पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पाेखरा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।   सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।   प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको सचिवालयले बताएकाे छ ।   सभामुख घिमिरेले विश्वासको मत लिने सम्बन्धि व्यवस्थाका लागि फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाएका छन् । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ ।   नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् ।   नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो ।   ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।    नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।    ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

काठमाडौं:     काठमाडौंको लाजिम्पाटस्थित मगर हाउस भान्सा घरमा महाशिवरात्री साँझ हुने भएको छ ।  मगर हाउस भान्सा घरका सञ्चालक ईश्वर जंग थापामगरले शुक्रबार महाशिवरात्री साँझ आयोजना गरेको बताए ।  ‘मगर हाउस भान्सा घरमा हामीले शुक्रबार महाशिवरात्री साँझ गर्दै छौं’, सञ्चालक थापामगरले भने, ‘महाशिवरात्रीको अवसरमा सांस्कृतिक कार्यक्रमसँगै प्रत्येक हप्ताको शुक्रबार मौलिक सांस्कृतिक साँझको शुभारम्भ गर्दै छौं ।’ उनले संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए मान्छे हराउँछ भन्ने मान्यतालाई मूर्तरुप दिन हप्ताको शुक्रबार सांस्कृतिक साँझको शुभारम्भ गर्न लागेको बताए ।

पोखरा:    पोखरा महानगरपालिका–१६ मा लागूऔषध रोकथाम, सचेतना, प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ ।   लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवायुवतीमा देखिएको लागूऔषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधिलाई प्रशिक्षण दिइएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागूऔषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सुहभागीलाई प्रहरी सहायक निरीक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।   समुहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समुहका प्रतिनिधी तारा भट्टराई, नन्दा गुरुङ,कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागु औषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्यक परिवारले भुमिका खेल्नुपर्ने बताए । समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो । सोही भेलाले तारा भट्टराईको संयोजकत्वमा १५ सदस्यीय लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरीय समिति गठन गरेको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।

काठमाडौं:   आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।   अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।   शनिबार सार्वजनिक विदा हुने भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।

काठमाडौँ:  गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् ।   उनले  पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।   अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।  उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।  पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’  

पोखरा:  मादी गाउँपालिका वडा १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ ।    वडा १ को आयोजनामा बुधबारदेखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो ।    समापन कार्यक्रममा बोल्दै वडा १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको बताउदै त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भुमिकामा सक्षम बनाउने प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए ।    उनले वडाबासीले आफुलाई जिताएर पठाएकोले वडा भित्रका हरेक समस्याको सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको सुनाए ।  उनले अवसर, सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भुगोलमा पु¥याउन हरपल पर्यत्न गरिरहेको बताए ।    यस्तै खिलाङ आमा समुहका अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय भन्न पनि लजाउने खिलाङका महिलाहरुको समस्यालाई सम्बोधन गरी ३ दिने नेतृत्व तालिम आयोजना गरेकोमा धन्दवाद व्यक्त गरिन् ।   उनले  आगामी दिनमासमेत सिपमुलक तालिमहरु पनि प्रदान गर्न आग्रह गरिन् ।  यस्तै ६९ वर्षकी चिज कुमारी गुरुङ रविना विक लगायतले तालिमपछि अनुभव सुनाएकी थिइन् ।   सो तालिममा दलित र गुरुङ समुदायका गरि ५० जना भन्दा बढी सहभागी महिलाहरुलाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएकी थिइन् । 

