पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडौँको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठुलो प्रगति गर्न नसके पनि सन्तानलाई ठुलो मान्छे बनाउने उत्कट चाहना हरेक बाबुआमालाई हुने गर्दछ तर सबैका चाहना पूरा हुन सक्दैनन् । यही अधुरो चाहनामै जीवन गुमाउनुपर्‍यो सारकुमारले पनि । विसं २०५६  देखि २०५८ सम्म सर्लाही र चितवनतिर रोजगारी गर्दै हिँडेको स्व। राईले २०५८ सालमा सर्लाही बरहथवाकी सुनिता मगरसँग भेट भएपछि दुवैको प्रेम विवाह भएको स्व। राईका श्रीमती सुनिता बताउनुहुन्छ । दुवैको जेठी छोरीका रुपमा २०६३ सालमा ठुली छोरी अनुसाको जन्म भएको र २०६८ सालमा कान्छी छोरी आकृतिको जन्म भएको स्व राईका श्रीमती सुनीता बताउनुहुन्छ । दुवै छोरीको जन्म भए पनि दुःख र बेरोजगारीका कारण ठुली छोरीलाई कक्षा ८ भन्दा बढी पढाउन नसकिएको पनि सुनीता बताउनुहुन्छ । सानैदेखि कान्छी छोरीको पढाइ राम्रो रहेका कारण पनि चितवनमा रोजगार गर्दै आएका सारकुमार राईले आफू काठमाडौँमा गएर रोजगारी गरेर भए पनि कान्छी छोरीलाई डाक्टर बनाउने भन्दै चितवनबाट काठमाडौँको कपनमा गएर घर रङरोगन गर्ने मजदुर काम गर्दै आउनुभएको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा काम छाडेर जेनजी मजदुरहरुसहित सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटमा गोली लागेपछि त्यहीँ ढल्नुभयो । त्यस दिनको घटना स्मरण गर्दै सुनीता भन्नुहुन्छ, “तत्काल उहाँलाई फोन गरेँ उठेन, तर रातको ९ बजे उहाँकै साथीले मलाई फोन गरेर दाई त गोली लागेर अस्पतालमा गम्भीर बिरामी हुनुहुन्छ भनेपछि म त बेहोस भएँछु ।” जीवनमा यस्तो घटना सुन्नुपर्ला भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन । दुई दिनपछि चितवनबाट काठमाडौँ पुग्दा श्रीमानको मृत्यु भइसकेको थियो ।  सुनीताका अनुसार श्रीमानको मृत्युपश्चात् आफू उदयपुरको चौनपा–३ बसाहा फर्केर आएको र त्यसको १० दिनपछि श्रीमानको शवलाई घरमा सेनाले काठमाडौँबाट ल्याइदिएका कारण घरको आफैँ कर्ता भएर किराँती राईको अन्तिम संस्कार गराउनुभयो । कान्छी छोरी र आफू किरिया पुत्री बसेर काजकिरिया सम्पन्न गरेको श्रीमती राई बताउनुहुन्छ । स्व। सारकुमार राईको दिदी कुमारी राईका अनुसार सारकुमार राईको घरपरिवारमा पाँच दाजुभाईमध्ये सारकुमार साइला छोरा रहेको र उहाँले गाउँको स्कुलमा सामान्य ६ कक्षासम्म मात्र अध्ययन गरेका थिए । विसं २०७२ मा आमा नेपी मायाको निधन भएको र २०८० सालमा बुबा गजब सिं राईको निधन भएको स्व। राईकी दिदी कुमारी बताउनुहुन्छ । स्व। राई सात वर्षदेखि काठमाडौँको कपन क्षेत्रमा घरको रङ्गरोग गर्ने मजदुरका रुपमा काम गर्दै आउनुभएको थियो भने श्रीमती सुनीता चितवन भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको होस्टेलमा काम गर्ने गर्नुहुन्छ । उहाँले सोही स्कुलमा कान्छी छोरी आकृतिलाई पढाउँदै आउनुभएको छ ।  