पोखरा: असार १५ गते मनाइने धान दिवसको अवसरमा पोखरामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको छ । पोखरा महानगरपालिका–२६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको हो । परिषद्ल् हरेक असार १५ को अवसरमा पोखराको विभिन्न स्थानमा रोपाइ महोत्सव गर्दै आएको छ । महोत्सवको अवसरमा विदेशी महिला÷पुरुष हिले दौड, लठो तान्ने, स्थानीय महिला÷पुरुष हिले दौड, लठो तान्ने, पत्रकारबीच हिले दौड, रोपाई प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । फोटो फिचर
काठमाडौं: सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सदनमा सङ्घीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएको हो।उक्त प्रस्तावमा प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो। विधेयक पारित भएपछि सभामुख घिमिरेले सङ्घीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दु बन्ने बताउनुभएको छ।
कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय ! यो बजेट शब्दको ठेट नेपाली समकक्षी थाहै भएन मलाई लाग्छ यो शब्द हाम्रै बोलिचालीको ‘रकम’ सँग नजिक छ सुन्दै रङ्गिन लाग्ने रकम जो छ साथैमा सधै ‘कम ’ भन्ने विशेषण बोकी हिड्छ, लुखुर/लुखुर एउटा आश्चर्य ! यो रकम सफाचट / टाइसुटधारी सुटकेसधारी / लुटकेसधारी सफा साडिवाला / महङ्गो गाडीवाला पुटुक्क पुष्टिएको पेट भोगटे झै भुक्क परेको गाला गलाको महङ्गो माला सबै सबैलाई सधै कम लाग्ने गर्छ अर्को आश्चर्य यो रकम यति पक्षपाती छ कि सजिव भन्दा निर्जिव हुदाखाने भन्दा हुनेखाने जिवित भन्दा मृत कामको भन्दा नामको मामको भन्दा दामको समिप बस्छ प्रत्येक साल तसर्थ दिन्छु भनेर ठोकुवा नगर्ने लुते रकम हरेक बर्ष दिइने छ / मिलाइने छ / देखाइने छ पोस्याइने छ / लुकाइने छ लुटाइने छ / लुटिइने छ भन्दै अदृश्य भविष्यको कल्पना मात्रै गर्छ तर दिने कसरी / कस्लाई / किन ? केही बोल्दैन जिउन सङ्घर्ष गर्नेहरुको हुर्मत तिर्ने रवाफी रकम प्रत्येक वर्ष पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ हरेक साल मृत मदन, स्वर्गबासी सान्दाजु सान्दाजुको पनि भाई पुष्पलाल, गणेशमान हुदाँहुदाँ जिउदो हुदाँ अकुत कुम्ल्याएको खुम बहादुर जी पनि आफ्नो भागमा रकम छुट्याउन सक्छन् विडम्बना ! सर्वहाराको सवालमा खुसुक्क बोल्छ एकपाँऊ मल / त्यति नै जति बिऊ एकदुई पत्ता सिटामोल एक पुरिया जिवनजल स्कुले नानीहरुलाई म्याद नाघेको एकपोका चाउचाउ किरै सराबरिको मैदा / आटाको रकम छुट्याइने छ र...कम छुट्याइने ।
कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । “महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ”, उहाँले भन्नुभयो, “शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।” यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।
काठमाडौं: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।
पर्वत: पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते हुनुभएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।
