पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:  २५ औँ संस्करणको सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपरको ३ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको छ ।   होटल प्रतिनिधि समाज पोखराको आयोजनामा भएको कार्यक्रममा रेवानले सहकार्य गरेको थियो । राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मुलाखेत, अम्मट, गौरीघाट, बाराहीघाट हुँदै खहरेसम्म सरसफाई गरिएको होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालले जानकारी दिए ।   कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्षसहितका प्रतिनिधिले साथ दिएका थिए ।   कार्यक्रमको समापनका अवसरमा रेवानका अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले सरसफाई कार्यक्रममा सहभागिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । रेवान अध्यक्ष भट्टराईले महोत्सवमा स्वास्थ्य, सुरक्षा लगायतमा पनि आयोजकले विशेष ख्याल राखेको बताए ।   २५औँ संस्करणको सडक महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।   महोत्सवको बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा आयोजना हुने विशेष समारोहका विच उद्घाटन गर्ने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए । उनका अनुसार त्यसअघि बिहान ११ बजे हल्लनेचोबाट बाजागाजासहित संस्कृतिक झाँकी निस्कने छ । 

पोखरा:  बाह्रौँ पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।   रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रयोजक रहेको बाह्रौँ पोखरा महोत्सलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो ।   आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्ने गरी युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँ र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा आफ्नो संस्थाले समेत पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।   त्यस्तै युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना गरिने भएकाले ग्रीन डेभलपमेन्ट बैंकले समेत आफुहरुको सामाजिक अभियानमा सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।   पोखरा महोत्सवका प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।    त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।  

पोखरा:   नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन ।   पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन ।   १३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन ।   त्यसैगरी महा सचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन । एशोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गज बहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचि भएका छन ।   नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मञ्डलका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा वोल्दै आस्था मगरले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।   नव निर्वाचित अध्यक्ष गोपाल राईले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अधिवेशनबाट आफुलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएकोमा एशोसियसनमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिदै संस्थाको हितमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।   नवनिर्वाचि कार्यसमितिलाई निवर्तमान एशोसियसनका निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङ, संस्थाको संरक्षकहरु पर्वत राई, क्या. राम प्रसाद गुरुङ, याम बहादुर गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

पोखरा:   पोखरामा कारको ठक्करबाट मृत्यु  भएको एक जनाको सनाखत हुन सकेको छैन् । सोमबार राति बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।  कारको ठक्करबाट मृत्यु  भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।  कारको ठक्करबाट मृत्यु  भएका दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको  बा १३ च ३७२१ नम्बरको कारले मंगलबार राति पस्र्याङमा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको हो । 

सिराहा:   सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन्।   कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।   इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा अचेत भएपछि सँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन्। ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ।

काठमाडौं:    पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।   भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिनुभयो ।  “सङ्क्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमुना आज पठाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमुनाको थप परीक्षण गर्न जरुरी भएको  हो ।” सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताउनुभयो । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताउनुभयो । स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना सङ्क्रमित फेला परेको उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्याङ्कमा उल्लेख छ ।

प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटना  हुँदा १० जना यात्रु घाइते भएका छन्।।   बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो ।     गाडी सडकबाट करिब ५० मिटर तल खसेको डिएसपी ईश्वर थापाले जानकारी दिए। घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।

एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।   सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक ९इन्स्पेक्टर० अर्जुन पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।   मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् ।   अधिकारी र पौडेलको बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।   नेकपा (माओवादी केन्द्र) विशेष रूपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज ९बुधबार० सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताउनुभयो ।   “जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उहाँले भन्नुभयो, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।”   प्रधानमन्त्री प्रचण्डले गणतन्त्र विरोधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष रूपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभई जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठुलो बलिदानपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गर्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिनुभयो । “परम्परागत रूपमा फागुनदेखि  बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।”   फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताउनुभयो । ‘‘अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईँहरू ढुक्क हुनुस्”, उहाँले भन्नुभयो, “कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुँदैन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ ।”   वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई  अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताउनुभयो ।