकारी मागेको थियो। जिल्ला प्रशासन कार्यालय धनुषालेयी सबैविवरण दुरुस्त रहेकोभन्दैजवाफ पठाएपछि मैले २०७९ फागुन १५मा राष्ट्रिय परिचयपत्र पाएको हुँ । १५ महिनाअघिसम्म मेरो सम्पूर्ण अभिलेख धुनषा जिल्ला प्रशासन कार्यालयमा थियो र अहिले हराएको छ भने कस्कोस्वार्थमा यो बदमासी भएको हो ? कसैको प्रतिशोध लिन राज्यका कुनै अधिकारीलेनै अभिलेखमा क्षति पु¥याउँछ भने त्यो गम्भीर कानुनी प्रश्न हो।

