पोखरा — जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसुरका एक प्रतिवादी पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२९ प...

म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।    महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिनुभयो । “म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,” उहाँले भन्नुभयो, “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।”   म्याग्दीका २८ जना पुस्तक व्यवसायीले बेनीमा संयुक्त रुपमा पुस्तक बिक्री कक्ष स्थापना गरेका छन् ।   यस वर्ष म्याग्दीमा रु एक करोड मूल्य बराबरको पुस्तक भित्रिएको महासङ्घका सचिव धु्रवराज सुवेदीले बताउनुभयो ।   उहाँका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा शाखाको तथ्याङ्कका आधारमा प्रतिकक्षा रु एक हजार २०० सेटका दरले पुस्तक आयात गरिएको छ । शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या पछिल्लो दुई वर्षयता हटेको छ ।    बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले समयमै पुस्तक खरिद र वितरणको व्यवस्था मिलाउन विद्यालयको खातामा फागुन महिनामै पुस्तकको रकम निकासा गरिएको बताउनुभयो ।   “विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उहाँले भन्नुभयो, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।”

भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ ।   १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।   “सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भन्नुभयो, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।” परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।   कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले  तालिम सञ्चालन गरिएको बताउनुभयो ।    “सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ,” उहाँले भन्नुभयो, “आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।”   तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ ।   बूढापाकाहरुले युवालाई दमाहा बजाउने कलाकौशल युवालाई सिकाउने कार्य गर्न थालेका छन् ।   पछिल्लो समय माङ्गलिक कार्यका लागि दमाहालगायतको पञ्चेबाजा बजाउनेहरुको कमी हुन थालेको छ । यस पेसाबाट जीविका धान्न निकै गाह्रो हुँदै गएपछि युवाहरुले यस पेसालाई छाड्दै गएका छन् । पेसा पलायन भएर युवाहरु अन्य कार्य गर्न थालेका छन् ।   “बूढापाकाहरुमा मात्रै दमाहा बजाउने सीप सीमित रहेको छ,” नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशील भट्टले भन्नुभयो, “बूढापाकाहरुसँग रहेको दमाहालगायतका पञ्चैबाजा बनाउने कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकाले युवाहरुलाई तालिमका माध्यमबाट सिकाउने कार्य भइरहेको छ ।”  

सुनचाँदीको मूल्य घटेको छ ।    बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो ।   आज प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच हुनेछ ।   अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ । 

काठमाडौँ:    हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ ।   केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ ।   ‘एयर क्वालिटि इन्डेक्स’ कोे तथ्याङ्कअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो ।   आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ ।   नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।   वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताउनुभयो ।   “काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ”, उहाँले भन्नुभयो, “प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।”

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बेलुकी बस्दै छ ।   गण्डकी विश्वविद्यालयको कुलपति र प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्तिबारे छलफल गरिनेगरि बेलुकी ५ बजे बैठक बस्ने तयारी गरिएको हो ।   हिजो (बिहीबार) मात्रै गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पेश गरेको थियो ।   ती मध्येबाट १ जना कुलपतिमा नियुक्त गर्नेबारे छलफल हुनेछ भने, अन्तिम निर्णयको टुंगो पनि आजै हुन सक्ने बताइएको छ ।   छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले ३ जनाको सिफारिस गरेका थिए ।    जसमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम समावेश गरिएको बताइएको छ ।   यस्तै आजको बैठकबाट प्रदेश नीति तथा योजना आयोगको सदस्यमा २ जनालाई नियुक्त गर्नेबारे पनि छलफल हुने छ ।

बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो ।   परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए ।   “राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो”, उनले भने, “हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बङ्गुर फार्ममा यो सेवा उपलब्ध गराउँछौँ ।”   उपयुक्त समय र विधि भएमा जमेको वीर्यभन्दा ताजा वीर्यबाट गर्भाधान दर उच्च (९० प्रतिशत) हुने परियोजना प्रमुख गौतमले बताए । पशु प्रजनन कार्यालय पोखराबाट बोसो कम हुने अमेरिकन नश्लको बङ्गुरको वीर्य निःशुल्क उपलब्ध गराइएको परियोजनाले जनाएको छ ।   कृत्रिम गर्भाधान सेवाबाट स्थानीय जातका बङ्गुरको नश्ल सुधारमा सहयोग पुग्ने किसान सापकोटाले बताए । म्याग्दीमा यसअघि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाले गाईभैँसीमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेका थिए ।   बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बङ्गुरपालक किसानलाई परियोजनाले जोन कार्यक्रममार्फत सघाउँदै आएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाले  आज  शोक बिदा दिइएको छ ।   वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो ।   केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए ।   वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।   गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार शोक बिदा दिने भएको छ ।   वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो ।   केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए ।   वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।   गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

चालू आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ३ लाख ९६ हजार ९ सय १ पर्यटक भित्रिएका छन्।   गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्यांकअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक भित्रिएका हुन्।   मुस्ताङमा चालू वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन्।    यसैगरी, ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। चालू आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। उनका अनुसार मुस्ताङ भित्रिने बाह्य पर्यटकमध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका रहेका छन्।   जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ ले मुस्ताङको भ्रमण गरेका थिए। जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र बाह्य ९९ हजार ३९९ छन्।    पछिल्लो समय क्रमिक रूपमा सडक सञ्जाल सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। उनका अनुसार जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।    मुस्ताङ भित्रिएका नेपाली पर्यटकहरू मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन्।   मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक भूगालले पर्यटकलाई थप आकर्षित गर्ने भएकोले बर्सेनि यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो।    राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले बताउनुभयो । यहाँ अवस्थित वर्षौं पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा, गुफालगायत सुन्दरताका कारण मुस्ताङ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको उनको भनाइ छ।   उपल्लो मुस्ताङमा ७०० वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बाहरू पर्यटकका लागि विभिन्न खोज तथा अनुसन्धानको केन्द्र बन्दै गएका अध्यक्ष गुरुङले जानकारी दिए।   मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन, जीवनशैली र स्थानीय चाडपर्वहरूको मौलिकता अवलोकन गर्न बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे।