काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालले आजै भएको पहिलो सेमिफाइनलमा मलेसियालाई पराजित गरि फाइनलमा स्थान बनाएको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो । नेपाल र सिंगापुरबीचको फाइनल खेल आगामी शनिबार हुनेछ ।

पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ ।  पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४ सयभन्दा बढी युवालाई व्यावसायिक तालिम दिने योजनाबारे जानकारी गराए ।  सीप सिकेर स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई प्रदेश सरकारले सिट मनीको व्यवस्था गरेको जानकारी उनले गराए । आव २०८२ र ०८३ को बजेटमा उक्त व्यवस्था गरिएको भनाई उनको छ ।  आर्थिक कमजोर भएकालाई प्रदेश सरकारको साथ रहने उनले उल्लेख गरे । बैंकबाट समेत सस्तो ब्याजमा ऋण उपलब्ध गराउन प्रदेश सरकारले नै सिफारिस गरिदिने व्यवस्था गरिएको उनले जानकारी गराए । उनका अनुसार काम गरेर सानो कोहि हुँदैन श्रमको सम्मान गर्न जान्ने व्यक्ति नै अगाडि बढ्छ । समापन कार्यक्रममा बोल्दै युवा प्रशिक्षार्थी पुष्पा पहारीले तालिमले आफूजस्ता आर्थिक रूपमा कमजोर पृष्ठभूमिका युवाहरुलाई आशा र विश्वास दिएको बताइन्। उनले भनिन्, “केही बन्छु, केही गर्छु भन्ने आत्मविश्वास जागेको छ। आधुनिक सिकाइ प्रविधिबाट सिक्ने मौका पाएको छु। अब सिकेको सीपलाई राम्रो ठाउँमा लगानी गर्नेछु।” कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका नि.केन्द्र प्रमुख डिल्लीराज सुवेदीले तालिम उत्साहजनक रूपमा सम्पन्न भएको बताए । स्वावलम्बी बन्ने यात्रामा तालिमले टेवा पुग्ने विश्वास उनको छ ।  उनले पछिल्लो ३ महिने तालिममा मोबाइल मर्मत, प्लम्बिङ, सिलाई–कटाई, ब्युटी पार्लर, फेसन डिजाइन, सैलुन, मण्टेश्वरी, कुक ९बिहानी÷दिवा०, र एडभान्स कटाई–सिलाईजस्ता १० थरिका व्यावसायिक तालिम उपलब्ध गराइएको जानकारी गराए । गण्डकी प्रदेश सरकारले आगामी वर्षमा अझ धेरै युवाहरूलाई लक्षित गर्दै सीप आधारित कार्यक्रमहरू विस्तार गर्ने जनाएको छ । आत्मनिर्भर युवा निर्माणमार्फत समाजको आर्थिक आधार बलियो बनाउने लक्ष्य सरकारको रहेको छ ।

पर्वत: पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ ।  मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ ।  शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको हो ।  यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् भने नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् ।  सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थलसमेत पूर्णरुपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताउनुभयो । पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ ।  कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो ।  कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ तर्फको बजार क्षेत्रका झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।   गत वर्ष साउनमा आएको बाढी बजारसम्म पुगेपछि एक घर भत्किनुका साथै आधा दर्जन घर विस्थापित बनेका थिए । कालीगण्डकी नदीलाई बहाव परिवर्तन नगरेसम्म जोखिम कायमै रहिरहने गल्याङ–५ का अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीतर्फबाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने उहाँको माग रहेको छ ।  शालिग्राम शिला अवस्थित स्थानको नजिकमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।

झापा:  झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् । यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।  अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताउनुभयो । यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ ।  हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो ।  “पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उहाँले भन्नुभयो, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।” स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।  काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो ।  “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उहाँले भन्नुभयो ।

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–० गोलको अग्रता लिएको नेपालले मध्यान्तर पछि फेरि ४ गोल थप्यो । यसअघि  उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो 