अहिले उनी कक्षा १० मा अध्ययनरत छिन् । सुनीताका अनुसार ठुली छोरी अनुसालाई पढाउन नसकिएका कारण हाल भारतको हिमाञ्चल प्रदेशमा आफ्नी दिदीसँग बस्दै आएकी छिन् । श्रीमती सुनीता श्रीमानबारे यसो भन्नुहुन्छ, “चौदण्डीको बसाहामा सबै दाजुभाइको संयुक्त १५ कट्ठा सुक्खा बारी जग्गा रहेको र एउटा काठको घरसमेत रहेकामा हाल दाजुहरु र उहाँहरुको परिवारहरु बस्दै आएका छन् ।” सुनीताका अनुसार श्रीमानले मजदुर गरेर नै बसाहामा एउटा घर पनि बनाउने र कान्छी छोरीलाई पनि डाक्टर पढाउने अठोट गरेर चितवनबाट आफूसहित छोरीलाई यहाँ राखेर काठमाडौँ जानुभएको थियो । छोरीलाई डाक्टर पढाउनका लागि धेरै खर्च लाग्ने भनेर केही खर्च पनि जुटाउँदै कृषि विकास बैंकमा जम्मा गर्ने गरेको सुनीता बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “श्रीमान् काठमाडौँमा हुँदा दुई–तीन महिनामा एकपटक भेट्न चितवन आइरहनुहुन्थ्यो, हिजोआज त म एक्लै छु तर छोरीलाई हेरेर मन बुझाएर बसेकी छु ।” छोरी डाक्टर पढ्न थालेपछि मात्र श्रीमतीसहित बसाहा गएर घर बनाउने र बस्न भन्दै काठमाडौँबाट घर फर्कने अठोट लिएर काठमाडौँ कपनमा मजदुरी गर्दै आएका सारकुमार भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुग्नुभयो । श्रीमान्को अधुरो सपना आफूले पूरा गर्ने भन्दै श्रीमती सुनीता भन्नुहुन्छ, “श्रीमान्ले अधुरो छाडेर गएको सपना छोरीलाई डाक्टर बनाउने सपना मैले पूरा गर्ने अठोट लिएकी छु ।”  सारकुमारलाई जेनजी सहिद घोषणा गरेपछि सरकारबाट सहयोग भएको रु। १५ लाखमध्ये पाँच लाख श्रीमान्को काजकिरियामा खर्च भएको र र बाँकी १० लाख कृषि विकास बैंकमा जम्मा गरेर राखेको उहाँको भनाइ छ । श्रीमान्ले मजदुर गरेर कमाएको केही रकम पनि बैंकमा रहेको र पछि सोही खर्चबाट र सरकारले केही सहयोग गरे आफूले घर नबनाएर भए पनि छोरीलाई डाक्टर बनाएरै छाड्ने सुनिताको अठोट रहेको छ ।   स्व सारकुमारका छिमेकी चौनपा–३ बसाहाका रामबहादुर राईका अनुसार सारकुमार सानैदेखि सोझो र इमानदार र परिश्रमी रहेका थिए । घरमा धेरै भाइछोराहरु रहेको र आर्थिक कमजोर भएका कारण गाउँमा ६ कक्षासम्म मात्र अध्ययन गर्नुभएका सारकुमार मजदुरी गर्नकै लागि सर्लाहीबाट चितवन हुँदै काठमाडौँको कपनमा काम गर्दै आउनुभएको थियो । आफू दुःखले पढ्न नपाए पनि कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका राईको गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगेपछि उनको सपना अधुरै अन्त्य भएको बसाहा आमसालका कृपाराज राईले बताउनुहुन्छ । उदयपुर बेलका नगरपालिका–४ का सन्तोष विक पनि जेनजी आन्दोलनका क्रममा राईसँगै गोली लागेर सहिद हुनुभएको छ ।

