पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखराः:  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड भएको छ ।  गाउँपालिकाले मर्दी पदमार्गमा  आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न केही महिना अघि हुमालमा सूचना केन्द्र स्थापना गरेको थियो ।   सोही सूचना केन्द्रमा आज (आइतबार) बिहान केही होटल व्यवसायीहरुले तोडफोड गरेको गाउँपालिकाको प्रवक्ता गणेश आचार्यले बताए ।    ‘गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग हामीले कार्यपालिका बैठकबाट नै शूल्क लिने निर्णयसहित कार्यान्वयनमा गएका छौं’, प्रवक्ता आचार्यले सुनगाभा न्यूजसँग भने,‘आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न दुई जना कर्मचारी सहित हामीले मर्दी हिमालको हुमालमा सूचना केन्द्र स्थापना गरेका छौं, त्यही सूचना केन्द्रमा आज केही व्यवसायीहरुले तोडफोड गर्नुभएको छ ।’   उनले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्र स्थापना गरिएको जानकारी दिए ।   यसैबीच सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड गरेपछि गाउँपालिकाले विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।      विज्ञप्तीमा भनिएको ‘नेपालको संविधान अनुसूची ८, स्थानीय सरकार संञ्चालन ऐन, २०७४, आर्थिक ऐन २०८०  प्रचलित नियम कानूनको अधिनमा रहेर गाउँ पालिकाको बृहत्तर हितलाई ध्यान राखी गाउँ सभाले गरेको निर्णयानुसार सञ्चालित कार्यमा अवरोध सिर्जना गर्नु संविधान, नियम र कानूनको ठाडो उल्लंघन भएको छ, कानूनी उपचारको उचित बाटो नलिई स्थानीय सरकारले नियमानुसार सञ्चालन गरेको कार्यमा अवरोध गर्ने निहित स्वार्थले प्रेरित व्यक्ति वा समुहलाई सार्वजनिक संरचनाको तोडफोड गर्दा सजायको भागिदार हुनुपर्ने व्यहोरा स्मरण गराउँदै यस्ता कार्यहरु नगर्न समेत आग्रह गरेको छ ।’     माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरेबापत शूल्क लिने निर्णय कार्यान्वयन गरेपछि गाउँपालिका र व्यवसायीहरुबीच विवाद बढ्दै गएको छ ।    गाउँपालिकाले सूचना केन्द्र स्थापनापछि पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने जनाएको छ ।   

पोखरा:   ‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एकदिने तालिम सम्पन्न गरेको छ ।   समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको हो ।   समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम आयोजना गरेको जानकारी दिए ।   उनका अनुसार सो तालिममा धिरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्थाबारे, सिर्जना थापामगर र श्याम चौहान मगरले नेतृत्व तथा व्यक्तित्व विकास र पत्रकार सुशान्त गाहामगरले उद्घोषणबारे तालिम दिएका थिए ।    ‘यो तालिमको अवधि छोटो भएपनि निकै महत्वपूर्ण रह्यो, समाजका अध्यक्ष सारु मगरले भने, ‘आगामी दिनमा अझै यसलाई व्यापकता गर्ने लक्ष्य लिएका छौ । साथै महिलाहरुलाई उद्यमशिलतामा कसरी जोड्ने भन्नेबारे पनि तालिम दिनेछौं ।’   सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कविराम थापामगरले सकरात्मक तथा रचनात्मक कार्यक्रम गरेको बताउदै प्रशंसा गरे ।   उनले आगामी दिनमासमेत यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।   ‘यो कार्यक्रम निकै फलदायी बनेको छ । यसले हाम्रो समाजका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न निकै टेवा पुर्याएको छ, थापा मगरले भने, ‘त्यसैले आगामी दिनमा पनि यस्तो खालको कार्यक्रमले निरन्तरता पाओस् भन्ने मेरो शुभेच्छा छ ।’   कार्यक्रममा समाजमा आबद्ध करिब ५० जनाको सहभागिता रहेको थियो ।   समाजका अध्यक्ष किरण सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोनी थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तिलक बराल मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।   