बागलुङ:    नेपाल मगर संघका केन्द्रीय सह-अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको अस्तीत्व र अधिकार खोजीका लागि संगठित भएको बताएका छन् ।  नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले मंगलबार बागलुङमा आयोजना गरेको नेपाल मगर संघको ४२ औं स्थापना दिवस तथा मगर दिवस २०८० को अवसरमा आयोजा गरेको बृहत सभालाई सम्बोधन गर्दै उनले राज्यले नियोजित रुपमा पछाडि पारेको मगर समुदाय आफ्नो अधिकारका लागि एकतावद्ध हुनु आवश्यक रहेको बताए ।  ‘हामीले समानुपातिक समावेशीताको कुरा उठाउँदै गर्दै बाहुन क्षेत्री वा अरु कुनै जातिलाई अधिकार नदेउ भनेको होईन, नेपालको कुल जनसंख्याको ७ प्रतिशत मगर जातिलाई जातिय जनसंख्याको आधारमा अधिकार देउ र आफै प्रतिस्पर्धा गर्ने वाताबरण निर्माण गर्ने अवस्था सिर्जना गर भनेका छौं,’उनले भने,‘अहिले पनि मगर अधिकारको कुरा गर्दा ०.१ प्रतिशत मगरको प्रतिनित्वलाई देखाउने गरिन्छ । यसरी व्याखा गर्दा गलत हुन्छ ।’ मगर समुदायको गर्विलो इतिहासलाई इतिहासकारहरुले फिक्का बनाईदिएको उनको भनाई छ ।  ‘हाम्रो गर्विलो इतिहास थियो, तर हाम्रो इतिहास लेख्न मगर समुदाय भित्रको मान्छे भएन अर्कैले इतिहास लेख्दा हाम्रो कुरा लेखिदिएन,’उनले भने,‘त्यसैले हामीले हाम्रो भाषा संस्कार संस्कृति र इतिहासको खोज  अब आफैले खोज्नुपर्छ भनेर संगठित भएका हौं ।’  उनले नेपालमा केही समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । मगर लगायतका जनजातिहरु राज्यको उत्पीडनका कारण पछाडी परेको बताउँदै जनजातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी रहेको बताए ।  ‘हामी खुल्ला प्रतिस्पर्धा गर्न पनि तयार छौँ, तर राज्यको उत्पीडनका कारण मगर लगायतका जनजातिको संख्या राज्यको विभिन्न निकायमा न्यून छ,’ उनले भने,‘उत्पीडनमा परेका जातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी छ ।’ उनले पहिचान र अस्तीत्वलाई ख्याल नगरी संघियता निर्माण गरिएको र अहिले संघीयता असफल भयो भनेर हल्ला मच्चाएको उल्लेख गरे । ‘संघीयता असफल भयो कामै लागेन भनेर प्रचार गरिएको छ,’उनले भने,‘संघीयको मर्म अनुसार संघीयता काम नगर्दाको समस्या हो । हामी मगरलाई संघीयता सञ्चालन गर्ने अधिकार दिनुस् हामीले उदाहरण बनाएर देखाउँछौं संघीयता कस्तो हुन्छ ।’  नेपाल देश बनाउनका लागि सबैभन्दा ठूलो योगदान गरेको मगर समुदायलाई पछाडि पार्नका लागि नेपालका शासकहरु विगतमा नियोजित रुपमा मगरहरुको भाषा संस्कृतिमाथि हमला गरेको उनको भनाई छ । कसैको अस्तीत्व मेटाउनु छ भने पहिलो भाषा संस्कृतिमाथि आक्रमण गरे हुन्छ,’उनले भने,‘नेपालका शासकहरुले त्यो कुरा बुझेर मगरको भाषा र संस्कृतिमाथि आक्रमण गरे । हामी अहिले भाषा बोल्न नसक्ने भएका छौं । अब हामी आफै जुटेर भाषा संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको छ ।’ नेपालको मगर समुदायले अंगिकार गरेको संस्कार संस्कृति अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान गराउने खालको भए पनि सरकारले त्यसको संरक्षण प्रवद्र्धनमा चासो नदेखाएको उनको भनाई छ ।  ‘हामीले नाँच्ने गाउने कौडालाई अहिले दार्जिलिङबाट भारतले आफनो संस्कृति भनेर यनेस्कोमा दर्ता गर्दैछ, गुन्द्रुकमा अमेरिकाले कपी राईट लगाउनेवाला छ,’उनले भने,‘हामी भूमिपुत्रको अस्तीत्वलाई नामेट पार्न लागेको नेपालले एउटै संस्कृति दर्ता गरेको छैन । किनकी यी सबै मगर समुदायसंग सम्बन्धित थिए ।’ उनले नेपालका शासकहरुले पटक पटक मगरहरुको भाषा संस्कृति र रितीरिवाजमाथि आक्रमण गरेको उल्लेख गरे । मगर संघले अहिले मगरहरुको इतिहास र संस्कृतिबारे खोज गरिरहेको समेत जानकारी दिए ।  कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले मगरहरु सांस्कृतिक रुपमा असाध्यै धनि रहेको बताउँदै विदेशमा समेत नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।  उनीहरुले पहिचानले जातिय सद्भाव नभत्किने उल्लेख गरे । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गगन पुन र सञ्चालन सहसचिव रेशम घर्तीमगर र सचिवालय सदस्य संगम घर्तीमगरले गरेका थिए । सभा हुनुपूर्व मगर संस्कार संस्कृति र भेषभुषा सहितको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो ।   उक्त अवसरमा नेपाल मगर संघको प्रथम महाधिवेसनमा बागलुङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित यामबहादुर श्रीस तत्कालिन केन्द्रीय प्रतिनिधिहरु पूर्ण श्रीस आले मगर, इन्द्रबहादुर थापामगर, नविनचन्द्र सर्वुजा मगर, डा. चिनबहादुर पुनमगर, ओमबहादुर थापामगर, डम्बरबहादुर श्रीसमगर, रमेश थापामगरलाई सम्मान गरिएको थियो । त्यसैगरी मगर समुदायमा जन्मेर पोखरा उच्च अदालत बागलुङ इजलासका न्यायाधिस यज्ञबहादुर राना, नेपाली सेनाका प्रमुख सेनानी श्रीमेहर गण घोडाबाँधे व्यारेकका गणपति धनबहादुर रानामगर, कृषि ज्ञानकेन्द्र बागलुङका बागबानी अधिकृत कुमार पुनमगर, थाली नाँच प्रशिक्षक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको थियो ।   

