पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:  पोखरा महानगरपालिका–१ टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले मंसिर २० गते प्रभातफेरी ¥यालीसहित हीरक महोत्सव मनाउने भएको छ ।  विं.स. २००६सालमा पब्लिक मिडिल स्कुलको नाममा स्थापना भएको राष्ट्रिय माविले मंसिर २० गते हीरक महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले बताए ।  ‘राष्ट्रिय माविको स्थापना वि.स.२००६ साल मंसिर २० गते हालको पोखरा महानगर–३ नारायणस्थान नदीपुरमा पव्लिक मिडिल स्कुलबाट भएको थियो’, अध्यक्ष राणाले भने, ‘यो वर्षलाई हामीले हीरक महोत्सवको रुपमा मनाउँदै छौं ।’ व्यवस्थापन समितिका अध्यक्ष राणाले २००६ सालमा विद्यालयको शिलान्यास भएको स्थानबाट राष्ट्रिय माविको प्रांगणसम्म प्रभातफेरी ¥याली निकाल्ने समेत बताए । राष्ट्रिय माविले हीरक महोत्सव मनाउन विद्यालय व्यवस्थापनसमितिका अध्यक्षको अध्यक्षतामा १००१ सदस्य मूल आयोजक समिति, ४१ सदस्यीय कार्य सम्पादन समिति, १५ सदस्यीय उचित मार्ग दर्शनका लागि सल्लाहकार समिति चयन गरिएको छ ।  हीरक महोत्सवमा करिव ६० लाख आम्दानी, ५० लाख खर्च हुने अनुमान गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले बताए ।  विद्यालयमा ४९ जिल्लाका करिव १ हजार ५ सय विद्यार्थीहरु अध्ययरत रहेको बताइएको छ भने, ५७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।   

पोखरा:  पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को अनिवार्य नेपाली पुस्तकमा एउटा उपन्यास समावेश गरेको छ, ‘एक चिहान’ ।   पढेर आनन्दित हुनेहरुले अब दृश्य हेरेर धुरुधुरु रुन र खित्का छाडेरै हाँस्न पाइने भएको छ ।    साहित्यकार हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ को औपचारिक मञ्चन आज (मंगलबार) बाट थालिएको छ ।   निर्देशक परिवर्तनका अनुसार विद्यार्थीहरुका लागि अध्ययनमा सघाउ पुग्ने उद्देश्यसहित नाटक मञ्चन थालिएको हो ।      आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयहरुको बुकिङका आधारमा निरन्तर मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए ।   यद्यपी अन्य दर्शकहरुलेपनि व्यक्तिगत रुपमा तिनै शोमा नाटक हेर्न पाउँनेछन् ।   नाटक शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुनेछ ।   करिब १ डेढ घण्टा अवधिको उक्त नाटकमा गरीब, किसान र मजदुरको जीवनीलाई प्रत्यक्ष नियाल्न पाइन्छ ।   यथार्थवादी एक चिहान नाटक गरिबीको परिवेशमा साढे १ घण्टा घुम्छ । जसलाई रोचक बनाउन हाँस्यव्यङ्ग्य र प्रेमकथालाई पनि स्थान दिइएको छ ।   सुक्कसुक्क रुनेहरुलाई डाक्टरको क्यारेक्टरले खित्का छाड्न बाध्य तुल्याउँछ ।     विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेशमा घुमिरहने नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले १६ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   कास्की प्रहरीका अनुसार गएराती साढे १ बजे पोखरा महानगरपालिका २१ निर्मलपोखरीको मैदानमा कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरिएको हो ।   उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद रु. ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरिएको कास्कीका सूचना अधिकारी डिएसपी श्रवण बिकले जानकारी दिए ।   उनका अनुसार पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ,  सोही स्थानकै ४६ वर्षीय राम केसी, पोखरा ६ बस्ने ३६ वर्षीय संजिब अधिकारी, सोही वडाकै ४० वर्षीय राम ढकाल रहेका छन् ।   यस्तै पोखरा ६ कै ६४ वर्षीय बिर बहादुर लामिछाने, सोही स्थानकै ४० वर्षीय मोहन बहादुर गुरुङ, पोखरा १७ विरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, सोही ठाउँकै ४६ वर्षीय कृष्ण प्रसाद भण्डारी, विरौटाकै ३० वर्षीय कुमार भण्डरी, ३८ वर्षीय  गौतम गुरुङ रहेका छन् ।   पोखरा २१ कृष्ती बस्ने ४८ वर्षीय होम बहादुर रानाभाट, कृष्तीकै ४० वर्षीय टंक बहादुर कार्की, सोही स्थानकै २३ वर्षीय रहेका छन् ।    यस्तै पोखरा १० अम्मरसिंहका ६३ वर्षीय मिन बहादुर बरुवाल, पोखरा ३३ गैरागाँउका ३३ वर्षीय रामचन्द्र आचार्य, पोखरा १७ विरौटाका ४० वर्षीय जीवन शाही रहेका छन् ।   उनीहरुलाई हाल  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी  थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।  