म्याग्दी:   यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।  कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।” यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो । कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु. ६० का दरले बिक्री हुने गरेको छ । पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो । कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु। दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु। १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ । क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताउनुभयो ।  खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

काठमाडौं:  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु. १५० ले घटेको छ ।  आज चाँदी प्रतितोला रु। तीन हजार १३५ मा कारोबार भइरहेको छ ।  गत शुक्रबार त्यति नै परिमाणको  चाँदी रु। तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको उल्लेख गरेको छ।  बढाएको मूल्य शनिबार रातिबाट लागू हुनेछ।  

काठमाडौं:   दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो । सुरुवाती दुई सेट कर्णालीले २६–२४, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि ललितपुरले उत्कृष्ट पुनरागमन गर्दै २५–१३, २५–१७ को अग्रता बनायो । निर्णायक सेटमा कर्णाली १५–८ ले विजयी भयो ।  यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण बिचैमा रोकिएर काठमाडौँमा भएको हो । लिगमा ६ वटा  फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ ।  पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । उनका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् ।  यसैगरी रूपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे ।  एमालेले भदौ २३ र २४ मा ‘जेन(जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए ।  यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला  सम्पन्न गरिसकेको छ ।

पोखरा:   शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने छन् । यस्तै, त्रिवि प्रतिनिधि, विद्यार्थी प्रतिनिधिसमेत मनोनीत हुन बाँकी छ । अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन पेस गर्दै क्याम्पसको स्थायित्व, दीर्घकालीन विकासमा सबैको हातेमाले जरुरी रहेको उल्लेख गरे । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले गत आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थापक एवं पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचारीले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे । अध्यक्ष टुवराज बास्तोला ‘विशाल’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेले गरेका थिए । कलेजमा विभिन्न नाममा स्थापित छात्रवृत्तिहरु विद्यार्थीलाई प्रदान गरिएको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

पोखरा:   तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी थिए ।  प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । ३० देखि ३९ वर्ष सम्मका मास्टर्स ुएु विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल भए । भण्डारीले निर्धारित दूरी १४ मिनेट ५ मिलिसेकण्डमा पार गरेका थिए । त्यस्तै अस्ट्रेलियाका स्टेफन विलियम्स दोस्रो भएभने नेपालकै मुनेश घले तेस्रो हुन सफल भए । विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा पार गरेका थिए भने घलेले १६ मिनेट २६ सेकेन्ड ५२ मीलिसेकण्डमा पार गरेका थिए ।  यता मास्टर्स ुबीु तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पार गर्न सफल भए । यता सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै दोस्रो भएभने १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तेस्रो बने । यता जुनियर तर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल भए । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड २० मिलिसेकेन्डमा पार गरेका थिए भने दिप्सनले १५ मिनेट ५० सेकेन्ड ३५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै स्वप्निलले भने उक्त दूरी १६ मिनेट ५८ सेकेन्ड ८५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डंगोल दोस्रो हुन सफल भइन् । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्ड ८० मिलिसेकेन्डमा पार गरेकी थिइन् भने कृपा डंगोलले २० मिनेट १५ सेकेन्ड ४० मिलिसेकेन्डमा पार गरेकी थिइन् । यता इलिटतर्फको विधामा भने हिकमत बिक प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १३ मिनेट ९ सेकेन्ड ७४ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो हुन सफल भए । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गरेका थिए भने अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए भने दोस्रो र तेस्रो नेपालका क्रमश मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा भए । थाइल्याण्डका मार्कले निर्धारित दूरी १३ मिनेट ५५ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै उक्त दूरी शेर्पाले १७ मिनेट २२ सेकेन्ड ७५ मिलिसेकेन्डमा पार गरेका थिए भने बास्कोटाले १८ मिनेट ५६ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको थियो ।  समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताउनुभएको छ । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उहाँको भनाई छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उक्त पुरस्कार यस वर्ष मानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको छ । समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाख अक्षयकोष खडा गरी स्थापना गर्नुभएको उक्त पुरस्कारको राशी १ लाख १ हजार रहेको छ । समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।   प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवद्र्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि उहाँले प्रशंसा गर्नुभयो । ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा १४ वर्षदेखि अनवरत लागिरहेको मानवसेवा आश्रमलाई यो सम्मान अर्पण गर्ने निर्णयप्रति समितिलाई धन्यवाद व्यक्त गर्दछु र आश्रम सञ्चालकहरूलाई बधाई दिन चाहन्छु ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पारिवारिक पुनःमिलन कार्यक्रम गरिरहेकोमा आश्रमको कामलाई मुक्तकण्ठले प्रशंसा गर्दछु ।’ यस पुरस्कारबाट यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्वर्गीय सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई सम्मान गरिसकेको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।