काठमाडौं:    सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ ।   आइतवार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सो कुरालाई प्राथमिकता दिने बताउनु भएको हो ।  भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको पनि उहाँले बताउनु भयो । प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘‘राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतीको आधारमा साझा उम्मेदवार बनाउने र नेपाली काँग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधान धारा ३२ को उपधारा ९ बमोजिम प्रदेश कार्य समितिको सिफारिस भई आएको नामहरु मध्ये भौगोलिक, जातीय, क्षेत्रीयलाई समेत ध्यानमा राखेर पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रद्धिवद्ध स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ ।’’ नेपाली काँग्रेसले यसअघि नै सो निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।   यस्ता छन् ११ निर्णय-

पोखरा:   दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् ।  कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०/५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे ।  मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नं ३ ¥याकिङ खेलाडी प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । त्यसै गरी प्रतियोगितामा नेपाल पुलिस क्लवका विष्णु कटुवाल र एपिएफ क्लवका क्षितिज खनाल तेश्रो भएका छन् । उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क्षितिजले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे ।  महिला सिंंगल्सको फाइनलमा नेपाल १ ¥याकिङ त्रिभुवन आर्मी क्लवकी रशिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१५ ले हराइन् । त्यसै गरि प्रतियोगितामा आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी भएका छन् । उपविजेता अनुमायाले नगद २० हजार तथा अमिता र सिमाले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे । त्यसै गरी ब्वाइज यू–१७ तर्फ एपिएफका अरुण अधिकारीले आर्मी कलवका अभय महरालाई २१–१३, २१–१४ को सोझो सेटमा पराजित गरी प्रथम भएका छन् भने आर्मीका कविर केसी र सोही क्लवका सुविन श्रेष्ठ तेश्रो भए । गर्ल्स यू–१७ तर्फ कास्कीकी दिलाशा रानाले आर्मीकी रिहाना शेरचनलाई २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम हुँदा सुर्खेतकी दिपिका रोकाया र एमविएफकी निभा राई तेश्रो भएका छन् ।  प्रतियोगिता अन्तर्गत नै मेन्स डबल्स फाइनलमा एपिएफका प्रिन्स दाहाल विजित थापा मगरको जोडीले सोही क्लवका क्षितिज खनाल देवराजरानालाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम भएका छन् भने तेश्रो स्थान एपिएफको जोडी प्रनिश सिंह ठकुरी र सुजन थापा तथा नेपाल पुलिस क्लवका जिवन आचार्य र विष्णु कटुवालको जोडीले प्राप्त गर्न सफल भए ।  यस्तै उमेन्स डबल्स तर्फको फाइनलमा आर्मी क्लवका जोडी अमिता गिरी र रशिला महर्जनले आर्मी र कस्तुरी कलव सम्मिलित जोडी अनुमायाँ राई र सिमा राजवंशीलाई २१–१०, १०–२१ र २१–१७ ले पराजित गरेका छन् भने प्रतियोगितामा कास्कीका याम कुमारी गुरुङ र दिलाशा राना तथा झापा र बेल्टारका अन्जना राई र रोजीराईले तेश्रो स्थान हात पारे ।  