पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:    ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आएका थिए । गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए ।  शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

पोखरा:   आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ। आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३ औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)बाट अनुमति प्राप्त भएको जनाएका छन् । पोखरा रंगशालामा सन्चालन हने आहा रारामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ । फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली संकटा क्लबले २२औं संस्करणको आहा १ राराको उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु।के।, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग हुन् । प्रतियोगिताको अफिसियल बैंक( लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स (बुद्ध एयर रहँदै आएका छन् ्र उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के।सी।को स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ्र म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा यु।के।द्वारा सौजन्य दिँदै आएको छ । २३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै प्रतियोगिता रहेको सहाराले जनाएको छ।

काठमाडौं:    प्रहरीले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जनालाई पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

काठमाडौं:  ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडी जलाएका छन् ।  रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए । तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरुले गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका थिए ।   

पोखरा:    चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको पहिलो साता हुने भएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको पहिलो साता हुने अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।  ‘टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गर्दैै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितालाई यस वर्ष पनि सञ्चालन गर्दै छौं’, अध्यक्ष शर्माले भने, ‘ चौथो संस्करणको टाइगर कप भलिबल माघ पहिलो साता सञ्चालन गर्दै छौं ।’ उनका अनुसार माघ १ देखि ६ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला÷ पुरुषतर्फ गरी १२ वटा क्लबको सहभागिता हुनेछ ।  चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लबले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको अध्यक्ष शर्माले जनाएका छन् । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५ सय ५५ प्राप्त गर्नेछन् । तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष बढी क्षमताको प्याराफिट तथा स्टेज आकर्षक एवं भव्य रुपको तयार गरिन लागेको संस्थाले जनाएको छ । प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउने छन भने दर्शकहरुले किनेको अर्धकट्टी टिकट छनौट गरि एक जनालाई केल्मीको टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।  

पाेखरा:  यातायात व्यवस्था विभागले पुस १५ गतेदेखि ३ दिनमै सवारी इजाजतपत्र उपलब्ध गराउने भएको छ । तर यो सेवा भने सबै नागरिककालागि होइन ।    विभागले हालै जारी गरेको सूचना अनुसार विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिइनेछ ।   विशेष अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने विभागले जनाएको हो ।   सूचना अनुसार लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ । ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ ।   विभागले प्रदान गर्ने उक्त सेवा मीनभवन, काठमाण्डौंबाटमात्रै उपलब्ध हुनेछ । यद्यपि, यसका सेवाग्राही भने देशभर छन् ।   यातायात व्यवस्था कार्यालय, गण्डकीबाट उल्लेखित सेवा सुरु हुन किन सम्भव भएन ? भन्ने प्रश्नमा कार्यालय प्रमुख जीतेन्द्र केसी भन्छन् ‘हाललाई मीनभवनबाटमात्रै हो, पोखरा वा अन्य स्थानबाट तत्काल सम्भव छैन ।’   कार्यालयमा प्रविधिको उपलब्धता नभएकाकारण तीन दिनमै सेवा दिन नसकिने उनको भनाई छ । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले सफ्टवेयर र प्रिन्टर उपलब्ध गराइदिए हाताहाती लाइसेन्स दिन कुनै समस्या छैन’ प्रमुख केसीले भने ‘मेरो पहुँच पुग्ने व्यक्ति र निकायलाई आफुले बाराम्बार भनिरहेको छु, तर काम भएको छैन ।’   अध्ययन र मिसनमा जानेलाई उपलब्ध गराउन केही लाइसेन्सका कार्ड विभागले रिजर्बमा राखेको र सोही अनुसार उपलब्ध गराउँदै आएको उनको भनाई छ । मुलतः छपाईकै समस्याले हाल सेवाग्राही मर्कामा परेको स्वीकार्दै   उनले सरकारले पुस मसान्तभित्र प्रिन्टर खरिदको टेन्डर प्रक्रिया सक्ने र माघदेखि छपाई हुने जनाए ।    हाल चिट बोकेर सवारी चलाइरहेका चालकलाई छिट्टै लाइसेन्स दिने तयारी भइरहेको बताइए पनि २ वर्षयता सम्भव नहुने अनुमान छ । तर प्रमुख केसी भने सेवाग्राहीलाई आशावादी हुन आग्रह गर्दै भन्छन् ‘२ वर्ष लाग्दैन, वर्ष दिनभित्र कसो लाइसेन्स हात नलाग्ला, आशावादी बनौं, सरकार काम गर्दैछ ।’

पोखरा:  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९ औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी छैंटौं ८० लाख, सातौं दिन ४० लाख र आठौं दिन ६० लाख गरी हालसम्म झण्डै ८ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । बिहिबार लोकदोहोरी कलाकारहरु, प्रिति आले, तेजस रेग्मी, बालचन्द्र बराल, सरला पाण्डे, प्रेमराज अधिकारी, बालकृष्ण वाग्ले, ज्योती लोहनी  लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा कमल खत्री, एञ्जिला रेग्मी र सृजना खत्री ‘हाउडे माया’ लगायतले स्टेज तताएका थिए ।  महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, आशा बिसी, तारा थापा, मनु राना, लोकनाथ सापकोटा, वसन्त लम्साल र नवराज अधिकारी लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ दिनेश काफ्लेको प्रस्तुती रहनेछ । यस्तै  बेलुका लाईभ कन्सर्टमा आश्षि राना ‘लाउरे’ र एलिना चौहान व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।  

पोखरा:    पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।  पोखराको लेकसाइडमा  रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको उद्घाटनपछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण बताए ।  “जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भने, ‘पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।” व्यवसायीहरू बिचको इगो (प्रतिसोध)का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने उनले चेतावनी दिए । “पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रडक्टका रूपमा रहको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन, यसमा सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफू भित्र रहेको इगोलाई हटाइदिनुहोला, र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला, प्रमुख आचार्यले भने, होइन भने सिडिओ साव यही हुनुहुन्छ, म यही छु, हामीले आदेश गर्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकता नमिठो हुनसक्छ ।”   उनले सडक महोत्सव पोखराको पहिचान बनेको बताए । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भने, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।”    पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए ।  विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको बताउँदै अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गरे । रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

पोखरा:   १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ ।   रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो ।   बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   सो अवसरमा वोल्दै कन्सल्टेन्सीका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठले जापानिज, कोरियन, जर्मनी र चाइनिज भाषा अध्ययन गर्न चाहनेहरुका लागि महोत्सव अवधिभर विशेष छुट दिने वताए । श्रेष्ठका अनुसार महोत्सव अवधि पुष २६ देखी माघको ८ गते सम्म कन्सल्टेन्सीमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ३० प्रतिशत छुट दिइने छ ।   कन्सल्टेन्सीले हाल जापानिज, एसएसडब्ल्यू जापानिज, कोरियन, जर्मनी, आइइएलटीएस र  पिटिई क्लास, चाइनिज लगायतका भाषा संगै विद्यालय स्तरका ट्युसन र कम्प्युटर कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । बाह्रौ पोखरा महोत्सवका सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव प्रायोजक र सहयोगीहरुकै कारण सफल महोत्सव बन्न पुगेकाले सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको सहयोग आवश्यक रहेको बताए ।   बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।    त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।