पोखरा: काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम गत दुई वर्ष देखि सञ्चालन गर्दै आएको छ । कुनैपनि विद्यामा स्नातकोत्तर गरिसकेकाहरुको लागि ल्याईएको उक्त कार्यक्रममा आदिवासी ज्ञान, सिप, संस्कृति, भाषा, मुल्य, मान्यता, विकास र समग्र शिक्षा प्रणालीको सन्दर्भमा समालोचक सोच, चिन्तन र विचार निर्माण गर्ने र एक्काइसौँ सताब्दिमा आवश्यक सिप र क्षमताको विकास गर्ने उद्देश्य रहेको छ । आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम, विकास शिक्षा विभाग, स्कूल अफ एजुकेशन काठमाण्डौ विश्वविद्यालयले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रमको बारेमा जानकारी दिएको हो । सो अवसरमा बोल्दै आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम संयोजक उप प्रध्यापक डा. लिना गुरुङले विश्व परिवेशमा विकसित भएको औपचारिक र आधुनिक शिक्षाको परम्पराले परिस्थिति जन्य र सन्दर्भ अनुसारको आदिवासी तथा स्थानिय ज्ञान, विश्वास, विश्वदृष्टिकोण, प्रविधि, कला, भाष, मूल्य मान्यता र संस्कृतिलाई कहिल्यै पनि शिक्षाको विषयवस्तुको रुपमा ग्रहण गर्न नसकेका कारण उक्त ज्ञानहरु लोपन्मुख अवस्थामा पुगेको वताउदै नेपालको परिवेशमा पाश्चात्य ज्ञान प्रणाली र शैक्षिक अभ्यासले सिर्जना गरेको बौद्धिक तथा मिमांसिय अन्याय भोग्नुपरिरहेको अवस्थामा काठमाण्डौ विश्वविद्यालयले उक्त तथ्य र परिस्थितिलाई मनन गरेर नेपालमा आदिवासी शिक्षा र विकासमा एक वर्षे स्नातकोत्तर कार्यक्रम ल्याएको बताइन । जलवायु परिवर्तनले प्राकृतिक वातावरणमा ल्याइरहेको संकटसँग जुध्न पनि आदिवासी ज्ञानको प्रवर्धन गर्न विज्ञानको सिमितताको विकल्पमा आदिवासीय तथा स्थानिय ज्ञान तथा परम्पराले जलवायु अनुकुलन तथा न्युनिकरणको लागी महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसलाई मध्यनजर गरी आदिवासीय ज्ञानलाई प्रवद्र्धन गर्न समेत उक्त कार्यक्रमले योगदान पु¥याउने उप प्रध्यापक गुरुङले बताइन । एक वर्षे स्नातकोत्तर कार्यक्रम मार्फत आदिवासीहरुको भाषा, संस्कृति ज्ञान, परम्परालाई अध्ययन अनुसन्धान गर्ने दस्तावेजीकरण गर्ने, साँस्कृतिक संवेदनशीलतालाई बुझ्न सक्ने, सचेत निर्णय गर्न सक्ने, पैरवी गर्न सक्ने, नीति तथा कार्यक्रमहरुको विश्लेषण गर्न सक्ने क्षमताको विकास र विद्यार्थीहरुमा यस अनुरुपको क्षमता विकास गर्न सहयोग पुग्ने समेत गुरुङको भनाइ छ । विश्व परिवेशमा उठिरहेको दिगो विकासको अभियानमा नेपाल पनि सहभागी भइरहेको सन्दर्भमा आदिवासी तथा स्थानिय ज्ञानले दिगो प्राकृतिक स्रोत साधनको व्यवस्थापन र जैविक विविधताको संरक्षण गर्न समेत सहयोग पुग्ने बताउदै गुरुङले दिगो वातावरणीय, सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासको लागि पनि आदिवासी तथा स्थानीय ज्ञानको प्रवर्धन र विकास गर्न आवश्यक रहेको बताइन । स्नातकोत्तर कार्यक्रमले तात्कालिन तथा दुरगामी महत्वलाई मध्य नजर गरेर नेपालको शिक्षा तथा विकासको क्षेत्रमा वैकल्पिक ज्ञान र परम्परालाई अगाडि बढाउन टेवा पुग्ने उनको भनाइ छ । त्यस्तै अर्का सह–प्राध्यापक डा. इन्द्रमणी राइले आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न करियरका सम्भावनाहरुको ढोका खोल्ने बताए । कार्यक्रम मार्फत अनुसन्धानको पद्धति, विधि र सिपमा जोड दिने भएकोले विद्यार्थीहरु आदिवासी तथा स्थानिय परिवेशमा साँस्कृतिक सम्वेदनसिलताको साथ अनुसन्धान गर्ने अनुसन्धानकर्ताको रुपमा विकसित हुन सक्ने, शिक्षण सिप र क्षमता पाठ्यक्रम निर्माण तथा मुल्याङकन विधि र प्रकृयाको बारेमा दक्षता प्राप्त हुने हुनाले शिक्षक वा पाठ्यक्रम निर्माताको रुपमा आफुलाई विकास गर्न सक्ने, संयुक्त राष्ट्र संघिय निकायहरु