पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:  नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वपूर्ण २ अंक जोड्यो। नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ। नेपालको जितमा आसिफको अर्धशतक अनि दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ जितलो प्रमुख कारण बन्यो। जितको लागि १ सय ४१ रनको चुनौती पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो। नेपालले बलिङमा राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा ललित राजवंशीले मेडन ओभर बलिङ गरे। दोस्रो ओभरमा सोमपाल कामीले मुहम्मद वासिमलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। वासिम १ रनमा आउट भए। चौथो ओभरको युएईले समाप्तिमा १ विकेट गुमाएर १४ रन बनाएको थियो। पाँचौं ओभरको दोस्रो बलमा नन्दन यादवको बलमा अलिसन सराफुको ब्याटमा कनेक्ट हुन नसकेको बलमा दीपेन्द्र र कप्तान रोहित पौडेलले क्याच छुटाए। त्यसपछि सराफुले सोही ओभरमा छक्का र चौका प्रहार गरे। उनी क्रिजमा जमे।पाँचौं ओभरमा ११ रन र छैटौं ओभरमा १५ रन जोडेर युएईले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ४० रन जोड्यो। सराफुले ३४ बलमा नन्दनलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे। सराफु र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे। १९ रनमा ओपनर जोनाथन दीपेन्द्रको बलमा आउट भए। त्यसपछि दीपेन्द्रले नै सराफुको महत्वपूर्ण विकेट लिए। उनी १४ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए। ४० बलमा ५८ रन जोडेर पबिलियन फर्किए। लगतै हर्षित कौशिक २ रनमा गुलशन झाको बलमा नन्दनद्वारा क्याच आउट भए। त्यतिखेर युएईले ४ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो। १६ औं ओभर रोमाञ्चक बन्यो। यो ओभरमा नेपालले २ विकेट झार्यो। ७ रन बनाएका राहुल चोपरालाई दीपेन्द्रले उत्कृष्ट शैलीमा रन आउट गरे। लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५।३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो। युएईलाई यतिखेर जितको लागि २६ बलबाट ४५ रन जरूरी थियो। जहाँ १७ औं ओभरमा युएई १५ रन जोड्न सफल रह्यो। नन्दनको १९ औं ओभरमा युएईले १२ रन जोड्दा नेपाल दबाबमा आयो। तर अन्तिम ओभर अत्यन्त रोमाञ्चक बन्यो। अन्तिम ६ बलमा युएईलाई जितका लागि १० रनको आवश्यकता थियो। अन्तिम ओभरमा दीपेन्द्र बलिङमा आए। तेस्रो बलमा परासरले छक्का प्रहार गरे। बाँकी ३ बलमा ३ रन जरुरी थियो। जुन संभव हुन सकेन । चौथो बलमा परासर ३२ रन बनाएर सन्दीप जोराद्वारा क्याच आउट भए। पाँचौ बलमा हैदरलाई जोराले रन आउट गराए। अन्तिम बलमा जाहिद अली १ रन लिएर अर्को रन लिने क्रममा रन आउट भएको छ। यो सँगै नेपालले १ रनको जित हात पारेको छ। बलिङमा दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। सन्दीप, गुलशन र सोमपाल समान विकेट लिंदा युएईका ३ खेलाडी रन आउट भए। त्यसअघि ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहितले टस जितेर ब्याटिङको निर्णय गरे। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन रन बनायो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो पावर प्लेमा ४५ रन जोडे। नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल आउट भए। २६ बलमस २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर हर्षित कौशिकको बलमा एलबिडब्लु धरापमा परे। त्यसपछि रोहित क्रिजमा छिरे। आसिफसँग मिलेर ३९ रनको साझेदारी गरेपछि रोहित २० रनमा आउट भए। उनी मोहम्मद रोहिदको बलमा मोहम्मद फारूकको बलमा क्याच आउट भए। त्यसपछि ४५ बलमा आसिफले अर्धशतक बनाए। ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ५१ रन जोडेर आउट भए। उनी धुव्र परासरको बलमा बोल्ड आउट भए। यतिखेर नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो। त्यसपछि बाँकी ४ ओभरमा नेपालले ३७ रन जोड्यो। दीपेन्द्र मात्र १ ,गुलशन १४ र कुशल‌ मल्ल १० रनमा आउट भए। गुलशनले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। सन्दीप जोर ४ र सोमपाल ६ रनमा नटआउट रहे। बलिङमा जुनेद सिद्दिकी, मोहम्मद रोसिद, जाहिद अलि, हैदर अलि, हरिश कौशिक र धुव्र परासरले समान विकेट लिए। सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ। युएई र कतारको २ अंक छ। अब नेपालले भोलि कतारसँग खेल्नेछ। आज भएको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराउँदै महत्वपूर्ण २ अंक जोडेको छ। ओमानले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन जोड्यो। जवाफमा १ सय ७३ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो।

काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।  महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ ।  “उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।”   चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप महरामाथि  लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।  विद्युतीय चुरोट (भेप)मा लुकाएर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने गिरोहलाई सहयोग गरेको आरोप महरामाथि छ । महरालाई सुन तस्करी प्रकरणमा बिहीबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।  भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए ।     

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ धितालमा दिपावलीको अवसरमा भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।   माछापुच्छ्रे गाउँपालिका ६ बुदुनेखोलास्थित खहरे खेलमैदानमा कात्तिक १ गतेदेखि ३ गतेसम्म खहरे युवा क्लबले गाउँस्तरीय  पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।    सो प्रतियोगिताको विजेतालाई नगद रु २२ हजार २ सय २२, ट्रफिसहित मेडल प्रदान गरिने क्लबका अध्यक्ष नवीन गौतमले जानकारी दिए । उनका अनुसार उपविजेता हुने टिमले नगद रु रु १२ हजार २ सय २२, ट्रफिसहित मेडल प्राप्त गर्नेछ ।   प्रतियोगितामा सहभागिता जनाउनका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको गुरुङले बताए । उनका अनुसार टिम दर्ता फोन मार्फत (९८६४४२२६५५, ९८०८३०५८४० र ९८०५८०९९२९) पनि गर्न सकिनेछ ।   सो प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रमकोसमेत प्रस्तुती रहने आयोजकले  जनाएको छ ।   

पोखरा:   पोखरा महानगपालिका–१४ सेती दोभानमा गत सोमबार भेटिएको शवको पहिचान अझै हुन सकेको छैन् ।  पोखरा–१४ सेती दोभानमा गत सोमबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा अन्दाजी ४५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका थिए ।  सेती दोभान जाने भीर मुनी अचेत अवस्थामा फेला परेका पुरुषलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले अचेत अवस्थामा फेला परी मृत्यु  भएको पुरुषको सनाखत हुन नसकेपछि आज (आइतबार) सामाजिकमा हुलिया र तस्वीर राख्दै चिनेजानेको भए सम्पर्कमा आउन आग्रह गरेको छ । 