कृषि तथा वन विज्ञान विश्वविद्यालय  (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् ।   पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका छन् । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।   कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको सङ्ख्या घट्दो छ । गएको वर्ष एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय ५३ उत्तीर्ण भएका थिए । त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या आठ सय थियो । एक हजार सात सय जनाले आवेदन दिएका थिए ।   उहाँले चार हजारभन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताउनुभयो । विश्वविद्यालयको दैलेखको दुल्लुमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गएको वर्ष विद्यार्थी शून्य भएका थिए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनुपरेको उहाँले जानकारी दिनुभयो ।   विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सातवटा निजी क्याम्पसमा गएको वर्ष विद्यार्थीको अभावमा पठनपाठन हुन सकेन । सातवटै क्याम्पसमा विद्यार्थीको अभावमा पढाइ हुन नसकेको हो । विश्वविद्यालयको रामपुरमा केन्द्रीय क्याम्पस, आठवटा आङ्गिक क्याम्पस र सातवटा सम्बन्धन प्राप्त निजी क्याम्पस छन् । केन्द्रीय क्याम्पस रामपुरमा एक सय ६२ जनाको कोटा निर्धारण गरिएको छ । सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पार्खिबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आङ्गिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ । रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ ।   त्यस्तै सम्बन्धन प्राप्त निजी क्याम्पसहरू पूर्वाञ्चल कृषि क्याम्पस, नितिका कृषि सहकारी संस्था इटहरी, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा भए पनि गएको वर्ष विद्यार्थी भर्ना भएनन् ।   विश्वविद्यालयमा आङ्गिक र सम्बन्धन प्राप्त कलेज गरी नौ सय ३४ जनाले अध्ययन गर्न पाउने भए पनि विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण सङ्ख्या नै कम भएपछि विद्यार्थीको अभाव भएको हो । परीक्षा उत्तीर्ण भएका सबै विद्यार्थीले कृषि नै पढ्ने नहुँदा पनि सङ्ख्या कम हुने गरेको छ । प्रवेश परीक्षामा विगतका वर्षहरूमा कम विद्यार्थी उत्तीर्ण हुने भए पनि कलेजहरूमा विद्यार्थीको सङ्ख्या कम भएपछि यस वर्ष उत्तीर्ण दर बढेको छ । विद्यार्थीको आकर्षण हुँदै गर्दा उत्तीर्ण भएर पनि कोटाको अभावमा धेरै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउँदैनथे ।   प्रा डा श्रेष्ठ सरकारले कृषि शिक्षासम्बन्धी नीतिमा नै सुधार नगरेसम्म विद्यार्थीको सङ्ख्या नबढ्ने बताउनुहुन्छ । सरकारलाई कति कृषि प्राविधिक आवश्यक पर्छ, त्यसैअनुसार कलेज सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । सरकारको निर्देशनानुसार कृषि विश्वविद्यालयले दूरदराजमा आङ्गिक क्याम्पस खोलेको भए पनि बजेट अभावमा क्याम्पसको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुन नसकेको उहाँको तर्क छ ।   विश्वविद्यालयका कृषि सङ्कायका भर्ना समितिका सदस्य सहप्राध्यापक रामहरि तिमिल्सेना कक्षा १२ मा विज्ञान पढेका विद्यार्थी विदेश जाने लहरसँगै कृषि पढ्नेको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ । यससँगै सरकारले सबै विश्वविद्यालयलाई कृषि पढाउन अनुमति दिएपछि कृषि, भेटेरेनरी, मत्स्य र वनमात्रै पढाउनका लागि खुलेको विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा विद्यार्थी अभाव भएको बताउनुभयो ।   सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन् । तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरु विश्वविद्यालयको भएको उहाँले जानकारी दिनुभयो । कृषि सङ्कायले यस वर्ष ५० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएमा नजिकको आङ्गिक क्याम्पसमा विद्यार्थी सारेर एकै ठाउँमा पढाउनुपर्ने नीतिगत निर्णय गरेको छ ।   विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले विद्यार्थी बढ्ने गरी नीतिगतरूपमा विश्वविद्यालयले सुधारका काम गरेकाले आउँदा वर्षहरूमा विगतझै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो । बाहिर पढ्दा छात्रवृत्तिसँगै काम गर्दै पढ्दै गर्ने अवसर प्राप्त हुन्छ भन्ने उद्देश्यले धेरै विद्यार्थी विदेश गएको उहाँले बताउनुभयो । ती विद्यार्थीलाई राम्रो क्याम्पसमा पढ्न पाउँदै गर्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्व राख्छ भन्ने परेकै कारण बाहिर गएको उहाँले बताउनुभयो ।   