सरकारी तथा गैर सरकारी निकाय, वित्तिय संस्थाहरु, बहुराष्ट्रिय निकायहरु आदिमा आदिवासी विज्ञको रुपमा कार्य गर्न सक्ने राइले बताए । नेपाल र विश्व परिवेशमा आदिवासीय मानव अधिकारका सवालहरुमा सचेत निर्णय गर्न सक्ने र अर्थपूर्ण नीतिगत परिवर्तनका लागि सचेत सामाजिक अभियान्ताको रुपमा स्थापित भई सामुदायिक विकास, संरक्षित क्षेत्र, साँस्कृतिक सम्पदाको संरक्षणको क्षेत्र, कानुनी लगायतका क्षेत्रहरुमा रोजगारी प्राप्त गर्ने वा सृजना गर्ने सक्ने सम्भावनाहरु रहेको राइको भनाइ थियो । सेमेष्टर प्रणाली अन्तर्गत अनलाईन मार्फत कक्षाहरु सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा सहभागी हुन चाहलेले काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन वेबसाइट (जततउकः÷÷कयभम.पग.भमग.लउ÷बउउथि–लयध–दबअजभयिच–उमनभ–mबकतभच) मार्फत समेत जानकारी लिन सक्ने उप प्रध्यापक राइले बताए ।
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो । सो अवसरमा बोल्दैै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक कामलाई समेत अगाडी बढाएकोमा एकेडेमी प्रति आभार प्रकट गर्दै जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढ्नुनै अहिलेको आवश्यक्ता रहेको योगीको भनाइ रहेको थियो । मदन भण्डारीलाई जनताले मानेको एक नेता भएकाले भण्डारीको बिचारलाई अंगीकार गरि मदन भण्डारी स्पोर्टस एकेडेमीले दिन दुखीको सेवामा लागि परेको र दिन दुखीको सेवामा आफुपनि लागि पर्ने समेत बताइन । मानव रहित सडक निर्माणका लागि मानव सेवा लागि परेको र त्यसका लागि सम्पूर्ण संघ संस्था ब्यक्तिहरुले सहयोग गर्नुपर्नेमा उनको भनाइ थियो । मानव सेवा आश्रम पोखराका प्रमुख सदिश पुनले मदन भण्डारी स्पोर्टस एकेडेमीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रम छोरेपाटनमा आश्रिम आमाहरु र बालकबालिका लागि खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । मदन भण्डारी कम्युनिष्ट आन्दोलनको धरोहर र उहांको मार्गनिर्देशनमा अगाडी वढ्दै दिन दुखीको सहयोगमा समेत स्पोर्टस एकेडेमी लागि परेकोमा एकेडेमी प्रति पुनले आभार प्रकट गरे । पुनका अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखामा एक सय जना आमा तथा बालबालिका र हेम्जा शाखामा १ सय ७० जना आश्रित रहेको र उनीहरुको लागि स्वदेश र विदेशमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खाने र बस्ने र उपचारको ब्यवस्था मिलाइएको समेत बताए । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले मनद भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदका गतिविधी संगै सामाजिक सेवामा समेत अगाडी वढिरहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
काठमाडौं: पूर्व राष्ट्रपति विद्या भण्डारीले अब पुनस् एमालेमा रहेर पाटीको राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनु भएको छ । मदन भण्डारी फाउन्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रमा पूर्वराष्ट्रपति भण्डारले यस्तो घोषणा गर्नु भएको हो । ”फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा ९एमाले० मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । संवोधनको क्रममा भण्डारीले भन्नु भयो । त्यसै गरी उहाँले जननेताले भण्डारीले स्मरण गर्दै अगाडि भन्नुभयो जननेता भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् ।साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । विधयादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति) ले मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा गर्नुभएको सम्बोधनको पूर्ण पाठ विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री, मदन भण्डारी फाउण्डेशनका संरक्षक तथा नेकपा ९एमाले० का अध्यक्ष श्री केपी शर्मा ओलीज्यू, पूर्व उप–प्रधानमन्त्री तथा नेकपा९एमाले० का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू, नेकपा (एमाले) का उपाध्यक्षहरूसहित सम्पूर्ण पदाधिकारीज्यू, नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ताहरू,सञ्चारकर्मीहरू, यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू । आज २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्ती ! यदि उहाँ अहिलेसम्म जीवित हुनुभएको भए आज उहाँको उमेर ७४ वर्षको हुने थियो । उहाँका युगान्तकारी विचार र ऐतिहासिक योगदानप्रति गहिरो सम्मान प्रकट गर्दै सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्ने उहाँको दूरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नै पर्दछ । अन्यथा, जननेताद्वारा प्रतिपादित नवीन सिद्धान्त अनुरूपको सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया सफल पार्ने उद्देश्यले बाटो बिराउनेछ र उहाँको सपना अधुरै रहनेछ । आजको यस कार्यक्रमका सन्दर्भमा म जननेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईहरूको साथमा म आफू पनि सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु । जननेताको जन्मजयन्तीको सन्दर्भ पारेर आजका दिन मदन भण्डारी फाउण्डेशनले ‘जबजका तीन दशक’ शीर्षकमा विचार गोष्ठीसहित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह आयोजना गरेकोमा सराहना गर्दै यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । मदन जयन्तीका सन्दर्भमा मुलुकभर भइरहेका विविध कार्यक्रमहरूको भव्य सफलताको लागि समेत शुभेच्छा दिन चाहन्छु । म आफैँ संस्थापक रहेको मदन भण्डारी फाउण्डेशनले आफ्नो स्थापनाका २६ वर्ष पूरा गरेको छ । कुनैपनि व्यक्तिको युवावयमै निधन हुनु र उसको नाममा संस्था स्थापना गरेर सञ्चालन गर्नुपर्ने परिस्थिति आउनु असाध्यै दुःखको विषय हो । विडम्बना ! नेपालका एक विचारक जसले मुलुकका निम्ति नयाँ विचार जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्नु भयो, त्यसलाई आफ्नो पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित गराउनु भयो, त्यसमाथि छिमेकी मुलुक भारत तथा चीनको भ्रमण गरेर अन्तर्राष्ट्रिय जगतमा विमर्श चलाउँदै हुनु हुनुहुन्थ्यो र मुलुकमा कम्युनिष्ट आन्दोलनको विकास तथा विस्तारका निम्ति सघन रूपमा कार्यक्रममा सहभागि हुँदै जनता एवम् पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तीब्र पार्दै हुनुहुन्थ्यो, यस्तै राजनीतिक व्यस्तताका बीच उहाँ सवार जीप २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्यो र उहाँले आफ्नो जीवन गुमाउनु पर्यो । मदन भण्डारी फाउण्डेशनको यात्रा यस्तै दुःख र पीडाका बीचबाट सुरु गर्नुपरेको थियो । मदन भण्डारी फाउण्डेशनलाई एउटा संस्थाका रूपमा भन्दा पनि जननेताका विचारलाई देशभर फैलाएर त्यसलाई स्थापित गराउने र देशमा सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने एउटा अभियानको रूपमा म परिभाषित गर्न चाहन्छु । यो फाउण्डेशनको यस्तो अभियान जारी राखिरहनु पर्दछ भन्ने मेरो गहीरो विश्वास समेत रहेको छ । यो अभियानका साक्षी र पहलकर्ता यहाँ उपस्थित धेरै हुनुहुन्छ भने नवपुस्ताले समेत सञ्चार माध्यमबाट जानकारी लिएकै होला भन्ने मैले अपेक्षा लिएको छु । यस संस्थालाई आज एउटा प्रतिष्ठित सामाजिक संस्थाको रूपमा र पवित्र उद्देश्य लिएको अविचलित अभियानकर्ताका रूपमा विकास गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा श्री केपी शर्मा ओलीसहित नेकपा ९एमाले० का नेता तथा कार्यकर्ताको योगदानको म सराहना गर्दछु । साथै, यस अभियानमा साथ दिने आम जनता, लब्ध प्रतिष्ठित व्यक्ति, सञ्चारजगत लगायत सबैको प्रशंसा गर्दै भविष्यमा पनि विगतमा झैँ सहयोग प्राप्त भइरहने विश्वास लिएको छु । जननेताको निधनले पार्टीको वैचारिक निरन्तरता र नेतृत्व विकासमा अस्थायी झट्का पुर्याए पनि शोकलाई शक्तिमा बदलेर नेकपा ९एमाले० ले जबजलाई क्रान्तिको कार्यक्रम तथा मार्गदर्शक सिद्धान्तको रूपमा थप समृद्ध पार्दै यसकै आलोकमा आज आफूलाई मुलुकको राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सक्षम भएको छ । जबजले अवलम्बन गरेका राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक नीति, दृष्टिकोण र सोच अन्तरगत नै बितेका तीन दशकमा नेपालको राजनीति, अर्थतन्त्र र समाज लाभान्वित बनेर सकारात्मक परिणामहरू देखा परेका हुन् । यस बीचमा मुलुकमा निरङ्कुशता लाद्ने दुष्प्रयासलाई निस्तेज पार्न, उग्रवामपन्थी जडसूत्रवादी चिन्तनद्वारा पोषित सशस्त्र द्वन्द्वलाई समाप्त पारेर त्यसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वाचनका माध्यमबाट संस्थागत गरिकन यसलाई सुदृढ तुल्याउन नेकपा ९एमाले० ले आत्मसात गरेको सिद्धान्तबाट नै सफलता मिलेको हो । नेपालको लामो राजनीतिक संक्रमणकाललाई समाप्त पारेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त भएको यो सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै हो । अहिले नेकपा ९एमाले० का अध्यक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रूपमा रहको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लागिरहनु भएको छ । म यसमा खुसी व्यक्त गर्दै यस अभियानको सफलताको निम्ति शुभकामना दिन चाहन्छु । जबज कुनै विदेशी सिद्धान्तको नक्कल होइन, बरु नेपाली जनताको जीवन, सामाजिक संघर्ष, ऐतिहासिक सन्दर्भ र भविष्यप्रतिको सामूहिक आकांक्षाबाट उत्पन्न एक नवीन र सृजनात्मक राजनीतिक विचार हो । त्यसैले, हामी यसलाई नेपाली माटोमा उत्पत्ति र विकास भएको एक मौलिक राजनीतिक–वैचारिक सिद्धान्तका रूपमा स्वीकार गर्दछौँ । नेपालको माटोमा जन्मेको मौलिक सिद्धान्त जबजको प्रकाशमा मुलुकमा सामाजिक–आर्थिक विकासका क्षेत्रमा अहिलेसम्म प्राप्त भएको सफलता महत्वपूर्ण भएपनि हाम्रो लक्ष्यको सापेक्षतामा यो आंशिक उपलब्धी हो । अझै पनि मुलुकमा वर्गीय असमानता, क्षेत्रीय विषमता, भ्रष्टाचार, जातिय विभेद, लैङ्गिक असमानता, अवसरवाद र अराजकतावादजस्ता सामाजिक, आर्थिक एवं राजनीतिक विकृति र विसंगतिहरू यथावत छन् । समाजको रूपान्तरणका बाधक यस्ता समस्याहरू अन्त नगरी नेपाल समुन्नत बन्न सक्दैन । जबजले समाजवादमा पुग्ने मार्गका रूपमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गर्दै विशिष्ट बाटो निर्माण