पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पोखरा:   राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की (एन प्याव्सन) ले २५ औ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रम गरि मनाएको छ ।   रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ ।   यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज जोन र साहित्यको क्षेत्रबाट सरुभक्त रहेका छन् । उनीहरुलाई नगद २५ हजार सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।   रजत जयन्तीकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष स्थापना गरेको छ ।   उक्त अक्षयकोषको रकम एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संस्कृत मावि व्यवस्वस्थापन समितिका अध्यक्ष विष्णु अधिकारीलाई हस्तान्तरण गरे ।   उक्त अक्षयकोषको प्राप्त व्याजबाट त्यसै विद्यालयको विद्यार्थीलार्य छात्रवृत्ति प्रदान गरिने छ ।   एन प्याव्सनको उन्नयनमा महत्पूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसरी सम्मानितहुनेहरुमा संस्थापक अध्यक्ष महेश्वरप्रसाद वाटाजु, पूर्व अध्यक्षहरु वालगोपाल अमात्य, रामप्रसाद शर्मा र रामबहादुर मोची रहेका छन् ।   स्थापना वर्षका आधार यस वर्ष कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ ममोरियल स्कुल, सङ्गम बोर्डिङ स्कुल, लिटिल बेल्स स्कुललाई सम्मान गरिएको थियो ।   पूर्व परीक्षा संयोजक सम्मान तर्फ  हिमाल गुरुङ, रामचन्द्र भण्डारी, शिवदत्त तिवारी, प्रेमराज अधिकारी र विष्णुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।   पूर्व सहक्रियाकलाप प्रमुख तर्फ दिपक थापा, शिवदत्त तिवारी र राजु केसीलाई सम्मान गरिएको थियो ।   यसैगरी एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत एसईई परीक्षा २०७९ मा  उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी अल्फा एकेडेमीका आदेश भण्डारी, त्रिवेणी पब्लिक माविका कमल भुजेल र डायमन्ड मोडल स्कुलकी कृपा अधिकारीलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।   यो वर्ष देखि सम्मान शुरु गरेको एन प्याव्सन आवद्ध विद्यालय अन्तर्गत एस एल सी २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी कास्की मोर्डनाइज्ड एकेडेमीका शारोन गुरुङ,  आस्था गुरुङ र आयुष श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो ।   त्यस्तै सदस्य विद्यालय सागर मेमोरियल बोर्डिङलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।   एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालय कास्कीका कुलपति प्रा.डा. गणेशमान गुरुङले शिक्षा क्षेत्रमा लगानी गरेर निजि विद्यालयले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउने काम गरेको बताए । शिक्षाविद् जर्ज जोनले शिक्षको क्षेत्रमा निजि विद्यालयले गरेको योगदान अतुलनिय रहेको बताए । साहित्यकार सरुभक्तले साहित्यको विकास गर्न विद्यालय र शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए । एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले नेपाल सरकारलले निजि क्षेत्रका विद्यालय सञ्चालकलाई सधै हतोत्साहित गर्ने काम गरेको बताए । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, एन प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोची, कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ सचिव प्रेमराज अधिकारी विद्यार्थी कृपा अधिकारीले बोलेका थिए ।  

पोखरा:    पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।    साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।      कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित यस पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।      मन्दिर सहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उहाँले त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।      कार्यक्रमका सभापति एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीले यस संस्थाको विकासका लागि धेरै सामाजिक भावनाले भरिएका व्यक्तिहरूको साथ र सहयोग भएको बताउनुभयो् ।      संस्थाको दीगो सञ्चालनका लागि ‘मन्दिर एक अतिथि’ जस्ता अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।      कार्यक्रममा गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रधान, नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियार, भक्ति अधिकारी लगायतले सबैको साथ र सहयोगमा यस संस्थाको विकासमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।      उक्त अवसरमा काँग्रेस नेता मोहन प्रधानले राइस कुकर सहितका समाग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो भने विभिन्न योगदान गर्ने व्यक्तिलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।      राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव घनश्याम खनालले गर्नुभएको थियो भने स्वागत माधवशरण उपाध्यायले गर्नुभएको थियो ।   