सबै विषयको अध्ययन गरी विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने गरी काम अघि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, विद्यार्थीलाई यही गुणस्तरीय शिक्षा दिइन्छ भन्ने विश्वस्त नपारेसम्म विद्यार्थी रोकिँदैन ।ु पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।   प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको छ । अहिलेसम्म प्रयोगात्मक ३७ प्रतिशत र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्याउने गरी पाठ्यक्रम लागू गर्न लागिएको छ । यसले उद्यमशीलता बढाउने उपकुलपति रेग्मीले विश्वास व्यक्त गर्नुभयो  ।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।   सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो ।  प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ ।

रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा प्रहरी एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरीले सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई उद्धार गरेको छ । उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।   युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।   पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बालिका हत्या गरेको आरोपमा भारतीय नागरिक जेल चलान भएका छन्।   बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।     बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए। चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए।   उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन्। शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ।   चौहानले चमारको हत्या पश्चात नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए। अभियुक्त चौहानले घटनालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए। अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट १।५ किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेको थियो।   पीडकविरूद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसिओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घटनास्थलमा पुगेको थियो।   अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएपछि प्रहरी आफैले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए। बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनी गाडिएको अवस्थामा भेटिएको थियो।

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ।   मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका धेरैजसो पुलको समेत मूल संरचनाको काम सकिएको छ ।   निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेका मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिनुभयो । अहिलेसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ ।   डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।   कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटानको अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । बाहुनडाँगीबाट सुनसरी धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको छ । सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगति हुन सकेको छैन ।   १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका प्रायजसो योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड बाँकी रहेको उहाँले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा ५० करोड  रुपैयाँ राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौं आएका छन्। उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन्।   प्रधानमन्त्री प्रचण्डललाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले सेतोपाटीलाई बताए।   ‘प्रहरी समायोजनबारे २०७६ सालमै ऐन बनिसकेको छ। तर, अहिलेसम्म समायोजन नभएको अवस्था छ।यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन सातै प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौं आएका छौं,’ श्रेष्ठले भने। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनबारे ज्ञापन पत्र बुझाउने बताए।   सात प्रदेशका गृहमन्त्रीले कर्मचारी समायोजनाको विषय पनि उठाउने भएका छौं।​   ‘ध्यानाकर्षण पत्रमा प्रहरी समायोजनको विषय छ। कर्मचारी समायोजनचाहिँ हाम्रो क्षेत्राधिकारभित्र नभएकाले मौखिकरूपमा उठाउनेछौं,’ उनले भने।