कैलाली:     कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानको गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राख्नुभएको छ । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ । “मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन”, साहुनीले भन्नुभयो, “बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।” कौशिल्ला कामीका श्रीमान् बितेपछि उहाँलाई समस्या छ । सत्तरी वर्षकी कौशिल्लाको स्वास्थ्य पनि राम्रो छैन । उहाँलाई पनि कठिनाइ भएको छ । “केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु”, उहाँले भन्नुभयो,  “रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।” एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ । बाटु कामी पनि शारीरिकरूपमा अशक्त हुँदै जानुभएको छ । उहाँलाई पनि सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उहाँ सरकारले निःशुल्क उपचार गरिदिएको भए हुन्थ्यो भन्नुहुन्छ । “सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा रु। आठ हजार पाइन्छ, महिनामा रु दुई हजारसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन”, उहाँ भन्नुहुन्छ, “ममात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमान्को मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।” छपन्न वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताउनुहुन्छ । “हामी केही काम पाएको भए गर्न सक्थ्यौँ, सरकारले रोजगारीका अवसर दिएको भए हाम्रो जीवन सहज हुने थियो”, ओड भन्नुहुन्छ, “हामी जवान छौँ, हामीलाई प्रधानमन्त्री रोजगारजस्ता कार्यक्रममा रोजगारीका अवसर स्थानीय सरकारले दिनुपर्छ । अन्य सीपमूलक तालिम, अनुदानजस्ता सहयोग गरेर हाम्रो जीवन सहज बनाइदिनुपर्छ ।” देवी परियारका पनि साना बालबच्चा छन् । उहाँ खाउलाउ भन्ने उमेरमा श्रीमान् गुमाएका महिलालाई आर्थिक समस्याले झेलेकाले सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए हुन्थ्यो भन्नुहुन्छ । “जग्गाजमिन भएको भए खेतीपाती गर्ने थियौँ, हामीलाई बालबच्चा पाल्न गाह्रो हुन थाल्यो”, देवीले भन्नुभयो, “हामी रोजगारी पाए जुनसुकै काम पनि गर्न सक्छौँ, हामीलाई सरकारले उत्पादनमूलक रोजगारीका अवसर देओस् ।” ज्येष्ठ एकल महिला विजा कामीका श्रीमान् बिल्नुभयो । श्रीमान् बितेको केही समयपछि छोरा पनि बितेपछि तीन टुहुरा नातिनातिनी पालेर बस्नुभएको छ । उहाँलाई बालबच्चालाई खुवाउन, पालनपोषण गर्न कठिन भएको छ । “श्रीमान् र छोरा कमाउने उमेरका मानिस रहेनन्, साना तीन नातिनातिनी मैले स्याहार्नुपरेको छ”, उहाँले भन्नुभयो, “बच्चा भोकभोकै छन्, कहिलेकाहीँ राति उठेर रुन्छन्, मैले कसरी सम्हाल्नु । उनीहरूलाई के खुवाएर पेट भरौँ रु” टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला छ सय २६ छन् । विधवा महिला एक हजार पाँच सय ७० छन् । महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नगरपालिकाले एकल महिलाको सशक्तीकरणका क्षेत्रमा पालिकाले तालिम, गोष्ठी, बाख्रा, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएको बताउनुभयो । “एकल महिलाका समस्या धेरै छन्, त्यसैलाई ध्यान दिएर हामीले हरेक कार्यक्रम गर्दा एकल महिलालाई प्राथमिकता दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “पालिकाले वडास्तरमा बाख्रा वितरण, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएका छन् ।”