पोखरा:  म्याक्सन फोर डि स्टुडियोको चौथो प्रस्तुती मगर कथानक चलचित्र ‘मिसार’ पोखरामा दोस्रो पटक प्रदर्शन गरिएको छ । पोखराको बाराही हलमा शनिबार मगर कथानक चलचित्र ‘मिसार’ दोस्रो पटक  प्रदर्शन गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।  ‘म्याक्सन फोर डि स्टुडियो चौथो प्रस्तुती मगर कथानक चलचित्र मिसार गण्डकी प्रदेशको विभिन्न जिल्ला र स्थानमा प्रदर्शन गरेका छौं’, निर्देशक मगरले भने, ‘पोखरामा हामीले पहिले पनि प्रदर्शन गरेका थियौं, अहिले नेपाल मगर संघ कास्कीको समन्वयमा पुनः प्रर्दशन गरेका हौं ।’ उनले मिसार चलचित्रमा मगर समुदायको कला, संस्कृति, भेषभुषासँगै शिक्षा  र व्यवसायलाई समेटेको बताए ।  यता मगर चलचित्र संघका केन्द्रिय अध्यक्ष रहेका भिम रानामगरले मगर कथामा आधारित चलचित्रलाई अन्य चलचित्र जस्तै प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको बताए ।  ‘जति पनि मगर कथामा आधारित चलचित्र बनेका छन्, सबै मगर समुदायमा मात्र केन्द्रित भएर प्रचारप्रसार गरिएको छ’, रानामगरले भने, ‘अन्य चलचित्र जस्तै सबै समुदायमा सम्म पुग्ने गरी चलचित्रको प्रसारप्रचार गर्न आवश्यक छ ।’ उनले मगर चलचित्रलाई नेपाली चलचित्रलाई जस्तै गरी प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे ।  ‘मगर समुदायमा आधारित चलचित्र भएपनि मेन स्ट्रिमको चलचित्रलाई जस्तै गरेर प्रमोसन गर्न आवश्यक देखिएको छ,’ उनले भने ।  चलचित्र मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर बहादुर पिठा मगर ‘सन्तोष पिठाकोटे’ ले गरेका हुन् ।  मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् । कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहेका छन् ।   त्यसैगरी कोट बहादुर बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि अभिनय देख्न सकिन्छ ।  यस्तै कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् ।  नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ मिक्सिङ र डबिङ रहेको छ । चलचित्र निर्माण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङी ब्रोदर्स हङकङ, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गरेका हुन ।

तनहुँ:  म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित ठुलो पहिरोमा आज बिहान ४: ४० बजे बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।   वीगन्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा बसका चालकसहित बसमा सवार यात्रुहरुमध्ये ३२ जना घाइते भएका हुन् ।    तनहुँ प्रहरीका अनुसार घाइतेहरुको गण्डकी अस्पताल पोखरा र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको  छ ।

काठमाडौं: जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।   जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।     जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।

पोखरा:    साहित्यकार गोपाल बैद्य किञ्जललाई  वि.स. २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ ।  लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर राष्ट्रिय दैनिकका  उपसम्पादक दीपक परियारलाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह  कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार  पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ ।  यसै गरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको  लेखनाथ पत्रकारिता पुरस्कार समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान गरेकामा कान्तिपूर राष्ट्रिय दैनिकका  उपसम्पादक दीपक परियारलालाई पुरस्कार अर्पण गरिएको  थियो  । २०६४देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् । लेखनाथ पत्रकारिता पुरस्कारबाट  मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना , बशन्त अधिकारी, वासुदेव पौडेल र परशुराम शर्मा , भीमपाणि बराल र सरिता तिमिल्सेना सम्मानित भईसकेका छन् । । कार्यक्रमका अवसरमा  कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित कुन्तिदेवी  पुरस्कार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ थियो ।    लेखनाथ प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार, कविशिरोमणिको १४० औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका अवसरमापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गरेका थिए । पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै साहित्यमा लाग्न थप पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषबल्लभ पौडेल,  लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल,लेखनाथ उद्योग वाण्ज्यि संघका  अध्यक्ष विनोद श्रेष्ठ,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल , लायन्स क्लब अफ लेखनाथका  अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटालगायतले सम्बोधन गरेका थिए । लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।