ढोरपाटन:   बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्नुहुन्छ । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल बिहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त हुनुहुन्छ । अहिले उहाँको दैनिकी रोट बनाउने र बिक्री गर्नमै बित्ने गरेको छ । मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थाल्नुभएको हो । अहिले उहाँले उत्पादन गरेको रोट बागलुङमा ब्राण्ड बन्दै गएको छ । मन्दिरमा आउने हरेक दर्शनार्थीले मल्लले रोट बनाएको हेर्छन् । कतिले किन्छन् त कतिले रोट बनाएको देखेर मुख मिठाउँदै फर्किन्छन् । भगवान्लाई चढाउने रोट मल्ले बनाउन थालेपछि कालिका मन्दिरसँगै म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका अन्य मन्दिर पनि यहाँबाट किनेर लैजाने गरेका छन् । डम्मरले आयातित प्रसाद रोक्न छ वर्ष अगाडिदेखि यहाँ रोट बनाउन थाल्नुभएको हो । बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाइन्थ्यो । लामो समय मिठाई, नरिवललगायत अन्य प्रसाद चढाउन थालिएको कालिकामा अहिले फेरि रोट चढाउन सुरु भएको छ । पहिले पूजाअर्चना गर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकामा अहिले मल्लको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्लो व्यवसायी हुनुहुन्छ । भगवान्लाई स्थानीय उत्पादन नै चढाउनुपर्छ भन्ने उद्देश्यले रोट बनाउन थालेको मल्ल बताउनुहुन्छ । पहिले हरेक नागरिकले मन्दिरमा पूजा गर्न आउँदा रोट ल्याउने गरेको स्मरण गर्दै त्यो परम्परालाई पुनः फर्काउनुपर्ने उहाँले बताउनुभयो । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादका रूपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लको भनाइ छ । दुईतीन वर्ष अगाडिसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि पछिल्लो समय युवायुवतीले पनि चढाउन थालेका उहाँले सुनाउनुभयो ।  “कालिकामा रोट चढाउने त पुरानो प्रचलन हो, मौलिकता हो, तर पछिल्लो समय धेरैले बाहिरबाट ल्याएको प्रसाद चढाउन थाले, त्यसले गर्दा रोटको महत्व घटेको थियो, अहिले फेरि धेरैमा रोट चढाउनुपर्छ भन्ने सोचको विकास भएको छ”, मल्लले भन्नुभयो, “यहाँ बनाउने रोट शुद्ध हुन्छ, केही मिसावट हुँदैन, भक्तजनलाई उहाँहरूकै आँखा अगाडि रोट बनाएर दिन्छौँ, अहिले त धेरैले रोट चढाउनुपर्छ भनेर आउनुहुन्छ, विस्तारै रोट चढाउने थिति बस्दैछ ।” मल्ले रोट बनाउन थालेपछि सुरुमा बिक्री हुँदैनथ्यो । उहाँलाई स्थापित हुन निकै गाह्रोसमेत भएको थियो । तर अहिले मल्लको व्यवसाय फस्टाउन थालेको छ । अहिले पनि मन्दिरमा हजारौँ भक्तजन आए पनि सीमितले मात्र रोट चढाउने गरेका छन् । तर यसबाट मल्ल भने सन्तुष्ट रहेको बताउनुहुन्छ । मल्लले दसैँ अवधिमा मात्र रु दुई लाखको रोट बिक्री गर्नुभयो । हरेक दिन ५० देखि १०० रोट बिक्री हुने उहाँले सुनाउनुभयो ।  चामलको पीठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । प्रतिगोटा रोटलाई चार सयका दरले बिक्री गर्ने गरेको मल्लले सुनाउनुभयो । वार्षिक रु सात लाखबराबरको रोट बिक्री हुने उहाँको भनाइ छ । रोट बिक्री गरेर भगवान्को सेवा गरेको भन्दै यहीबाट आफ्नो परिवार चलाएको मल्लले बताउनुभयो । पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा आउन थालेको छ । मन्दिर आउने बुढापाकाले रोट खोजेरै चढाउन लैजाने गरेका छन् ।

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।  

झापा:   झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ थान राइफल म्यागजिनसहित भएको पुष्टि गरे।  उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।

कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन गरेका बलबहादुर विक र गंगा बुढा क्षेत्रीले केशरको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए । हत्यामा संलग्न विक र बुढा क्षेत्री मृतकको टाउको बोकी सोही वडाको प्रतिखेतस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ ।  बीभत्स घटना भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन् ।  मृतक बुढाका बाबुआमा सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनस्थित घरमा बस्दै आएका छन् । सुर्खेतबाट मृतकका आफन्तहरू आइपुगेपछि शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया सुरु हुने अवस्थीले जानकारी दिए ।