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए आवश्यक कारबाहीसमेत गर्ने जनाइएको छ । पार्टीले अध्यक्ष नेपालको अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक रूपमा नबोल्न निर्देशन दिएको छ । अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले गत जेठ २२ गते धारणा सार्वजनिक गरेकाले त्यस धारणासँग बाँझ्ने गरी पार्टी पङ्क्तिलाई कुनै अभिव्यक्ति नदिन, नलेख्न निर्देशन दिएको थियो । विद्यमान परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे आवश्यक निर्णय संस्थागत रूपमा लिने बताउँदै पार्टीले सार्वजनिक रूपले नबोल्न पार्टीका सबै तहका नेतालाई आग्रह गरेको थियो । पार्टीका बैठकमा आफ्ना धारणा राख्न तथा छलफल गर्न पाइने भएकाले कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन सबैलाई निर्देशन दिइएको जनाइएको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी अध्यक्ष नेपालसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि केही नेताहरूले पार्टी भावनाविपरीत अभिव्यक्ति दिन थालेकाले पार्टीले जथाभावी नबोल्न सूचीत गरेको हो ।

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ । साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, रङ्गमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिना, आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजङ्ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राख्नुभएको थियो । विभिन्न प्रस्तावमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो ।  पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो ।  स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४० बलको सामना गर्दै १ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाउँदै आउट भइन् । कुशुमले २४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडिन् । रविना बुढामगर ४ र रन्जना साउद ३ रनमा नटआउट रहिन् । आरमिना अधिकारी ६, सलिना सेन शुन्य, अपेक्षा बुढाथोकी शुन्य, निरु जिटी शुन्य, ज्योत्सनिका मरासिनी १, सेरिना थापा ६, आकृति शुन्यमा आउट भइन् । कास्कीको लागि सुशिला डिम्टुक र चन्द्रमाया बरालले समान २÷२ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनायो । कास्कीको जितमा रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन् ।  उनले ३७ बलमा ३ चौका प्राहर गरिन् । शिखा दवाडी १ रनमा नटआउट रहिन् । कास्कीकी सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । उनले ५७ बलमा १ चौका प्रहार गरिन् । यस्तै श्रद्धा गुरुङ, चन्द्रमाया बराल २, रचना चौधरी शुन्य, विन्दु ठकरी शुन्यमा आउट भइन् । स्याङ्जाका लागि सिमाना केसीले ४ ओभरमा १४ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । निरु जिटीले १ विकेट लिइन् । दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हासिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वतलाई ९.५ ओभरमा ३० रनमै अलआउट गर्दै नवलपुरले जित हासिल गरेको हो । पर्वतका लागि कुनैपनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् ।  विपिशा विक १, गरिमा केसी शुनय, शुशिला भट्टराई ३, एन्जल अधिकारी १, योगिता केसी २, जिविका क्षेत्री ३, प्रतिभा खड्का ९, कृषा अखेली शुन्य, अनुशा पौडेल १ र रिजिता चापागाईँ शुन्यमा आउट भइन् । नवलपुरका लागि आयुषा चापागाईँँले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको वुमन अफ दी म्याच घोषित भइन् । यस्तै पुर्णिमा सुनारले २ तथा श्रेया शर्माले १ विकेट लिइन् ।  त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।  उनले ४८ बलमा ३ चौका प्रहार गर्दै ३२ रनको योगदान दिइन् । मोनिका लामिछान ३, श्रेया शर्मा शुन्य, श्रेया गिरी १, आयुषा चापागाईँ शुन्य, पुर्णिमा  सुनार ४, यमुना पंगेनी शुन्य, वर्षा सुनार ३, निहारिका शर्मा शुन्य, लिजा गुरुङ, जिविका क्षेत्री १ रनमा आउट भइन् । पर्वतका लागि प्रतिभा खड्का र कृषा अखेलीले समान २÷२ तथा अनुसा पौडेल, जविका क्षेत्री र सुशिलाा भट्टराईले १÷१ विकेट लिइन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा कुल चार जिल्लाको सहभागिता रहेको छ ।