गरेको छ । यो मार्क्सवाद आधारित गतिशील विचार हो, जसलाई समय, समाज र चेतना सँगसँगै समृद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता छ । व्यावहारिक प्रयोगको कसीमा खारिँदै यो सिद्धान्त झनझन् सुदृढ हुँदै जानेछ । यसर्थ जबज आज पनि मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि उत्तिकै सान्दर्भिक र दिशानिर्देशक रहेको छ । यसका लागि जबजको थप प्रभावकारी कार्यान्वयन र जननेताले देखाउनु भएको राजनीतिक निष्ठा, समर्पण, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहारजस्ता गुणहरूको अनुशरण गरिनु अपरिहार्य छ । नेपाललाई एक स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र भएको विकसित राष्ट्र बनाउने सपना साकार पार्न सुशासनप्रति अडिग आस्था, नतिजामूलक कार्यक्रमहरू र जनमुखी व्यवहार जबजको आगामी यात्राका मुख्य आधार बन्नुपर्ने आवश्यकता छ । मुलुकको भविष्यको महत्वपूर्ण आधार आजका बालबालिका, नव–पुस्ता र युवाहरु नै भएकाले उनीहरूलाई आवश्यकता अनुसार गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशिलता प्रदान गर्नुपर्ने खाँचो छ । साथै, विज्ञान र प्रविधिको विकासमा शैक्षिक संस्था र प्राज्ञिक निकायले विशेष ध्यान दिनु पर्दछ । विचार र व्यवहारको दूरी कम गर्ने, नारा र नतिजा बीचको अन्तर घटाउने अनि भविष्यप्रतिको जनताको विश्वास सुदृढ गर्ने अभियान कुनै सामान्य सुधार होइन, बरु यो त जबजलाई युगानुकूल कार्यान्वयन गर्ने गहन र ऐतिहासिक जिम्मेवारी हो । हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दुई मुलुकसँगको हाम्रो सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नु पर्दछ । अब, आजको यस अवसरमा राजनीतिक संघर्ष र अभियान सम्बन्धी मेरा केही व्यक्तिगत अनुभव, अनुभूति र प्रसङ्ग उल्लेख गर्न चाहन्छु । म विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियूको सम्पर्कमा रहेँ, त्यसमा संगठित भएँ र २०३५÷०३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनदेखि त विद्यार्थी राजनीतिमा मेरो सक्रियता झनै सघन हुँदै गयो । अनेरास्ववियुका विभिन्न कमिटीमा आबद्ध भएँ र क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएर विद्यार्थी हक, हित र अधिकार प्राप्तिको अभियानमा केन्द्रित भएँ । त्यसो त तत्कालिन नेकपा(माले)को त्यसबेलाको नीति अन्तर्गत अगुवा विद्यार्थी नेता कार्यकर्तालाई पार्टीमा जोडेर लैजाने परिपाटीले मलाई पार्टी राजनीतिमा समेत जोडिसकेको थियो । अर्थात्, मुलुकमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लादिएको बेलादेखि नै म सँगसँगै नै अनेरास्ववियु र पार्टीको समेत कार्यकर्ताको रूपमा भूमिका निर्वाह गर्नुपर्ने परिवेशबाट अगाडि बढेको थिएँ । नेपाली जनताको अथक संघर्षको बलमा २०४६ सालमा प्राप्त भएको बहुदलीय राजनीतिक प्रणाली पछिको खुल्ला राजनीतिक वातावरणले व्यक्तिका जिम्मेवारी र भूमिका बहनका सन्दर्भमा बेग्लै परिस्थिति निर्माण भयो । मदनसँगको वैवाहिक जीवन, त्यस पछि उहाँसँगको सहयात्रा र नयाँ राजनीतिक परिवेशले मेरो दायित्व बेग्लै ढङ्गले अगाडि बढ्न खोजिरहेको थियो । उहाँको व्यस्त राजनीतिक जीवनलाई सहज बनाएर आफू पारिवारिक दायित्व अलि बढि लिने कुरा परिस्थितिले माग गरेको थियो । तर नेकपा ९एमाले० का तत्कालिन महासचिव समेत रहनु भएका जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दूर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले अर्कै मोड लिन पुग्यो । पार्टीले मलाई विभिन्न जिम्मेवारी दिने, संसदीय निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेपछि राजनीतिक क्षेत्रमा मेरो सक्रियता बढ्दै गयो । संसदीय मोर्चा र पार्टीको जिम्मेवारी सँगै बहन गर्नुपर्ने अवस्था सिर्जना भयो । नेकपा (एमाले) को उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकै परिवेशमा २०७२ सालमा राष्ट्रपतिको लागि हुने निर्वाचनमा पार्टीले मलाई उम्मेद्वारको रूपमा प्रस्तुत गर्यो र म राष्ट्रपतिमा निर्वाचित भएँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष मैले देश र जनताको सेवामा फरक ढङ्गले क्रियाशील हुनुपर्ने अवस्था बन्यो । त्यस जिम्मेवारीमा रहँदा मैले देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेँ र मेरो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम गरिँन । यो किताबको खुल्ला पाना जस्तै छर्लङ्ग छ । पार्टीको विश्वासका कारणले नै म त्यो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएको हुँ । यसका निम्ति म पार्टी नेतृत्व र सिङ्गो पार्टी परिवारलाई पुनः धन्यवाद समेत दिन चाहन्छु । आफ्नो मातृभूमि र जनताको फरक ढङ्गले सेवा गर्नुपर्ने दायित्वबाट म बाहिर आएको दुई वर्ष बढि भएको छ । यसबीचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु । मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो । त्यसैले, यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ । म राष्ट्रपतिको भूमिकाबाट बाहिर आएदेखि र अलि पछि त सघन रूपमा नै भविष्यमा मेरो सामाजिक तथा राजनीतिक जीवनको बारेमा सञ्चारजगत र पार्टीको कार्यकर्ता पंक्तिबाट समेत चासो राखेको पाएको छु । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरा बारेमा चर्चा परिचर्चा भइरहेको देखेको छु र पढेको छु । सार्वजनिक सरोकारका यी विषयहरूलाई मैले गहन रूपमा चिन्तन–मनन गरेको छु । अनि एउटा निष्कर्षमा समेत पुगेको छु । त्यस विषयलाई आज मैले यहाँ स्पष्ट पार्नुपर्दछ भन्ने मलाई लागेको छ । जननेता मदन भण्डारीको अवसानबाट पार्टी र म समेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौँको संसदीय उप–निर्वाचनमा प्रतिपस्पर्धी बनायो । यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा–बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ । जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ । जनताको छोरीको रूपमा मैले सोहि बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ । देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालयतहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले) मा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ । वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् । मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहँ । जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ । यस्तो महत्वपूर्ण दायित्व पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा ९एमाले० सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामू एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास समेत लिएको छु । धन्यवाद । २०८२ साल असार १४ गते शनिबार ।