मिक्स डबल्स तर्फको फाइनलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनले एपिएफका प्रिन्स दाहाल र रिना तामाङलाई २१–१३ र २१–१४ ले पराजित गरेका छन् । सोही इभेन्टमा बुटवल र कास्कीका जोडी गणेश रायमाझी र दिलाशा राना तथा कास्कीकै विशाल खड्का र याम कुमारी गुरुङको जोडी तेश्रो भएको छ ।  व्याइज सिंगल्स यू–१२ तर्फको फाइनल तनहुँका सफल भुजेलले एपिएफका आरुष सिम्खडालाई २१–१२ र २१–१३ ले हराएका छन् । सोही इभेन्टमा आर्मीका सुदेश राजकोटी र कन्चनपुरका आशिष खत्री तेश्रो भएका छन् । गर्ल्स सिंगल्स यू–१२ मा दिपक बोहरा एकेडेमीका अस्मिता खत्रीले क्लव मध्यपुरकी स्वर्लिन श्रेष्ठ विरुद्ध फाइनलमा १७–२१, २१–१२, २४–२२ ले जित्दा म्याग्दीकी व्रिटिना सुवेदी र कास्कीकी सेरीन प्रधानाङ्गले तेश्रो स्थान हासिल गरे ।  मेन्स डवल्स ३५ वर्ष माथी मास्टर्समा कास्की र आर्मी क्लवका विशाल खड्का र सुरज महर्जनको जोडीले कास्की र नेपाल पुलिस क्लवका जोडी होम गुरुङ र विष्णु कटुवाललाई २१–१७, २१–१९ ले फाइनलमा पराजित गरे । प्रतियोगितामा कास्कीका इच्छा गुरुङ र शम्भु कुमार श्रेष्ठ तथा चितवन र नवपलुरका जोडी विधान गुरुङ र केवल श्रेष्ठ तेश्रो स्थान प्राप्त गरे ।    मेन्स डवल्स ४५ वर्ष माथी मास्टर्समा कास्की र पर्वतको जोडी डोलराज आले र प्रेम गुरुङले कास्कीको जोडी खेलाडी राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठलाई २१–१९, १९–२१, २१–१९ ले पराजित गरे । त्यस्तै कास्की र तनहुँको जोडी रामशरण केसी र मान बहादुर राना तथा कास्कीका नर बहादुर गुरुङ र विशाल हिराचनको जोडी तेश्रो भए ।    प्रतियोगिता अन्तर्गत नै भएको ५५ वर्ष माथी मास्टर्स डबल्समा कास्कीको जोडी विर बहादुर आले र राजेन्द्र गुरुङले फाइनल प्रतिस्पर्धामा कास्की र बागलुङको जोडी सुरेश वम र निर्माण श्रेष्ठलाई १८–२१, २३–२१ र २१–१५ ले पराजित गर्न सफल भएका छन् । प्रतियोगितामा काठमाण्डौ र खोटाङको जोडी दिल बहादुर कान्दङवा र दिपक राई, फिटनेश पार्कको जोडी उमेश केसीले गोविन्दन शाहीको जोडी तेश्रो भएको छ ।  तिन दिन देखि जारी प्रतियोगितामा कुल १२ इभेन्टमा ४८ क्लव तथा जिल्लाका गरी ३ सय भन्दा महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा मास्टर्स, मेन्स उमेन्स डबल्स र मिक्स डबल्सतर्फका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई जनही क्रमश नगद रु ४०, २० र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने यू–१७ र यू–१२ व्याइज तथा गर्ल्स तर्फका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई जनही क्रमश नगद रु २०, १० र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।  सम्पूर्ण विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, पूर्व राखेप सदस्य तथा संघका वरिष्ठ सल्लाहकार जयराम हमाल, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तलगायतले नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  समापन कार्यक्रम कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो अवसरमा उनले प्रतियोगितालाई सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । 

पोखरा:   कास्कीको पोखरा–मर्दी ट्रेकमा गएका एक स्वीडेनी नागरिक सम्पर्कविहीन भएका छ । मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहिन भएका हुन् ।  माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि निस्किएका थिए । तर, आइतबार बिहानसम्म पनि नफर्किएपछी खोजी कार्य सुरु गरिएको वडाध्यक्ष  गुरुङले बताए ।  उनलाई खोजी गर्न गाउँपालिकाबाट मान्छे खटाएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ लागेको छ ।  स्वीडेनी नागरिक सम्पर्कविहिन भएको प्रहरी र सम्बन्धित दूतावासलाई गराइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेको आधारमा व्यक्तिको पहिचान गरिएको उनले बताए ।  

पोखरा:  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।  तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ ।  आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ । 

पोखरा:    गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उहाँले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताउनुभएको छ । गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उहाँले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ ।  प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

काठमाडौं:    ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । धनगढीका लागि ओलावाले अफिजले सुरुवाती अग्रता दिलाएका थिए । हिजाजीले अन्त्यमा सान्त्वना गोल गरे । ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने काउन्टर अट्याकमा अग्रता लिन सफल भयो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेल बराबर गरे । दोस्रो हाफमा ललितपुरले १५ मिनेटमा दुई गोल गर्दै ३–१ को अग्रता लियो । खेलको चौथो मिनेटमा धनगढीका आशिष चौधरीको क्रस ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसले सहजै समात्न सफल भए । १२औं मिनेटमा धनगढीकै अभिषेक गुरुङको प्रहार डिफ्लेक्ट भएर पोस्टको माथिबाट बाहिरियो । १६औं मिनेटमा ललितपुरका सनिश श्रेष्ठको उत्कृष्ट ट्याकलले अहमद हिजाजीलाई विफल पार्यो । ओमोलाजा करिमले क्लियर गर्न खोजेको बलमा चाहेजस्तो सम्पर्क बनाउन नसकेपछि हिजाजीको लागि अवसर सिर्जना भएको थियो । तर सनिशले अवस्था बुझ्दै राइटब्याक बाट आएर गरेको ट्याकलका कारण हिजाजीले प्रहार गर्न सकेनन् । २७औं मिनेटमा धनगढीका कमल श्रेष्ठ र आशिष चौधरीको लगातार दुई क्रस ठाउँमा जान सकेन । ३५औं मिनेटमा ललितपुरका दिनेश हेन्जनको फ्रिकिकले पनि पोस्टको दिशा लिन सकेन । ३८औं मिनेटमा भने ओलावाले अफिजको गोलमा धनगढीले खेलमा अग्रता लियो । आशिषको लामो पासमा हिजाजीले डिफेन्स पछाडि रन बनाएर गरेको प्रहार बाल्टुसलाई लागेपछि ओलावालेले सहजै बललाई पोस्टमा हालेका थिए । इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । दोस्रो हाफको पहिलो मिनेटमा नै ललितपुरले राम्रो अवसर खेरा फाल्यो । करिमको थ्रु–पासमा आदित्य शाक्यले खेलेको क्रसमा अनिल महर्जनले बललाई पोस्ट भन्दा केही टाढा प्रहार गरे । ५०औं मिनेटमा धनगढीले पुनरागमन पूरा गर्दै खेलमा अग्रता लियो । सेसेहाङ आङदेम्बेले मिडफिल्डमा आफूलाई स्पेस बनाएर खेलेको थ्रु(पासमा आदित्यले खेलेको क्रसमा दिनेशले सहजै गोल गर्दै खेलमा ललितपुरलाई अग्रता दिलाए । ५४औं मिनेटमा धनगढीले खेलमा बराबरी गर्ने अवसर जुटाएको थियो तर हिजाजीको प्रहार बाल्टुसले सहजै समाते । ५८औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो । अनन्तले आफ्नो हाफमा बल जितेर दिनेशको लागि पास खेले । दिनेशले राम्रो रन बनाएर खेलेको क्रस रिचार्ड अग्यमाङले क्लियर गरेपछि बल पापा केबेको मुखमा लागेर पोस्ट तर्फ नै गयो । सो अवसरमा इमोह इजिकिएलले एक्रोबेटिक प्रहार गर्दै व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्न सफल भए । ६५औं मिनेटमा ललितपुरले गोल गर्ने अर्को अवसर खेरा फाल्यो । पापाका लागि वान अन वान अवसर सिर्जना भएको बेलामा उनले बल नियन्त्रणमा लिन नसकेपछि अवसर खेरा गयो । त्यसको लगत्तै दिनेशको प्रहार पोस्ट तर्फ जान सकेन । ७९औं मिनेटमा धनगढी दश जनामा सिमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिएका थिए । त्यसअघि अन्त्यतिर ललितपुरले बल पोसेसनमा राख्दै धनगढीलाई खेलमा फर्कने अवसर दिएको थिएन ।